• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनले विश्वास नगरेपछि देउवाको शरणमा ओली, सरकारका कामबाट एमालेलाई छटपटी


चीनले विश्वास नगरेपछि देउवाको शरणमा ओली, सरकारका कामबाट एमालेलाई छटपटी

काठमाडौं । ४२ महिना सत्ता सम्हाल्दै असंवैधानिक रूपमा संसद् विघटन गरेपछि पदच्युत भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका कामहरूबाट छटपटी शुरु भएको छ । स्थानीय तहकाे निर्वाचनमा ठूलो चोट खेपेको एमालेले आगामी सङ्घ र प्रदेश निर्वाचनमा पनि हार व्यहोर्ने देखेपछि ओलीले आफूहरूलाई पनि मिलाएर लैजान प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुका साथै मुलुकको राजनीतिलाई पनि स्थिरताको बाटोमा डोहाेर्‍याएका छन्। सत्ता गठबन्धनले नै आगामी निर्वाचनसम्म निरन्तरता पाउने भएपछि एमालेले एक्लिएको महसुस गरिरहेको छ। यति मात्र नभएर ओलीको अलोकप्रिय ४२ महिना र ९ महिनासम्मको लगातारको संसद् अवरोधले पनि आगामी निर्वाचनमा एमालेलाई समस्या हुने भएको छ।

सरकारले लामो समयदेखि ओली सरकारले अघि बढाउन नसकेको एमसीसी, नेपालीहरूलाई नागरिकता दिनेसम्बन्धी नागरिकता विधेयक र टुङ्ग्याउन बाँकी रहेको शान्ति प्रक्रियासम्बन्धी सत्यनिरुपण तथा मेलमिलाप विधेयकलगायतका महत्त्वपूर्ण कामहरू गरेपछि ओली आत्तिएका हुन् ।

सरकारले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनका लागि सत्य निरुपणसम्बन्धी विधेय संसद्‌बाट पारित गर्ने तयारी गरेको छ । यही क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन आफूहरूको सहयोग गर्नेसमेत बताएका हुन् ।

द्वन्द्वपीडितका मागहरू समाधान गर्न तदारुकताका साथ अघि बढेको देउवा सरकारले आफूलाई बाइपास गरेको भन्दै एमाले अध्यक्ष ओली आफैँ बालुवाटार पुगेका हुन्। एमाले अध्यक्ष ओलीले अहिलेको काम पूरा गर्ने मुख्य जिम्मेवार व्यक्ति भनेको शेरबहादुर र प्रचण्ड भएको उल्लेख गर्दै आफूले पनि सकारात्मक भूमिका खेल्ने बताएका हुन् ।

यसअघि ओलीले भारतको चर्को विरोध गर्दै चीनको पक्ष लिने गरेका थिए । अहिले पनि उनले चीनलाई सत्ता गठबन्धन भत्काएर आफूलाई सहयोग गर्न आग्रह गरिरहेको स्रोतले दाबी गरेको छ ।

तर चीनले पनि ओलीलाई विश्वास गर्न नसकिने प्रतिक्रिया दिएपछि ओली अन्ततः देउवाको शरणमा पुगेका हुन् ।

केपी ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन सरकारलाई सघाउँछु भन्ने भनाइलाई नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले स्वागत गरेका छन् ।

उनले भने, ‘प्रतिपक्षीको रुपमा विरोध गर्ने त भइराख्छ । यो अधिवेशनबाट यो पास हुन सकेन भने झमेला हुन्छ । २०५४ देखि २०६३ र अहिलेसम्मको कुरा गर्दा जो पनि पीडित छन् ती सबै नेपाली नै हुन् । तार्किक निष्कर्षमा त पुग्नुपर्यो नि ।’

उनले चुनावको मिति घोषणा भइसकेको अवस्थामा जारी संसदको समय धेरै नभएको भन्दै रोकिएका विधेयकहरु फास्ट ट्रयाकमा गएरै भए पनि ऐन बनाउनु पर्नेमा जोड दिएका छन् ।

उनले सबैभन्दा छिटो ऐन दक्षिण अफ्रिकामा बनेको भन्दै उनले अगाडि भने, ‘मलाई के लाग्छ भने छिटोभन्दा छिटो ऐन बनाएर नेपाली दाजुभाइ दिदीबहिनीलाई राहत दिनुपर्छ ।’

चीनको विश्वास ओलीप्रति कम भएको हो कि भन्ने प्रश्नमा उनले भने, ‘बाहिरी कुरामा म इन्भल्भ हुन चाहन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एमसीसी पारित गर्दा संसदमा एमालेको रणनीतिक अवरोध, दुवैतिर सन्तुलन
  • २०७९ भाद्र १८, शनिबार २०:४१
  • In "मध्य पूर्व"
  • राष्ट्रपति निर्वाचनमा धोका हुने आशंकामा एमाले
  • २०७९ भाद्र १८, शनिबार २०:४१
  • In "BannerNews"
  • ओलीले चुनावी घोषणा पत्र र नारालाई राष्ट्रियतका सन्र्दभलाई जोड्न खोजेका हुन् ?
  • २०७९ भाद्र १८, शनिबार २०:४१
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

सेक्स कसरी गर्ने ?

शारीरिक सम्बन्धको क्रममा लिंग भाँचिएपछि…

बिहे अगाडि सेक्स नगर्ने अडानका कारण ३५ वर्षकी युवती चर्चामा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version