• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अर्थमन्त्रीलाई एसएमएस- म हेपिएको नासु परें, कार्यालय जान मन लागेन


अर्थमन्त्रीलाई एसएमएस- म हेपिएको नासु परें, कार्यालय जान मन लागेन

काठमाडौं । असमान ढंगले तलवमान निर्धारण गरिएको भन्दै असन्तुष्ट नायब सुब्बा (नासु)हरुले कर्मचारीको पोशाक लगाउन र कार्यालय जान मन नलागेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई एसएमएस पठाएका छन् ।

हालै सामाजिक सन्जालहरुमा भाइरल भइरहेको नयाँ तलबमानको विवरणलाई सच्याउन दबाब दिने उद्देश्यले उनीहरुले अर्थमन्त्री शर्मालाई आज एसएमएस पठाएका हुन् । उनीहरुले पठाएको एसएमएसमा लेखिएको छ, ‘मन्त्रीज्यू नमस्कार । म एकजना हेपिएको नासु परें । नयाँ तलबमानको जुन हल्ला आयो त्यसपछि न कर्मचारीको ड्रेस लगाउन मन लाग्छ, न कार्यालय जान ।’ उनीहरुले तलब बढाउँदा सबै तहको समान हुने गरि मात्रै बढाउन माग गरेका छन् ।

संघीय निजामती सेवा ऐनको मस्यौदामा अधिकृत पदको पदपूर्तिका लागि विभेदपूर्ण व्यवस्था राखिएको भन्दै उनीहरुले त्यसलाई सच्याउनका लागि पहल गरिदिन पनि माग गरेका छन् ।

उनीहरुले अधिकृत पदमा खुल्लाबाट ५० प्रतिशत, बढुवाबाट ३० प्रतिशत र आन्तरिक प्रतिस्पर्धाबाट २० प्रतिशत पदपूर्तिको व्यवस्था संघीय निजामती सेवा ऐनमा राख्नका लागि पहल गरिदिन अनुरोधसमेत गरेका छन् ।

हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐन २०४९ मा अधिकृत पदमा पदपूर्ति गर्दा खुलाबाट ७० र बढुवाबाट ३० प्रतिशत गर्ने व्यवस्था भए पनि आन्तरिक प्रतिस्पर्धा छैन । अहिले बनिरहेको संघीय निजामती सेवा ऐनको मस्यौदामा पनि अधिकृत पदमा आन्तरिक प्रतिस्पर्धा राखिएको छैन । यो मस्यौदामा नासुभन्दा माथिल्लो अधिकृत पदमा पदपूर्ति गर्दा खुल्लाबाट ९० र बढुवाबाट १० प्रतिशत गर्ने व्यवस्था छ ।

खरिदारहरु र अधिकृतहरुका लागि माथिल्लो पदमा प्रतिस्पर्धा गर्दा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था राखिएको तर आफूहरुका लागि नराखिएको भन्दै नासुहरु असन्तुष्ट छन् ।

आफूहरुलाई तलबमा पनि र पदपूर्तिको व्यवस्थामा पनि विभेदमा पारिएको भन्दै सुब्बाहरुले सोमबार सिंहदरबारभित्र ‘पेन डाउन’ गरेका थिए । आज उनीहरुले मुख्य सचिव, अर्थमन्त्री, सामान्य प्रशासन मन्त्री र अर्थ मन्त्रालयका सचिवलाई एसएमएस पठाएर दबाब दिने कार्यक्रम तय गरेका छन् ।

कतिपय नासुहरु आज कार्यालय नगएर विदामा बसेका नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताए ।

नासुहरु विरोधमा उत्रिएपछि विभिन्न दल निकट कर्मचारीका नेताहरुले अर्थमन्त्रीलाई भेटेर विभेदपूर्ण व्यवस्था हटाउन माग गरेका थिए । मन्त्री शर्माले तलबबारे सार्वजनिक भएको विवरण लागू नगर्ने आश्वासन दिंदै आफूले बजेटमा गरेको व्यवस्था अनुसार सबै राष्ट्रसेवक कर्मचारीहरुलाई १५ प्रतिशतको दरले तलब वृद्धि मात्र लागू गर्ने बताएका थिए । नमिलेका अन्य विषय ‘पे कमिसन’ तलब आयोग गठन गरेर त्यसको सुझाव अनुसार अघि बढ्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एकैपटक ८० जना कर्मचारीलाई कारवाही गरेका प्रमुख प्रशासकीय अधिकृतले रोके तेलको कुपन
  • २०७९ श्रावण २४, मंगलवार ११:४५
  • In "BannerNews"
  • सप्तरीको घरेलु कार्यालयका सुब्बा १५ सय रुपैयाँ घुससहित अख्तियारको फन्दामा
  • २०७९ श्रावण २४, मंगलवार ११:४५
  • In "मधेश प्रदेश"
  • नर्सिङ क्षेत्रका समस्या समाधानका लागि कुनै पहल नगरेको भन्दै नर्सहरु आन्दोलित
  • २०७९ श्रावण २४, मंगलवार ११:४५
  • In "मध्य पूर्व"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

अघि बढ्दै प्रत्यक्षको आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

किन झन् कमजोर हुँदै गइरहेको छ आदिवासी आन्दोलन ?

एकअर्काबाट के चाहन्छन् श्रीमान्-श्रीमती ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version