• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सि हैकमवादी नीति , हु जिन्ताओ बहिर्गमनको सन्देश


सि हैकमवादी नीति , हु जिन्ताओ बहिर्गमनको सन्देश

सातासम्म चलेको चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनको गत शनिबार सम्पन्न समारोहबाट पूर्वराष्ट्रपति हु जिन्ताओलाई अप्रत्यासित रुपमा बाहिर निकालिएको भिडिओ सर्वाधिक चर्चित बन्यो। भव्यरुपमा सजाइएको उक्त समारोहबाट हु जिन्ताओलाई बहिर्गमन गराइएको दृश्यबारे चिनियाँ पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया नदिए पनि आइतबार साँझ चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले भने नेता हु बिरामी भएको र पूर्ण रुपमा निको भइनसकेकाले उनलाई आराम गर्नका लागि हलबाट अन्यत्र पठाइएको जनाएको थियो।

राष्ट्रपति सी चिन फिङको छेउमा बसिरहेका ७९ वर्षीय नेता हु भने आफू बसेको सिटबाट हट्न तयार देखिएका थिएनन्। तर, उनलाई एक जनाले पाखुरामा समातेर हटाउन खोजेको दृश्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट सार्वजनिक भयो। जसअनुसार पूर्व राष्ट्रपति जिन्ताओ आफ्नो ठाउँबाट उठ्न तयार नदेखिएपछि उनलाई दुवै हातले समातेर उचाल्दै गरेको दृश्य पनि देखियो। केही बेरको आनाकानीपछि जिन्ताओले राष्ट्रपति सी र प्रधानमन्त्री ली खछ्याङसँग केही भन्दै गरेको र लगत्तै उनलाई हलबाट बाहिर निकालिदिएको देखिन्थ्यो।

पूर्व राष्ट्रपति हु जिन्ताओबाट १० वर्षअघि पदभार ग्रहण गरेका वर्तमान राष्ट्रपति सी चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि महासचिवमा सर्वसम्मत रुपमा चयन भएर चीनमा माओ त्सेतुङपछिको सर्वाधिक शक्तिशाली नेताको रुपमा स्थापित भएका छन्। एक सातासम्म बन्द कोठाभित्र सम्पन्न गरिएको २० औं महाधिवेशनको समापन समारोहमा पत्रकारलाई प्रवेश अनुमति थिएन।

१० वर्षअघि पदभार ग्रहण गरेका वर्तमान राष्ट्रपति सी चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि महासचिवमा सर्वसम्मत रुपमा चयन भएर चीनमा माओ त्सेतुङपछिको सर्वाधिक शक्तिशाली नेताको रुपमा स्थापित भएका छन्।

कम्युनिष्ट पार्टीका सभा सामान्यतया पूर्व निर्धारित घटनाक्रम अनुसार सञ्चालित हुने हुँदा हु जिन्ताओको प्रस्थानको समय अप्रत्याशित नभएको हुनसक्ने अनुमान लगाइदैछ। उनी महाधिवेशनको बन्द–सत्रमा अन्तिम दिनको अघिल्लो दिन पनि उपस्थित भएका थिए। समापन कार्यक्रममा दिनको अन्तिम भागको लागि मिडियालाई अनुमति दिइएको थियो र क्यामेराहरू जडान भइसकेपछि हुलाई बहिर्गमन गराइयो। अर्थात् पूर्व राष्ट्रपति जिन्ताओलाई सभाकक्षबाट बाहिर जान भनिएको विषय अप्रत्याशित नभई नियोजित हुनुपर्दछ।

चिनियाँ राजनीतिमा हु जिन्ताओ र सी जिनपिङको कार्यप्रणाली एकदमै भिन्न मोडलको प्रतिनिधित्व गर्दछन्। सन् २००३ देखि २०१३ सम्म राष्ट्रपतिको पद सम्हालेका हु जिन्ताओको कार्यकाललाई बाह्य जगतमा खुलापन र नयाँ विचारप्रति सहिष्णुता बढेको समयको रूपमा हेरिएको थियो। त्यस बखत चिनियाँ राजनीति धेरै हदसम्म सामूहिक नेतृत्वबाट सञ्चालित रह्यो जसअनुसार पोलिटब्युरो र स्थायी समितिमा प्रतिनिधित्व गर्ने विभिन्न गुटलाई सन्तुलनमा राख्नु परेको थियो।

