No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अनलाइन कक्षाको शुल्क पालिका पिच्छे फरक–विद्यार्थी संगठनको विरोध

अनलाइन कक्षाको शुल्क पालिका पिच्छे फरक–विद्यार्थी संगठनको विरोध

बुटवल : रुपन्देहीका केही स्थानिय तहहरुले अनलाईन कक्षा चलाए बापत विद्यालयले लिन पाउने शुल्क तोकिदिएका छन् । विद्यालयहरुले अघिल्लो शैक्षिक सत्रमा लिएको शुल्क यही शैक्षिक सत्रमा पनि लागू गर्नुपर्ने छ । अनलाइन कक्षा चलाउँदा पुरै शुल्क नलिइ निश्चित प्रतिशत मात्र लिन स्थानीय तहहरुले भनेका छन् । तर कति प्रतिशत शुल्क लिने भन्ने कुरा पालिकापिच्छे नै फरक फरक छ ।

बुटवल उपमहानगरपालिकामा रहेका निजी विद्यालयहरुले अनलाइन कक्षा चालएबापत असार १ गतेदेखी हालसम्मको ६० प्रतिसत र असोज १ गते पछिको लागि ७५ प्रतिशत शुल्क लिन पाउने छन् । ‘अनलाइन कक्षामा समावेश नभएका विद्यालयबाट लिन पाउने छैनन् । मासिक बाहेक अन्य शुल्क लिन पाइने छैन ।’ उपमहानगरका शिक्षा महाशाखा प्रमुख मित्रमणी खनालले भन्नुभयो ‘विद्यालयमा अन्यत्र खर्च नभएकाले शिक्षकलाई तलब मात्र खानको लागि ६० प्रतिसत मात्र तोकिएको हो । अब शिक्षकहरु विद्यालय पनि जानुपर्ने भएकाले व्यवस्थापनको लागि भने र १५ प्रतितसत थप गरिएको हो ।’

तिलोत्तमा नगरपालिकाले असार १ गतेबाटै ७५ प्रतिसत शुल्क लिन पाउने गरी निर्णय गरेको छ । नगरपालिकाका शिक्षा शाखाका उपसचिव गंगाराम आचार्यले अनलाईन कक्षा पढाएका शिक्षक र अन्य कर्मचारीको तलबको लागि सहज होस् भनेर यो  निर्णय गरेको बताउनुभयो । ‘अनलाइनमा धेरै विद्यार्थी आएका छैनन् । शिक्षकहरु सबै खट्नुभएको छ । उहाँहरुलाई पनि तलब खुवाउनुपर्यो भन्ने कुरा आयो ।’ उहाँले भन्नुभयो ।

तिलोत्तमा नगरपालिकाको सुचनाको ५ नम्बर बुँदामा माशिक शिक्षण शुल्क बाहेक अतिरिक्त क्रियाकलाप शुल्क, यातायात शुल्क, विज्ञान प्रयोगशाला शुल्क, पुस्तकालय लगायतका शुल्क विद्यार्थीहरु भौतिक रुपमा उपस्थित नभएसम्मको लागि नलिने भनिएको छ । तर भर्ना शुल्क बारे केही उल्लेख गरिएको छैन । तर विद्यालयहरुले भर्ना शुल्क लिन पाउने शिक्षा शाखाका उपसचिव गंगाराम आचार्यले विद्यालयले लिन पाउने बताउनुभयो । ‘विद्यालयको विजुली, पानी शुल्क तिर्नुपर्छ, अन्य व्यवस्थापन खर्च हुन्छ भन्ने कुरा पनि आयो । निर्णयमा नलेखिएको भएपनि नयाँ विद्यार्थी जाँदा भर्ना लिने चलन छन । त्यसैले भर्ना शुल्क लिन्छन् ।’ उहाँले भन्नुभयो ।

अन्य कतिपय स्थानीय तहहरुले निजी विद्यालयले कति प्रतिशत शुल्क लिन पाउने भन्ने बारे निर्णय गरेका छैनन् । असोज १ गतेदेखि लागु हुने गरी शिक्षा मन्त्रालयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरेको छ । जस अनुसार विद्यालयहरुले बालबालीकाहरुलाई उनीहरुको अनुकुलता अनुसार विभिन्न माध्यमबाट पठन पाठन गराउनुपर्ने हुन्छ । यस अघि असार १ गतेदेखी बैकल्पीक सिकाइ सहजीकरण कार्यक्रम लागू भएपनि त्यो कार्यक्रम सबैको पहुँचमा पुगेको थिएन । अब अनिवार्य रुपमा सबै बालबालीकालाई समावेस गराउने गरी सरकारले गत भदौ १९ गते नयाँ निर्देशिका जारी गरेको हो ।

