बिनोद मण्डल
लहान । मधेश प्रदेशको लहानमा रहेको बैंक अफ काठमाण्डौको शाखामा जम्मा गरिएको रानी पालको खाताको पैसा विना अनुमति गायब भएको सार्वजनिक भएको छ ।
बैंक आफ काठमाण्डौमा लहान-३ की रानीवती पालको नाममा रहेको खाता नम्बर २०४५०००००२२४५२४ बाट ४५ हजार ट्रान्सफर भएको छ ।
विना अनुमति अरूको खाताबाट पैसा हराउनु चिन्ताको विषय बनेको छ भने अर्कोतिर हराएको पैसा र ह्याकरको पहिचान गरेर कानूनी प्रक्रिया अगाडी बढाउनका लागि ईलाका प्रहरी कार्यालय लाहानमा पालले उजूरी दिएकी छिन् ।
यता बैंकले पैसा हराएको प्रती चिन्तित भएका वैंक म्यानेजर आफैं रणभुलमा परेका छन् ।
यस अघि २००५ मा कृषि विकास बैकका लहान शाखाका दुई जना कर्मचारीको खाताबाट रकम चोरी भएको हयाकरको समूहले सिस्टम हायाक गरेर काठमाडौको न्युरोडबाट उक्त रकम चोरी गरेको थियो ।