नवलपरासी । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले जनमतको सम्मान गर्ने प्रतिबद्धता जनाएका छन् । नवलपरासीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले जनताले दिएको अभिमत पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले जनमतको अपमान गर्ने अधिकार कसैलाई नभएको बताए । जनमतको अपमान गरेर संसद विघटन गर्नेलाई कठघरामा ल्याउने बेला आएको र यो मतदाताको हातमा रहेको देउवाले बताए । कांग्रेसले केपी ओलीकोजस्तो जनमतको अपमान कहिले पनि नगर्ने, संसद विघटन पनि नगर्ने प्रतिबद्धता जनाए ।
विनोद चौधरी उठेको पश्चिम नवलपरासीको १ पुगेका देउवाले लोकतान्त्रिक गठबन्धनलाई अत्यधिक बहुमतले विजय गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न मतदातालाई अपिल गरे ।