समापन कार्यक्रममा दिनको अन्तिम भागको लागि मिडियालाई अनुमति दिइएको थियो र क्यामेराहरू जडान भइसकेपछि हुलाई बहिर्गमन गराइयो।

उनको कार्यकालमा सम्पन्न सन् २००८ को बेइजिङ ओलम्पिक चीनलाई अन्तर्राष्ट्रिय एक्सपोजरका लागि सफलतम समय रह्यो। त्यसबेला विदेशी कम्पनी स्थापना भए, पर्यटकको बाढी जस्तै आयो, इन्टरनेट बढी निःशुल्क थियो र स्थानीय सञ्चारमाध्यमले सभ्य पत्रकारिता गर्न थालेको कारण चीनको विश्वव्यापी प्रतिष्ठामा निरन्तर सुधार हुँदै गयो।

हुनत कतिपयले हु अवधिलाई आलोचनासमेत गरेका छन्। जसअनुसार आर्थिक वृद्धि लगातार दोहोरो अंकमा भए पनि बेइजिङले बाह्य जगतमा आफ्नो प्रतिष्ठा वृद्धि गराउन समय खेर फालेको तर्कसमेत गर्ने गरिन्छ। सी चिन फिङले देशलाई एकदमै फरक दिशामा लैजानुभएको छ। जसलाई वर्तमान चीनमा चुनौती दिन असम्भव छ। वर्तमान सरकारले राष्ट्रवादी भावनालाई विस्फोटक स्तरसम्म प्रोत्साहन गरेको छ। समकालीन चीनले विश्व जनमत बारे खासै चासो देखाउँदैन। सञ्चार माध्यमको प्रवेशपछि हु जिन्ताओलाई गराइएको बहिर्गमन माओत्से तुङको कार्यकालको प्रतिध्वनि जस्तै छ।यसमार्फत् राष्ट्रपति सी चिन फिङले आफ्नो एकछत्र शासन प्रणाली स्थापित गराउने अभियान अन्तर्गत कुनै प्रकारका विरोधी स्वर सह्य नहुने प्रष्ट सन्देश दिएको छ।

महासचिवको हैसियतमा सुरुदेखि नै सीले भ्रष्टाचार विरोधी कार्यबाहीमार्फत सबै विरोधीलाई तह लगाइसकेका छन्। आर्थिक, सामाजिक र राजनीतिक रूपमा फरक बाटो रोज्नेलाई हटाउन यस पटकको महाधिवेशनलाई प्रयोग गरेका छन्। हुको बहिर्गमन मूख्यतः नयाँ बन्ने २०५ सदस्यीय केन्द्रीय समितिको पुनर्गठनसँग जोडिएको छ। उनी यसमा आर्थिक उदारवादी मानिने पूर्व प्रशासक ली केकियाङ र वाङ याङलाई समावेश गराउन प्रयासरत थिए। जसकारण नयाँ बन्ने पोलिट्ब्यूरो र स्थायी समितिमा हु जिन्ताओको युगमा रहेको सुधार र खुलापनको बाटोलाई निरन्तरता दिन सक्ने सम्भावना रहने थियो।

वर्तमान सरकारले राष्ट्रवादी भावनालाई विस्फोटक स्तरसम्म प्रोत्साहन गरेको छ। समकालीन चीनले विश्व जनमत बारे खासै चासो देखाउँदैन।

सीसीपीले पाँचौँ महाधिवेशनमा अपनाएको चीनको १४ औँ पञ्चवर्षीय योजना (२०२१–२०२५) को प्रस्तावमा सन् २०३५ को उद्देश्यहरूमध्ये एउटा “obvious substantive progress in achieving common prosperity for all people” (सबै जनताको साझा समृद्धि हासिल गर्न‘स्पष्ट ठोस प्रगति) भनिएको छ।

यसले सन् १९५० को दशकमा अवलम्बन गरिएको तीनवटा महान् समाजवादी रूपान्तरण जसले निजी स्वामित्वको पूर्ण उन्मूलन गर्दा जनसमुदायलाई ठूलो विनाशकारी भोकमरी निम्त्याएको जस्तै देखिन्छ। चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को २०औं राष्ट्रिय महाधिवेशनको समापन सत्रमा महासचिव सी चिन फिङले बैठकलाई ‘पूर्ण रूपमा सफल’ भएको घोषणा गरे। जुन निश्चित रूपमा थियो पनि तर केवल स्वयं सीको लागि मात्र।

