• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ओलीविरुद्धको गठबन्धनमा सत्ताधारी दलको सफलता


ओलीविरुद्धको गठबन्धनमा सत्ताधारी दलको सफलता

युवा र स्वतन्त्र उम्मेद्वारको उदयले शीर्ष नेतालाई चस्का !

काठमाडौँ- संसद् विघटन गरेको, वाम गठबन्धन भत्काएको, स्थिरता दिन नसकेको आरोपसहित झण्डै एक वर्षअघि सत्ता गठबन्धन बन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति प्रतिशोध थियो । खासगरी एमालेसँग सहकार्य गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओली व्यवहारका कारण धोका खाएर कांग्रेसको कित्तामा आएका थिए ।

आफू प्रधानमन्त्री बन्न नपाएको झोकमा उनले एमालेसँगको गठबन्धन तोड्ने तयारी गर्दा ओलीले त्यसैबेला संसद् विघटन गरेका थिए । संसद् विघटन गरेपछि संविधानको रक्षा गर्ने भन्दै कांग्रेस, माओवादी, एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी, जसपा लगायतका दलहरू एक ठाउँमा आएका थिए ।

त्यतिबेला गठबन्धन गरेर ओलीको संसद् विघटनलाई बदर गराउन सर्वोच्च अदालत पुगेका दलहरू चुनावमा जाँदा पनि सफल भएका छन् । र, उनीहरूले सबै दल मिलेर सरकार बनाउन सक्ने हैसियत बनाएका छन् ।

कांग्रेसकै नेतृत्वमा सरकार बन्दा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्त पार्टी मिलेमा सहजै सत्ता गठबन्धनकै सरकार बन्ने देखिन्छ । एमालेसँग चुनावी सहकार्य गरेको जसपाले धोका भएको भन्दै सत्ता गठबन्धनसँगै सरकारमा जाने संकेत दिएको छ ।

सत्ता स्वार्थ मिलेको खण्डमा राप्रपा पनि सरकारमा आउने सम्भावना छ । त्यो सम्भावनाले एमालेविरुद्धको गठबन्धनलाई अर्को बल मिल्ने देखिन्छ । कांग्रेस, माओवादी, समाजवादी मिलेर चुनावमा जाँदा पनि एमालेले लोकप्रिय मत ल्याउँदा अब पाँच वर्ष नै ओलीविरुद्धको गठबन्धन जाने देखिन्छ ।

सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले चुनावमा सफलता हात लागेको भन्दै विज्ञप्ति जारी गरेका छन् । संसद् विघटनविरुद्ध एक भएका दलहरूले चुनावसम्मै कम्तीमा पाँच वर्ष सरकार चलाउने गरि औसत बहुमत पाउनुलाई संविधानको रक्षाका रुपमा उनीहरुले बुझेका छन् ।

यसलाई दिगो रुपमा लैजाने उनीहरूको योजना छ । तर सत्ता गठबन्धनका नेताहरुले सफलता उत्सव मनाउँदा चुनौति र चस्का धेरै छन् । यसपटक गगन थापाको चर्को स्वरजसरी रवि लामिछाने पार्टीको उदय भएको छ ।

रवि लामिछाने तिनै व्यक्ति हुन्, जसले चर्को स्वर गरेर नेताहरूलाई गाली गर्दै जनताको माग सम्बोधन गर्न विभिन्न निकायसँग लबी गर्थे । दलका नेताहरुबाट आजित भएका जनताको मन जित्दै रविले यसपटकको चुनावमा आफ्नो पार्टीका लागि प्रत्यक्षमा ७ सिट जितेका छन् ।

समानुपातिकमा माओवादीकै हैसियतमा रहेको रवि पार्टीले यसपटक प्रतिनिधिसभामा कम्तीमा २० सिटजति पाउने सम्भावना छ । यो उसका लागि निकै ठूलो शक्ति हो । पार्टी गठन गरेको ६ महिनामै चुनाव जितेर संसद्को चौथो ठूलो दल बन्नु आफैँमा ठूलो सफलता हो ।

त्यसतर्फ ध्यान नदिएका नेताहरूलाई भोलिका दिनमा जनताको माग सम्बोधन गर्न नसकेमा झन् ठूलो चुनौति आइलाग्ने निश्चित जस्तै छ । त्यसतर्फ समयमै ध्यान दिएर ठूला पार्टीका ठूला नेताहरूले साना साना कुरा नसुधार्ने हो भने गठबन्धन सफल हुने नभई आउँदो चुनावमा युवाहरूकै वर्चश्व संसद्मा हुने निश्चित जस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लोकतान्त्रिक समाजवादी गठबन्धन बनाउन जुटे नेताहरु
  • २०७९ मंसिर २०, मंगलवार १८:१४
  • In "BannerNews"
  • देउवाकै नेतृत्वमा गठबन्धन सरकार बनाउने प्रचण्डको सहमति
  • २०७९ मंसिर २०, मंगलवार १८:१४
  • In "BannerNews"
  • मंसिर ४ गते एउटा ठूलो संग्राम हुँदैछ : प्रचण्ड
  • २०७९ मंसिर २०, मंगलवार १८:१४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

चीनमा फैलिएको कोरोना महामारी र कोभिड-१९ खोपको प्रभावकारितामाथि उठ्यो प्रश्न

अफगानिस्तानमा सरकारी कर्मचारी चढेको बसमा विस्फोट हुँदा सात जनाको मृत्यु

बैंक अफ काठमाण्डौबाट ग्राहककाे खातामा भएको पैसा हरायो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version