काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष एवं सप्तरी २ का उम्मेदवार उपेन्द्र यादवले मधेशी जनताको अधिकारका लागि भनेर पटक पटक झुटा आश्वासन बाँड्ने गरेका छन् । अहिले चुनावका बेला पनि उनले मधेशी जनताको अधिकारका लागि पार्टीले सङ्घर्ष जारी राखेको भाषण गर्दै आएका छन् । तर यो भाषण उनी सत्तामा नपुग्दासम्म हो । सत्तामा पुगेपछि यो भाषण बिर्सेर उनी आफ्नो स्वार्थ, यादवहरुको लागि स्वार्थमै सीमित हुने गरेका छन् । दलित, थारु र अन्य पहाडी समुदायलाई अवसर नदिने, मन्त्री नबनाउने, पार्टीभित्र नेतृत्वदायी भूमिका नदिने उपेन्द्रले १५ वर्षदेखि मधेशी जनताको नाम भजाएर आफ्नो दुनो सोझ्याइरहेका छन् । संघर्षमा सोझासाझा मधेशी जनता प्रयोग गर्ने उपेन्द्रले अवसरहरुमा आफू र आफ्नो समुदायलाई लाभ दिने गरिरहेका छन् । यसैगरी पश्चिम्मा बाकेका २ नम्बर का उम्मेदवार पुर्ब मन्त्री ईस्तियाक राईले पनि जनतालाई फकाउन हरेक पाईला अपनाई रहेका छ्न ।
बाँके क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्वमन्त्री राई मतदातालाई दिगभ्रमित पार्न झुटको प्रचार गरेको पुष्टि हुन थालेको छ ।
विकासको नाममा जनताको भोट प्रभावित पार्न राईले सार्वजनिक गरेको चुनावी प्रचारपत्र र भाषणमा आफूले गर्दै नगरेको र बन्दै नबनेको सडक तथा योजना समेत आफूले बनाएको भन्दै झुटो प्रचार गरेको पाईएको भन्दै एमाले पार्टीला नेता दिपक बर्मा पत्रकार सम्मेलनमा बताएका छ्न ।
उता पुर्बमा जसपा केन्द्रिय अध्यक्ष यादव अहिले चुनावी अभियानका क्रममा सप्तरीका विभिन्न ठाउँमा तिनै अवसर नपाएका वर्गको नाममा भोट मागिरहेका छन् । आफू सत्तामा हुँदा अवसर नदिने र चुनावमा बेला पाएनन् भनेर रोइलो गर्दै भोट मागिरहेका छन् ।
मंगलबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उपेन्द्रले शोषण, उत्पीडन र विभेदमा परेका मधेसी, मुस्लिम, आदिवासी, जनजाति, महिला, दलित र सीमान्तकृत वर्गका लागि अहिले पनि संघर्ष जारी रहेको दाबी गरे । तर व्यवहारमा भने आफ्नै दलको नेतृत्वमा रहेको प्रदेश सरकार आधा आकाश ढाक्ने एउटा महिलालाई मन्त्री दिएनन् । अरु अवसरबाट पनि वञ्चित रहे ।
उपेन्द्रले गफ पनि कतिसम्म दिए भने मधेशी जनतमाथि भइरहेको विभेद अन्त्य गर्न अझै जसपाले सङ्घर्ष गरिरहेको दाबी गरे । तर जसपाले संघर्ष उपेन्द्र र यादवहरुलाई सत्तामा पुर्याउन गरिररहेको विगतको १५ वर्षका गतिविधि प्रमाणित गरेको प्रष्टै छ । कुनै बेला नेपालगन्जमा आएर पहाडी मधेसी दङा गराउने उपेन्द्र यादव माथी हजारौं पहाडी समुदाय गौरमा हत्याको आरोप लाग्ने गरेको छ । बाकेको त्यो कालो रात २०६३ पौष १० र ११ गते कस्ले बिर्सेको होला जब मधेसीहरुको करोडौं माल समान सहित पसल जलेर सोहा भयो । बिपि चोकमा लागेको आगो कस्ले देख्यो । सत्तामा हुँदा संविधान संशोधन, झुटा मुद्दामा जेल परेका मधेशी युवा रिहाइको एजेण्डा बिर्सिएका उपेन्द्रले चुनावको मुखमा झल्यास्स सम्झिएका छन् । यी नेपालगन्ज आएर ठुलो ठुलो भासण गर्ने उपेन्द्रलाई आफ्नै स्थानमा जित्न गर्हो छ । सबै जातजाति, वर्ग र तहको अधिकारका लागि संविधान संशोधन गर्न आवश्यक रहेको भन्न उनले चुनावको मुख आएर भ्याएका छन् । जबकी संशोधनको वातावरण बनाउने ठाउँमा पुगेका बेला उनले केही गरेनन् ।
उनले सप्तरीको विकासका लागि शिक्षा, ।स्वास्थ्य, सडकलगायतका पूर्वाधारको विकास आवश्यकता औल्याए । तर आफू पाँच वर्षसांसद भएर कुनै पहल गरेनन् । फेरि अहिले विकास गर्ने भन्दै भोट मागिरहेका छन् । उपेन्द्रको यस्तै दोहोरो चरित्रले यहाँका मतदाता रुष्ट बनेका छन् । उपेन्द्रको क्रेज पनि विगतमा खस्किँदा जयप्रकाश ठाकुर र सीके राउतको चर्चा छ । यता जसपाका नेता बाकेमा पनि जनताको आन्खामा धुलो हाल्ने काम गर्दै छ्न चुनावमा मतदातालाई भ्रममा पार्न पूर्वमन्त्री राईले हुँदै नभएका र आफ्नो कुनै योगदाननै नभएका योजनालाई आफूले बनाएको भन्दै झुटो प्रचार गरेका छ्न । एमालेका नेता बर्माका अनुसार नेपाल उपमहानगरपालिका र केपी ओली सरकारको पालामा आएका योजनालाई समेत मैले ल्याएको योजना हो भन्नु कहाँ सम्मको झुट बोलेको बताए आफू सङ त्यो प्रमाण समेत रहेको बर्माले दावी गरेका छ्न । मतदाता प्रभावित पार्न विभिन्न हतकण्डा अपनाइरहेका राईले आफ्नो निर्वाचन क्षेत्रको नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा सम्पन्न र चालु अवस्थामा रहेका योजनाहरुको सम्पूर्ण जस आफ्नो भएको झुठो दावी गरिरहेका छन् ।
तर राईले मधेशी जनताको भोटले कति पटक मन्त्री बने कति कमाए त्यो उनको रहन सहनले थाहा भईहाल्छ । के राईलाई कहिले बिपि चोकमा रहेका ब्यापारीहरु पिडा माह्सुस भयो दुखका आवाज सुनियो कदापि गरेनन् । राईले ससदमा आवाज उठाएको भए ? आफ्नो मुख्य एजेन्डामा राखेको भए ? २०७४ साल निर्वाचन , आसन्न निर्वाचन २०७९ मंसिर ४ मुख्य घोषणापत्रमा समावेश गरेको भए ? मान्न सकिन्त्यो कि तपाईं सच्चा मधेशको नेता हो ।