• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एमालेसँग सहकार्यको पासा फ्याँकेपछि समाजवादीका अध्यक्ष माधवकुमार भए आक्रोशित


एमालेसँग सहकार्यको पासा फ्याँकेपछि समाजवादीका अध्यक्ष माधवकुमार भए आक्रोशित

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्नेगरी पहिलो साढे दुई वर्षका लागि प्रधानमन्त्री दाबी गर्न एमालेसँग सहकार्यको पासा फ्याँकेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आक्रोशित भएका छन् ।

सत्तागठबन्धन गरी निर्वाचनमा गएर अन्तिम नतिजा नआउँदै प्रचण्डले अस्वाभाविक चलखेल गरेपछि माधव रिसाएका हुन् । सोमबार बिहान एक सय ६५ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

जसअनुसार नेपाली कांग्रेस ५७, एमाले ४४, माओवादी केन्द्र १८, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र राप्रपा समान सात–सात सिट, लोसपा चार, नागरिक उन्मुक्ति पार्टी तीन, जनमत पार्टी र नेमकिपाले एक–एक र स्वतन्त्रले पाँच सिट जितेका छन् ।

निर्वाचन परिणामबाट प्रतिनिधिसभामा कांग्रेस सबैभन्दा ठूलो दल हुने भएको छ। जसले गर्दा कांग्रेस नेतृत्वमै सरकार गठन हुने परिस्थिति छ । तर प्रचण्डले एमालेसँग पनि मिल्ने पासा फ्याँकेपछि आइतबार दिनभर माओवादी र प्रचण्डको आलोचना भयो ।

त्यसलगत्तै माओवादीको पदाधिकारी बैठकले अहिलेकै सत्तागठबन्धनलाई निरन्तरता दिनुपर्ने निर्णय गरेको थियो । सरकार बनाउन कांग्रेस र एमालेलाई माओवादी नै चाहिने भएपछि प्रचण्डले प्रधानमन्त्री पदलाई ‘मिसन’ बनाएका हुन्।

तर, माधव नेपाल भने कांग्रेससहित हालको गठबन्धनबाटै सरकार बनाउनुपर्ने पक्षमा उभिएका छन् । प्रचण्डले फेरि दोगला चरित्र देखाउन थालेपछि सोमबार सत्तागठबन्धनको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रचण्डको झाँको झार्ने तयारी गरेको स्रोतले बतायो । प्रचण्ड एमालेसँग गए पनि ऊविनै बहुमतको सरकार निर्माण हुने गणित रहेकाले बाध्य भएर माओवादीले आइतबार अर्को निर्णय गरेको थियो ।

गठबन्धन जोगाएर जानुपर्छ भन्ने लाइनमा रहेका माधव नेपालले प्रमुख पदहरू बाँडफाँट र कार्यविभाजन मिलाएर सरकार बनाउनुपर्ने बताएका छन् । निर्वाचनमा तेस्रो स्थानमा खुम्चिएको माओवादीले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद ताकेको छ । तर, कांग्रेसमा प्रचण्डलाई साइजमै राख्नुपर्ने आवाज प्रबल बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सरकार बनाउने खेलमा प्रचण्डको महत्त्वपूर्ण भुमिका
  • २०७९ मंसिर २०, मंगलवार १८:०९
  • In "BannerNews"
  • प्रधानमन्त्री ओलि बन्ने च्याप्टर क्लोज
  • २०७९ मंसिर २०, मंगलवार १८:०९
  • In "BannerNews"
  • माओवादी, एससहित चार कम्युनिस्ट पार्टीबीच एकताको अन्तिम तयारी
  • २०७९ मंसिर २०, मंगलवार १८:०९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

Next Post

वायु प्रदूषणको चिनमा आतंक , हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु

जसपाका अध्यक्ष उपेन्द्र र संघीय परिषद अध्यक्ष राई विच विवाद शुरु

ओलीविरुद्धको गठबन्धनमा सत्ताधारी दलको सफलता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version