निर्देशिकामा स्थानिय तहहरुलाई पनि विभिन्न कामको जिम्मेवारी दिइएको छ । विद्यालयले लिने शुल्क पनि प्रचलित कानून बमोजिम स्थानिय तहले स्वीकृत गरे बमोजिम हुने निर्देशिकामा उल्लेख छ । बुधबार साँझसम्म केही स्थानिय तहबाहेक अरुले संस्थागत विद्यालयले लिने मासिक शुल्क लगायतका निर्णय गर्न सकेका छैनन् । रुपन्देहीको देबदह नगरपालिकाले विद्यालयले लिन पाउने शुल्क बारे अझै निर्णय गरेको छैन । देबदहका शिक्षा शाखा प्र्रमुख टीकाराम शर्माले विहिबार विहान कार्यापालिका बैठक बसेर शुल्क लगायतका निर्णय गर्ने बताउनुभयो । त्यस्तै सैनामैना नगरपालिकाले पनि अझै विद्यालयले लिने माशिक सुल्क बारे निर्णय गरेको छैन । आजै नगर शिक्षा समितिको बैठक बसेर निर्णय गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।

सिद्धार्थनगर नगरपालिकाले पनि हालसम्म शुल्क सम्बन्धी निर्णय गरेको छैन । नगरपालिकाका शिक्षा शाखाका उपसचिव चेतनसिल लम्सालले बैकल्पीक सिकाइको लागि तथ्यांकको काम सुरु गरिएको र शुल्क बारे निर्णय नगरेको बताउनुभयो । ‘अरु स्थानिय तहरुले तोक्नुभएको रहेछ । उहाँहरुले तोकेको आधारमा हामीले पनि छिट्टै निर्णय गर्छौं ।’ उहाँले भन्नुभयो ।

कञ्चन गाउँपालिकामा सिकाइ सहजीकरण बारे अरु निर्णय भएपनि शुल्क बारे निर्णय गरेको छैन । कञ्चनका शिक्षा शाखाप्रमुख रमेश भुसालले अरु पालिकाको भन्दा बढी नहुने गरी शुल्क कतिसम्म लिन पाउने भन्ने बारे निर्णय गर्ने बताउनुभयो । ‘त्यसको लागि विद्यालय सञ्चालकहरुसँग पनि छलफल गर्छाैं ।’ उहाँले भन्नुभयो ।

 शुल्कप्रति विद्यार्थी संगठनको विरोध

यसैबीच विद्यार्थी संगठनहरुले अनलाइन कक्षाको नाममा हालसम्मको कुनै पनि शुल्क नलिन माग गरेको छ ।  नेपाल विद्यार्थी संघका केन्द्रीय उपसभापति मुक्तीराज पौडेल, अनेरास्ववीयु रुपन्देहीका संयोजक लेखनाथ खनाल र अखिल छैटौंका केन्द्रीय सदस्य पुरन पोखरेलले संयुक्त विज्ञप्ती निकालेले हालसम्मको कुनै पनि शुल्क नलिन र अशुल गरेको शुल्क फिर्ता गर्न माग गरेका हुन् । त्यसै गरी निजी शैक्षिक संस्थामा कार्यरत शिक्षक कर्मचारीलाई आधारभूत पारिश्रमिक उपलब्ध गराउन र विद्यालयले दिँदै आएको छात्रबृत्ती पनि पूर्ण पारदर्शी गराउन विज्ञप्तीमा माग गरिएको छ  ।  himalayatimes

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
संवैधानिक नियुक्ति लगायतका विषयमा प्रम र देउवाबीच बिहीबार छलफल हुने

संवैधानिक नियुक्ति लगायतका विषयमा प्रम र देउवाबीच बिहीबार छलफल हुने

श्राद्धको खाना खाँदा एकको मृत्यु, २९ बिरामी

श्राद्धको खाना खाँदा एकको मृत्यु, २९ बिरामी

डेढ वर्षमा सक्नुपर्ने पुलको काम ४ वर्षमा आधा मात्रै

डेढ वर्षमा सक्नुपर्ने पुलको काम ४ वर्षमा आधा मात्रै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .