• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

युरोप र अमेरिकी प्रतिबन्धले बढ्यो रुसको समस्या

स्विफ्ट प्रणालीबाट रुसका बैंक बाहिर !


युरोप र अमेरिकी प्रतिबन्धले बढ्यो रुसको समस्या

काठमाडौँ – आफूले कब्जामा लिएको युक्रेनको भूभागमा जनमत सङ्ग्रह भन्दै जबरजस्ती आफ्नो कानुन लादेपछि रुस माथि अमेरिकाले थप प्रतिबन्ध लगाएको छ । त्यो प्रतिबन्धमा अमेरिका समर्थित युरोपेली राष्ट्रले पनि साथ दिने घोषणा गरी सकेका छन् ।

अमेरिकाले यस युद्धलाई चाँडो रोक्न तथा दबाब दिनका लागि थप प्रतिबन्ध लगाए पनि मस्को प्रशासन भने टसमस गर्ने पक्षमा नै देखिएको छैन ।

अमेरिकाको नयाँ प्रतिबन्धका कार्यक्रमको निसाना २ सय ७८ जना संसद् सदस्य तथा रक्षा उद्योगसँग सम्बन्धी अन्य १४ जना पनि रहेका छन् ।

यस प्रतिबन्धको लक्षित समूह अरू पनि छन् । रुस बाहिर रहेर ती चार प्रान्त कब्जा जमाएर बस्न रुसी सेनालाई सहयोग गर्ने अन्य संस्था वा व्यक्ति यस प्रतिबन्धको सिकारमा छन् ।

युरोपेली युनियन सहितले तयार गरेको नयाँ ढाँचाको प्रतिबन्ध अनुसार रुसी समानको आयातमा प्रतिबन्धको निर्णय भएको हो । रुसमा उच्च प्रविधिको सामान निर्यात गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

पश्चिमा देशहरूले रुस माथि मुद्रा अभावको सृजना गर्न लागी परेका छन् । अमेरिकी बैङ्कमा विदेशी मुद्रा प्रयोग गरेर आर्थिक कारोबार गर्न रुस माथि अमेरिकाले प्रतिबन्ध लगाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा बजारमा प्रभाव जमाएको स्विफ्ट प्रणालीबाट रुसका बैंकहरूलाई बाहिर राखिएको छ । यसले रुसलाई पेट्रोलियम पदार्थ तथा ग्यास बापतको दिनु पर्ने रकम दिन ढिलाइ हुने छ ।

बेलायतको आफ्नो वित्तीय संरचनाहरूबाट रुसका बैङ्कलाई हटाएको छ । बेलायतका बैङ्कबाट रुसले कुनै डिपोजिट गर्न तथा डिपोजिट गरिएको रकम झिक्न समेत प्रतिबन्ध लगाइएको छ ।

अबको डिसेम्बर देखि समुद्री मार्ग हुँदै रुसी तेल आयात गर्न युरोपेली युनियनले सम्पूर्ण देशहरूलाई प्रतिबन्धित गर्ने भएको छ । २०२३ फेब्रुअरी देखि युरोपेली युनियनले रुसबाट प्रशोधित तेल जन्य उत्पादन निर्यातमा प्रतिबन्ध लगाउने भएको छ ।

अमेरिकाले रुसबाट सम्पूर्ण ग्यास तथा तेल निर्यातमा प्रतिबन्धको निर्णय गरेको छ । बेलायतले २०२२को अन्त्य सम्ममा आफ्नो देशलाई रुसी तेलबाट मुक्त गराउने जनाएको छ । रुसबाट नोर्डस्ट्रिम २ ग्यास आयात गर्ने जर्मनीको अहिलेको योजना अझ रोकिने भएको छ । यसै गरी युरोपेली युनियनले रुसी कोइला खरिद नगर्ने निर्णय गरेको छ ।