उनले “एउटा भिजन, एउटा नेता र एउटा पार्टी” भनेर आफ्ना सबै उद्देश्य हासिल गर्न सक्षम भएका छन्। सीले घोषणा गरेको “चिनियाँ शैलीको आधुनिकीकरण” पार्टी भित्रका दृष्टिकोणको एकीकरण पछिल्लो दशकमा विकसित भएको हो। यसलाई सर्वप्रथम सन् २०१६ को चार चेतना (Four Consciousnesses) भनेर नारामार्फत प्रस्तावित गरिएको थियो। राजनीतिक चेतना, समग्र चेतना, मूल चेतना र प्रतिवद्धता चेतना भनेर व्याख्या गरिएको समग्र अर्थ “एउटा नेता” मा जोड दिइएको थियो।

महासचिवको हैसियतमा सुरुदेखि नै सीले भ्रष्टाचार विरोधी कार्यबाहीमार्फत सबै विरोधीलाई तह लगाइसकेका छन्। हुको बहिर्गमन मूख्यतः नयाँ बन्ने २०५ सदस्यीय केन्द्रीय समितिको पुनर्गठनसँग जोडिएको छ।

सन् २०१८ मा दुई सुरक्षा (Two Safeguards) “पार्टी केन्द्रीय समितिमा महासचिव सीको मुख्य स्थानलाई सुरक्षित गर्दै सम्पूर्ण पार्टीको मूल स्थितिको दृढतापूर्वक रक्षा” र “पार्टी केन्द्रीय समितिको केन्द्रीकृत अख्तियार र एकीकृत नेतृत्वको दृढतापूर्वक रक्षा” को नारा घोषित भए।

यो विचारधाराबाट उद्धृत “सर्वहाराको अधिनायकत्व” र “जनवादी केन्द्रीयता” जस्तै देखिए पनि मूल लक्ष्य सीको अधिनायकत्व र नेतृत्वको केन्द्रीयता थियो। पछिल्लो पटक २०२१ मा दुई स्थापना (Two Establishments) अर्थात् “पार्टी केन्द्रीय समितिसहित सम्पूर्ण पार्टीको मूलको रूपमा सीको स्थापना” र “चिनियाँ विशेषतासहितको समाजवादमा नयाँ युगको लागि सी जिनपिङ विचारधारालाई पार्टीको मार्गदर्शक रूपमा स्थापना” लाई स्वीकृत गरिएको छ।

कतिपय पर्यवेक्षकले यस्ता प्रयोगलाई अर्थहीन भने पनि यसले वास्तविक उद्देश्य पूरा गर्दछ। यसबाट सीको स्थिति एउटा सर्वोच्च नेताको रूपमा र पार्टीको आन्तरिक प्रचारमा साम्यवादको सैद्धान्तिक पक्ष अझै महत्त्वपूर्ण रहेको स्थापित हुनेछ। संशोधित सीसीपीको विधानमा चार चेतनालाई सुदृढ पार्न र दुईवटा स्थापना हासिल गर्न सबै पार्टी सदस्यको दायित्व समावेश गरेर सीले यसपटक अर्को ठूलो विजय हासिल गर्न सक्षम भएका छन्। यसले सीसीपीलाई राजनीतिक दलबाट व्यक्तिगत पार्टीमा परिणत ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सीले कसरी छान्लान् चिनियाँ कम्युनिस्ट पार्टीको नयाँ नेतृत्व पंक्ति?
  • २०७९ कार्तिक १९, शनिबार २०:२४
  • In "BannerNews"
  • चिनियाँ विदेशमन्त्रि छिन साङ भने विगत डेढ महिनाभन्दा लामो समयदेखि बेपत्ता
  • २०७९ कार्तिक १९, शनिबार २०:२४
  • In "BannerNews"
  • नेपालमा एमसीसी रोक्न बिजिङका बिशेष दुत पठाईएको खुलासा
  • २०७९ कार्तिक १९, शनिबार २०:२४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

स्वतन्त्र उमेदवार श्रेष्ठ निरन्तर आभियानमा

लौरो अभियानी कुशवाहाको पक्षमा जनता : आफू निर्वाचन जितको संघारमा पुगदै छु

एमाले उम्मेदवारले साडि बाटेको भन्दै , महासेठलाई कारबाहीको निर्णय

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version