महेश सिंह सिरहा लहान २ मंसिर – महासंग्राम मंसिर ४ गते आउन दुई दिन बाकी रहेको छ। चुनाव नजिकिदा मतदाताहरु मा उत्साह र उमङ्ग छाडिएका छन्। देशमा चुनावको लहर छन् ।सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ ख बाट राजनीतिको प्रभाव शालीन नेता बौद्धिक बिचारका धनी जनयुद्ध हाकेका दलित समुदायका बहुप्रतिभा नेता राजेश बिद्रोही भनिने राजदेब राम उमेदवार भए पछि सप्तरीमा चर्चाको विषय बनेका छन्।
समाज रुपान्तरणका लागी घर घरबाट उत्साह र उमंग छाएका छन्।चौक चौकमा राजेश बिद्रोही भनिने राजदेब रामलाई आउने निर्वाचनमा बिजय गराउने स्थानीयमा निकै उत्साह छाएका हुन्। स्थानीयका अनुसार नेता राम स्वतन्त्र उमेदवार हो उहाँ लाई नै बिजय गराउने स्थानीयमा व्यापक चर्चा रहेका छन्।