दाङ : दाङमा १३ बर्षीया बालिका बलात्कृत भएकी छिन् । बंगलाचुली गाउँपालिका–२ मर्पेस निवासी ति बालिका आफनै झड्केलो बावुबाट यौन शोषणमा परेकी हुन् ।
पीडित पक्षले बुधवार घोराहीमा पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएको हो । पीडित पक्षका अनुसार उक्त व्यक्तिले विगत २ बर्षदेखि बालबालिकालाई यौन शोषण गर्दै आएका थिए ।
डर धम्कीका कारण घट्ना बाहिर भन्न नसकेका उनीहरुले पटक पटक बालिकामाथि यौन शोषणका क्रियाकलापहरु हुन थालेपछि प्रहरीमा रिपोट गरेको उनीहरुले बताएका हुन् ।
‘बालिका दुई बर्षदेखि पटक पटक यौन शोषणमा पर्दै आएकी रहिछ,तर डरका कारण हामीलाई भन्न सकेकी रहिन्छ’–पीडित बालिकाकी आफन्तले भने । यौन शोषणका कारण बालिकामा शारिरीक तथा मानसिक समस्या समेत देखा परेको छ ।
पीडित पक्षको उजुरी दिएपछि ६२ बर्षीय अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आरोपित यसअघि जेठी श्रीमतीको हत्या गरि कैद भुक्तान गरि निस्किएका व्यक्ति हुन् । himalayatimes