• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

उमेरै नपुगी विवाह, उमेर पुगेपछि सम्बन्ध विच्छेद


उमेरै नपुगी विवाह, उमेर पुगेपछि सम्बन्ध विच्छेद

दमौली । तनहुँको व्यास नगरपालिका वडा नं. १४ की दमौली (परिवर्तिन नाम) ले १५ वर्षको उमेरमा २०७० सालमा प्रेमविवाह गरिन् ।

सोचेअनुसार वैवाहिक जीवन चल्न नसकेपछि उनले शुक्रबार जिल्ला अदालत तनहुँमा सम्बन्ध विच्छेद मुद्दाको दर्ता गराइन् ।

पतिले मदिरा सेवन गरी कुटपिट गर्ने, मानसिक तथा शारीरिक यातना दिएका कारण उनले अंशसहित सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी हुन् । ‘सानैमा नजानेर विवाह गरियो, मैले धेरै दुःख पाएँ, अब म उसँग बस्न सक्ने अवस्था छैन’ उनले भनिन्, ‘श्रीमान्ले दिएको पीडा सहन नसकेपछि सम्बन्ध विच्छेद गर्ने प्रक्रियामा छु ।’

व्यास नगरपालिका वडा नं. १ की दमौली एक (परिवर्तिन नाम)का दुई वटा छोराछोरी छन् । १५ वर्षको उमेरमै विवाह गरेकी उनले पनि जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी छिन् । उनले भनिन्, ‘२८ वर्षकै उमेरमा श्रीमान्सँग छुट्टएिर बस्ने दिन आउला भन्ने सोचेकै थिइन ।’

बालविवाह गरेकी उनलाई अहिले पछुतो छ नै, श्रीमानबाट छुट्टएिर बस्नको लागि अदालतको सहारा लिनुपरेको छ । ‘मेरो त भविष्य डामाडोल भयो नै तर यी दुई छोराछारीको समेत भविष्य देखेर आफैलाई सराप्छु,’ उनले भनिन् ।

भिमाद नगरपालिकाकी २४ वर्षकी महिलाले २०७९ असारमो सम्बन्ध विच्छेदको लागि जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता गरिन् । २० वर्षको उमेरमा वैवाहिक जीवन सुरूआत गरेकी उनले श्रीमानले दिनहुँ जसो शारीरिक यातना दिने, कुटपिट गरेपछि माइतीमा बस्दै आएकी छन् । ‘दिनरात झगडा हुन्छ, अब म तँलाई पाल्न सक्दिन, तँ आˆनो बाटो लाग, म मेरो बाटो लाग्छु भन्नुहुन्छ’ उनले भनिन्, ‘श्रीमान्को व्यवहार र बचन खप्न नसकेपछि सम्बन्ध विच्छेदको निर्णयमा पुगें ।’

यी त प्रतिनिधि घटनामात्रै हुन् । तनहुँमा उमेर नपुग्दै विवाह गर्ने र बुझ्ने भएपछि समस्यामा परेर सम्बन्ध विच्छेद गर्ने बढेका छन् । जिल्ला अदालत तनहुँका अनुसार जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।

श्रेस्तेदार मिनबहादुर कुँवरले अनुसार आर्थिक वर्ष २०७८/०७९ मा सम्बन्ध विच्छेदको संख्या ७ सय ७ रहेको छ ।

गएको साउनमा ५७, भदौमा ६१,असोजमा ४८, कात्तिकमा ६८,मंसिरमा ७३,पुसमा ७४,माघमा ६४,फागुनमा ७९,चैतमा ६७, वैशाखमा ५०,जेठमा ५७ र असारमा ४९ मुद्दा दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७७/०७८ मा ६ सय ७८ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । जसमा ४ सय ६३ फर्छौट भएका छन् भने २ सय १५ को फैसला हुन बाँकी छ ।

गएका आर्थिक वर्षमा जिल्ला अदालतमा कुल १ हजार ५१ मुद्दा दर्ता भए जसमा ७ सय ४७ मात्रै सम्बन्ध विच्छेदका मुद्दा रहेका छन् । ‘जिल्ला अदालतमा सम्बन्ध विच्छेद गर्ने भनेर दैनिकजसो नै आउने गरेका छन्’, कुँवरले भने ।

सम्बन्ध विच्छेदका मद्दामा अधिकांश २० देखि ३० वर्ष उमेरको हुने गरेका छन् । उनले भने, ‘विवाह गर्ने उमेरमा सम्बन्ध विच्छेद गर्न आउँछन्, हामीले मिलाउन खोज्छौं । तर उनीहरु छुट्टिने भन्छन् ।’

उमेर नपुगेर नै भएको विवाहका कारण, पछि आफू बुझ्ने भएपछि समस्या देखिंदा सम्बन्ध विच्छेद गर्न आउने गरेको उनको भनाइ थियो । सम्बन्ध विच्छेदपछि आमा बुवाले त स्वतन्त्र जीवन बिताउलान् तर त्यसकोे प्रत्यक्ष असर भने बालबालिकालाई पर्ने गरेको छ ।

आमा बुवाको सम्बन्ध विच्छेदले बालबालिकामा मनोवैज्ञानिक असर पारेको अधिकारकर्मी एवम् अधिवक्ता सरिता भण्डारीले बताइन् । उनले भनिन्, ‘छोराछोरी जन्मेपछि सम्बन्ध विच्छेद गर्ने गरेका छन् । बच्चाहरु सानो हुँदा अभिभावकहरु कुनै कारणले सम्बन्ध विच्छेद गर्छन्, त्यसपछि बच्चाको जिम्मेवारी आमा वा बुवा एक्लैले राम्रोसँग पूरा गर्न सक्दैनन् ।

उनका अनुसार सम्बन्ध विच्छेदका घटना बालविवाह, विपन्नता, मोबाइल फोनको दुरुपयोग, वैदेशिक रोजगारी, अशिक्षा जस्ता कारणले हुने गरेको छ । यसैगरी कुटपिट, खान लगाउन नदिनु, बच्चा जन्माउने विषयमा कुरा नमिल्नु, सम्पत्ति प्राप्तिमा लोभ हुनुलगायतका कारणले पनि सम्बन्ध विच्छेद हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेशमा बढ्दै सम्बन्ध विच्छेद !
  • २०७९ श्रावण ७, शनिबार २०:५५
  • In "BannerNews"
  • तनहुँमा एक वर्षमै ९३७ सम्बन्ध विच्छेदका मुद्दा दर्ता
  • २०७९ श्रावण ७, शनिबार २०:५५
  • In "BannerNews"
  • कैलाली अदालतमा श्रीमती छोड्न चार सय पुरुषको निवेदन, यस्तो छ मुख्य कारण
  • २०७९ श्रावण ७, शनिबार २०:५५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

विदेशी डलरको लालचमा विचौलीया नेताले मुलुकको सभ्यता बेचेः विनय यादव

मन्त्रिपरिषद् बैठकले चुनावको मिति मंसिर ४ गते घोषणा गरे आश्चर्य नहुने आयुक्त थपलियाको भनाई

स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड खर्च, ३ अर्ब सरकारलाई फिर्ता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version