• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

माओवादी, एससहित चार कम्युनिस्ट पार्टीबीच एकताको अन्तिम तयारी


माओवादी, एससहित चार कम्युनिस्ट पार्टीबीच एकताको अन्तिम तयारी

काठमाडौँ,  मंसिर । विभिन्न वामसमाजवादी दलले पार्टी एकताका लागि गृहकार्य थालेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम पूर्ण रूपमा सार्वजनिक भई संघीय र प्रदेश सरकार निर्माण भइसकेपछि पार्टी एकता संयोजन समिति गठन गरेर पार्टी एकताको कार्यलाई अन्तिम रूप दिने तयारीमा शीर्ष नेता जुटेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा), नेकपा राष्ट्रिय एकता अभियानका बीचमा पार्टी एकताका लागि गृहकार्य भएको हो । पार्टी एकतामा केही साना कम्युनिस्ट पार्टीसहित स्वतन्त्र समूहसमेत सहभागी हुँदैछन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बुधबार बिहान पार्टी एकताको विषयमा छलफल भएको स्रोतले जनाएको छ । प्रचण्ड र नेपालबीच छलफल हुनुअघि नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच समेत पार्टी एकताबारे छलफल भएको थियो ।

‘स्थानीय तहको निर्वाचनपश्चात् नै हामीले पार्टी एकता संयोजन समिति गठन गरेर टुंगो लगाउनेबारे छलफल गरेका थियौं । अहिले निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिकपश्चात् सरकार गठन गरी पार्टी एकतालाई टुंगो लगाउने सहमति जुटेको छ,’ माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले भनेको छ । यसमा एमाले परित्याग गरेका घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरूको समेत सहभागीताबारे नेतासँग छलफल थालिएको बताइन्छ ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले सहमत हुने दलबीच पार्टी एकता हुने बताए । यसअघि छलफल भए पनि निर्वाचनमा जुटनुपर्ने भएकाले केही टुंगो लाग्न सकेन् । आउने दिनमा छलफल गर्दै सहमति जुट्ने दलबीच एकता गर्दै अगाडि बढ्न सकिने उनले बताए । एकीकृत समाजवादीका उपमहासचिव उपमहासचिव डा. गंगालाल तुलाधरले पार्टी एकताका लागि आफूहरूले निर्वाचनअघि नै निर्णय गरेको र माओवादीसहित अन्य दलले समेत निर्णय गरिसकेपछि बाँकी काम समेत आगाडि बढ्ने बताए ।

बृहत् गठबन्धनको गृहकार्य

माओवादी, एकीकृत समाजवादी, नेसपा, एकता अभियानबीच पार्टी एकताको गृहकार्यसँगै अन्य साना दलसँग समेत मिलाएर बृहत् गठबन्धनको तयारीसमेत सँगसँगै भइरहेको छ ।

त्यसका लागि शीर्ष नेताले जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीसँग छलफल थालेका छन् । अहिलेको पाँच दलीय गठबन्धनको सरकार निर्माणका लागि राउत र चौधरीसँग छलफल भएको हो । प्रदेश तथा संघीय सरकार गठन गरेर राउत र चौधरीको पार्टीलाई समेत सरकारमा सहभागी गराउनेबारे छलफल जारी छ । स्रोतका अनुसार राउत सत्ता गठबन्धनमा सहभागी हुन तयार छन् भने चौधरी केही सर्त पूरा हुनुपर्ने अडान राखेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रचण्डले बनाएको डुङ्गा अब डुब्ने खतरामा
  • २०७९ मंसिर १६, शुक्रबार ०८:४२
  • In "देश"
  • ओली–प्रचण्ड मिलाउने चिनियाँ कसरत
  • २०७९ मंसिर १६, शुक्रबार ०८:४२
  • In "BannerNews"
  • एमाले र माओवादी मिलाउने चिनको चाहना जिवितै , होला त पुरा ?
  • २०७९ मंसिर १६, शुक्रबार ०८:४२
  • In "विचार"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

नाइजेरियामा बीआरआईबाट प्राप्त ऋणको दिगोपनमा नै प्रश्न

लहान नगरपालिका संग सगरमाथा चौधरी अँखा अस्पतालको सम्झौता

विकाशमा पछि पर्दै मिर्चैया नगरपालिका

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version