सन् २०२२ को अन्त्य देखि युरोपेली युनियन र जी सेभेन राष्ट्रले रुसी तेललाई तिर्दै आएको रकमको सीमा निर्धारण गर्ने भएको छ । त्यो रकम भन्दा बढी तिरेर तेल ल्याउनमा उनीहरूले आयातकर्ता कम्पनीहरूलाई जहाजको खर्च नदिने नीति बनाएको छ । युरोपेली युनियनले रुसी ग्यास माथि भने कुनै प्रतिबन्ध लगाएको छैन । युरोपका ४० प्रतिशत ग्यासको आपूर्ति रुसबाट नै हुने गरेका छन् ।

अमेरिका, बेलायत र युरोपेली युनियनले पछिल्लो समय हजार भन्दा बढी रुसी धनाढ्य तथा तेल व्यापारीलाई आफ्नो निसाना बनाएका छन् । त्रिमिलनसँग नजिकको सम्बन्ध रहेका रोमन एब्राहमोभिच लगायतका धेरै व्यापारी यस्तो निसानामा परेका छन् ।

रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन तथा विदेश मन्त्रीसँग सम्बन्धित कुनै सामान युरोप, अमेरिका, बेलायत र क्यानडाबाट लैजान र ल्याउनका लागि रोक लगाइएको छ । रुससँग सरोकार राख्ने धेरै पानी जहाजलाई प्रतिबन्ध लगाइएको छ । न्युयोर्कमा रुसका एलमनियम उद्योगका ओलेग डेरीपस्का रुसी प्रतिबन्धको नियम उल्लङ्घन गरेकाले कारबाहीका भागीदार भएका छन् ।

बेलायतमै बसोबासको अधिकार पाउने गोल्डेन भिसा रुसी व्यापारीलाई दिन भने प्रतिबन्ध लगाइएको छ । अमेरिका, बेलायत र युरोपेली युनियनबाट नागरिक तथा सैन्य प्रायोजनले प्रयोग हुने धेरै कुरामा प्रतिबन्ध लगाइएको छ । सबै भन्दा धेरै सवारी साधनका पाट पुर्जा रुसमा आयात गर्न प्रतिबन्ध लगाइएको छ ।

अमेरिका, बेलायत, युरोपेली युनियन तथा क्यानडामा रुसी विमान प्रतिबन्ध गरिएका छन् । ती देशको बाटो हुँदै रुसी विमान आवतजावतमा पनि प्रतिबन्ध लगाइएका छन् । रुसको सुन निर्यात गर्न पनि ती देशहरूमा प्रतिबन्ध लगाइएको हो ।

रुसका विलासितामा सामान निर्यात गर्न प्रतिबन्ध लगाइएको छ । यसै गरी, भोड्का लगायत केही सामग्री ल्याउँदा करको दायरामा ३५ प्रतिसतले वृद्धि गरिएको छ । थुप्रै अन्तर्राष्ट्रिय कम्पनीहरूले रुसको सामान खरिद गर्न बन्द गर्नुका साथै व्यापारिक कारोबार नै ठप्प पारेका छन् ।

युद्धमा हुने धेरै रुसी खर्च पेट्रोलियम पदार्थ र ग्यासबाट नै उठ्ने गरेको छ । गत वर्ष तेल बापतको कुल आम्दानीमा ४१ प्रतिशत वृद्धि भएको अनुसन्धानकर्ता संस्था आर्गस मिडियाका प्रमुख अर्थशास्त्री डेभिड फायले बताएका छन् ।

उनका अनुसार रुसको कुल निर्यातबाट प्राप्त हुने रकम नै ४० प्रतिशत तेल निर्यात बाट आउने रकम हो । यसले नै युद्धलाई धेरै सहयोग फायकै अनुसार यस प्रतिबन्धले रुसलाई अन्य विविध क्षेत्रमा कमजोर बनाउने छ । खास गरेर सैन्य प्रविधिमा अब रुस धेरै कमजोर बन्न सक्ने छ । बाह्य देशबाट आउने सैन्य सहयोग सम्बन्धी सामग्री नआए पछि उसका धेरै आधार नै भत्किएका छन् ।

