• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बाँके क्षेत्र नम्बर ३ मा उम्मेदवार किशोरसिंह राठौंर अत्यधिक मत बिजय हुने


बाँके क्षेत्र नम्बर ३ मा उम्मेदवार किशोरसिंह राठौंर अत्यधिक मत बिजय हुने

बाँके(बैजनाथ), कात्तिक २६ :  नेपाली कांग्रेसका सहमहामन्त्री एवम् प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौंरले बाँके क्षेत्र नम्बर ३ मा यसपटक अत्यधिक मत बाट  बिजयी हुने साथै जनताले काँग्रेसलाई विश्वास गरेमा धोका नपाउने बताएका छन् । बैजनाथ गाउँपालिका वडा नम्बर ३ स्थित एलबी चोकमा आयोजित चुनावी कार्यक्रमलाई शनिबार दिउँसो सम्बोधन गर्दै उनले काँग्रेस सहित गठबन्धनका उम्मेदवारले जनताको अमुल्य मतलाई खेर जान नदिने प्रतिवद्धता जनाए । ‘हामीलाई एक चोटी विश्वास गर्नुस्, धोका पाउनु हुनेछैन, मैले आफ्नो राजनीतिक जीवनको ४० वर्षमा कसैलाई झुठो बोलेको छैन, ढाँटेको छैन, ठगेको छैन, म झुठो नबोल्ने, नढाट्ने नेतामा पर्छु,’ उनले भने ।

विगत १० वर्षसम्म एमालेले क्षेत्र नम्बर ३ का जनतालाई धोका मात्रै दिएको प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार राठौंरले बताए । ‘दश वर्षसम्म एमालेले धोका दियो तपाईहरु विश्वास गर्नुभयो, हामीलाई तपाईहरुले यो पटक विश्वास गर्नुस्,’ उनले भने ‘पाँच वर्षभित्रमा सुकुम्बासीको ब्यवस्थापन मैले गर्न सकेन भने म चाही अर्को चोटी भोट माग्न आउँदैन भनेको छु ।’ आफुले चुनाव जितेपछि पुर्जा नपाएका सुकुम्बासीलाई पाँच वर्षभित्रमा पुर्जा दिलाउने बताए । पुर्जा दिलाउन नसके अर्को पटक मत माग्न नआउने प्रतिबद्धता जनाए ।

क्षेत्र नम्बर ३ मा स्थानीय सरकार काँग्रेस र गठबन्धनलाई जिताएकोमा धन्यवाद दिदै प्रतिनिधी सभा र प्रदेश सभामा पनि काँग्रेससहित गठबन्धनलाई जिताएर पठाएमा विकासले फड्को मार्ने बताए । ‘हिजो तपाईहरुलाई धोका दिने, जनताको काम नगर्नेलाई बदला लिने बेला यो हो, यतिबेला तपाईहरुले बुद्धि पुर्याउनु भएन, ढंग पुर्याउनु भएन भने पाँच वर्ष लाग्छ,’ उनले भने । काँग्रेसले दलित, जनजाती, मधेसी, मुस्लिम, महिला, अल्पसंख्यक लगायत समुदायको अधिकारका लागि राणा र राजासँग लडेको बताए । मतदान गर्दा एक पटक गहिरिएर सोच्नुपर्ने उम्मेदवार राठौंरले सुझाव दिए । ‘मत त्यसै दिने होईन, तपाईहरु जसरी आफ्नो छोरी, बहिनीको कन्यादान गर्नुहुन्छ, त्यस्तै सोचेर मतदान गर्ने हो, मत दिदाँखेरी भोली यसले हाम्रो काम गर्छ कि गर्दैन, त्यो सबै कुरा सोच्नुपर्छ,’ उनले भने ।

उक्त सभालाई सम्बोधन गर्दै प्रदेश सभा-३ (१) का स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारले एमाले भन्ने पार्टीको अस्तित्व समाप्त हुने क्रममा रहेको बताए । ‘स्थानीय तहको निर्वाचनमा एमालेको टाउको फुटिसक्यो, अब यो निर्वाचनमा एमाले भन्ने पार्टीलाई खोज्दा पनि नभेटिन सक्छ,’ उनले भने ‘बिचराहरु आजभोली त चोर बिरालो जस्तो गरेर घर घरमा सुटुक्क पस्दा रहेछन् ।’  काँग्रेस सहमहामन्त्री किशोरसिंह राठौर राजनेता भएको र क्षेत्र नम्बर ३ को विकास गर्नमा अब कुनै समस्या नहुने बताए । ‘किशोर दाईले चुनाव जितेपछि क्षेत्र नम्बर ३ मा विकासको लहर आउँछ, उहाँले योजना आयोगमार्फत बजेट पठाउनु हुन्छ, यहाँका जनताले विकास पाउँछन्,’ उनले भने ।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले क्षेत्र नम्बर ३ मा विकासप्रेमी नेता किशोरसिंह राठौंर र दलबहादुर सुनार चुनाव लडिरहेको अवस्थामा मतदान गर्दा जनताले विवेक प्रयोग गर्नुपर्ने बताए । ‘प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा काँग्रेस सहित गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराएपछि विकासका काम गर्न सहज हुने बताए ।

बैजनाथ गाउँपालिकामा आफु आईसकेपछि सुकुम्बासी समस्या समाधानका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेको बताए । जग्गाको लालपुर्जा तयार गर्न फाईललाई सिफारिस गरेर मालपोत कार्यालयमा पठाईसकिएको जानकारी दिए । सो क्रममा प्रतिनिधी सभाका समानुपातिक सांसदका उम्मेदवार आशा बि.क, प्रदेश सभाका समानुपातिक सांसदका उम्मेदवार बिनोद थारु र सुशिला नेपाली (बादी) लगायत सहभागी भएका थिए ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रौतहटको १ मा जसपा गठबन्धन भंग, एमालेलाई प्रभुको समर्थन
  • २०७९ कार्तिक २६, शनिबार १९:०७
  • In "BannerNews"
  • गठबन्धनलाई हार्ने छुट छैन : मन्त्री अथक
  • २०७९ कार्तिक २६, शनिबार १९:०७
  • In "BannerNews"
  • मधेश प्रदेशमा पति, पत्नी र दाजुभाई उम्मेदवार
  • २०७९ कार्तिक २६, शनिबार १९:०७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

उपेन्द्र यादवकाे निर्वाचन क्षेत्रमा जिहादविरुद्ध प्रदर्शन

बिचारको राजनीति गर्नु पर्छ : नेता बिद्य्यापती झा

सप्तरी क्षेत्र नं.२(क) को स्वतन्त्र उमेदवार राजेश बिद्रोहीको समाजमा जताततै चर्चा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version