• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ललिता निवास प्रकरणमा फेरि कागजपत्र जाँच्दै सीआईबी


ललिता निवास प्रकरणमा फेरि कागजपत्र जाँच्दै सीआईबी

काठमाडौँ, मंसिर । ललिता निवासको सरकारी जग्गा हिनामिनाबारे प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन फिर्ता भएको एक वर्षपछि केन्द्रीय अनुसन्धान ब्युरोले पुनः अनुसन्धान सुरु गरेको छ। करिब तीन वर्ष लगाएर तयार पारिएको अनुसन्धान प्रतिवेदन सीआईबीले २०७८ पुस २२ गते जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।

सीआईबीको सो अनुसन्धान प्रतिवेदन अपूर्ण रहेको जनाएर जिल्ला सरकारी वकिलको कार्यालयले पुस २६ गते पुनः सीआईबीलाई नै फिर्ता पठाएको थियो। अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएका कतिपय बुँदाका सक्कली कागजपत्र तथा प्रमाणसमेत पेस गर्न भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले अनुसन्धान प्रतिवेदनमाथि १० बुँदामा सीआईबीलाई पत्रचार गरेको थियो।

सरकारी वकिलको कार्यालयले ललिता निवासको जग्गामा पशुपति टिकिन्छा गुठीबाट मोही खडा गरी जग्गा वितरण गरेको जग्गाको सक्कल कागज मागेको थियो।​ त्यसैगरी प्रतिवेदनमा उल्लेख भएको वि.सं. १९८७ को लालमोहरको आधिकारिकता पुष्टि गर्न, मालपोत ऐन २०३४ अनुसार सरकारी जग्गा व्यक्तिको नाममा रहेको पाइए स्वतः खारेज हुने र सरकारी कायम हुनुपर्नेमा मालपोत कार्यालयले फिर्ता वा जफत गर्नेबारे भएको पछिल्लो प्रगति तथा त्यसको मिसिलसमेत पेस गर्नुपर्ने उल्लेख गरिएको थियो।

यसैगरी सरकारी जग्गा प्राप्ति ऐन २०१८ को दफा ७ बमोजिम ललिता निवाससमेतका छवटा दरबार अधिग्रहण गर्ने २०२१ मङ्सिर १५ गतेको निर्णयको सक्कली कागजपत्र तथा २०२१ मङ्सिर १७ गते प्रकाशित राजपत्रको सूचनाको प्रमाणसमेत पेस गरी अनुसन्धान प्रतिवेदन पुनः तयार गर्न भनिएको थियो।

ललिता निवासको जग्गा साविकमा भीम शमशेरले लालमोहर पाई हक हस्तान्तरण हुँदै सुवर्ण शमशेर र निजका हकवाला अंशियारमा आएको देखिएको थियो। सरकारी वकिलको कार्यालयले नेपाल सरकारले अधिग्रहण तथा जफत गरी प्राप्त सरकारी जग्गा कायम भएको ललिता निवास क्याम्पभित्रको २९९ रोपनी ९ आना ३ दाम जग्गाको नापजाँचका प्रमाण र त्यसमा बनेका संरचनाको हाइलाइट नक्सा स्पष्ट पारी प्रतिवेदनमा पेस गर्न भनिएको थियो।

सीआईबीले गत वर्ष बुझाएको अनुसन्धान प्रतिवेदनमा पेस गरिएका विभिन्न निवेदन, मुचुल्कासहितका प्रस्ताव तथा स्वीकृति दिने व्यक्ति र साक्षीको सहीछापको सक्कली प्रमाण पेस गर्न आग्रह गरिएको थियो। यो समाचार गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • तीन भारतीयसहित १७ जनाविरुद्ध मुद्दा दर्ता (मुद्दाको पूर्णपाठसहित)
  • २०७९ मंसिर २८, बुधबार ११:१५
  • In "BannerNews"
  • सरकारी वकिल कार्यालय पुग्यो नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवेदन, प्रकरण निष्कर्षमा पुग्ला त ?
  • २०७९ मंसिर २८, बुधबार ११:१५
  • In "BannerNews"
  • अनुसन्धान प्रतिवेदनमा मृतकको फोटो अर्कै, विरोधपछि छानबिन समिति गठन
  • २०७९ मंसिर २८, बुधबार ११:१५
  • In "कोशी प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

अध्यादेश अध्ययनतिर राष्ट्रपति : प्रधानमन्त्रीले चाहे ‘सजिलै फिर्ता’

लोसपा पनि सरकारमा जाने निर्णय

थारू र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने आयोगको निर्णय

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version