रुसले पनि २ सय सामग्री निर्यातमा प्रतिबन्ध लगाएको छ । रुसले निर्यात बन्द गरेका बस्तुमा टेलीकम्नीकेसन, सवारी साधन,कृषि, विद्युतीय सामग्री तथा टिम्बर उत्पादन छन् । देश बाहिरका सेयर होल्डरलाई उनीहरूको रकम दिन पनि प्रतिबन्ध लगाइएको छ । रुस बाहिरका व्यापारीलाई रुसमा लगानी गर्न रोक लगाइएको छ । यत्ति मात्र होइन, रुसी कम्पनीमा सेयर भएमा अरबौँ व्यापारीलाई शेयर विक्री गर्न पनि रोक लगाइएको छ ।

फेब्रुअरी महिनामा रुसले युक्रेनमा युद्ध सुरु गरे यताका ६ महिनामा थुप्रै आर्थिक अप्ठेरो भोगेको छ । यो पछिल्लो प्रतिबन्ध भन्दा अगाडी नै रुसको अर्थतन्त्र १२ प्रतिसतले यस वर्ष ओरालो लाग्ने अनुमान गरिएको थियो । केही महिना अगाडीकै एक रिपोर्टका अनुसार सोभियत सङ्घको विघटन पछि रुसमा यो दोस्रो पटकको कमजोर आर्थिक अवस्था हो । यस अगाडी सन् १९९८ मा मन्दीका कारण रुसले आर्थिक सङ्कटको सामना गरेको छ ।

कोभिड १९ महामारीका कारण संसारका अन्य देशलाई झैँ रुसलाई पनि प्रभाव पारेको थियो । रुस पनि त्यस महामारीले भएको आर्थिक क्षतिलाई पुरा गर्ने बाटोमा अघि बढी रहेकै समयमा नेतृत्वले गलत बाटो लिएको थियो ।

अहिलेको मुद्रास्फीति २० वर्षकै उच्च हो । अमेरिकी डलरको तुलनामा रुसको मुद्राको दर प्रत्येक दिन जसो घटी रहेको छ । रुसका पछिल्लो केही तथ्याङ्कले त्यहाँका सामान्य व्यक्तिको जीवन यापनको मूल्यमा अहिले १०.७ प्रतिसतले वृद्धि भएको छ ।

रुस युक्रेन युद्धका कारण युक्रेनले पक्कै क्षत सहेको छ । तर, रुसले सहेको क्षति पनि बढ्दो छ । मानवीय क्षति रुसको पनि भइरहेको छ भने त्यहाँको शैक्षिक अवस्था पनि दिन दिनै खराब बनी रहेको छ । राज्यसत्ता प्रति वितृष्णा जागेर देश छाड्नेहरूको लामो शृङ्खला नै बनिसकेको छ ।

खेलकुद, संस्कृति र कलाका विषयमा रुसलाई संसारले बे वास्ता गर्दै आए पछि त्यस क्षेत्रका रुसी नागरिक राज्यको विरुद्धमा उभिने अवस्थाको सृजना भई सकेको छ । यसै समयमा अमेरिका र युरोपेली युनियनको यो प्रतिबन्धले रुसलाई थप समस्यामा धकेल्न सक्ने छ ।

(स्रोत : बीबीसी, वी फोरम, रिलिफवेब)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अमेरिकाले लगायो म्यानमारमाथि प्रतिबन्ध
  • २०७९ आश्विन २३, आईतवार १४:४३
  • In "अन्तराष्ट्रिय"
  • जबरजस्ती धर्म परिवर्तन गराउने पाकिस्तानी धर्मगुरु माथि बेलायतमा प्रतिबन्ध
  • २०७९ आश्विन २३, आईतवार १४:४३
  • In "BannerNews"
  • जापान, दक्षिण कोरिया र अमेरिकाले उत्तर कोरिया माथी लगाए प्रतिबन्ध
  • २०७९ आश्विन २३, आईतवार १४:४३
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

पाकिस्तानमा हिन्दूमाथि अत्याचार, १५ दिनभित्र चौथो बालिका अपहरण, जबर्जस्ति मुस्लिम बनाईयो

मुस्लिम देश साउदी अरबमा युवतीको नयाँ अवतार

देउवाविरुद्ध परेको उजुरीमाथि छानबिन के आयो निर्णय

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version