• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भोट हाल्न फर्किएकाहरु भन्छन् : असल नेतृत्व चुनिए विदेश जानुपर्दैनथ्यो


भोट हाल्न फर्किएकाहरु भन्छन् : असल नेतृत्व चुनिए विदेश जानुपर्दैनथ्यो

काठमाडौं । मोरङको बुढीगंगा नगरपालिका–४ का कमल चौधरी एक हप्ताअघि दुबईबाट घर आएका छन् ।

दुबईमा मेस्ट्रो अटोटेक कम्पनीका प्रबन्ध निर्देशक उनी ३० वैशाखको स्थानीय तह चुनावमा मतदान गर्न गाउँ आएका हुन् । ‘हुन त अहिले दुबईमा अफिसको धेरै कामहरु गर्नु थियो । तर अहिले चुनावमा भोट हाल्नकै लागि गाउँ आएको छु । ’

आफ्नो गाउँ/नगरमा इमान्दार, बफादार र विकास गर्न सक्ने सोच भएका जनप्रतिनिधि चुन्नुपर्ने कमल बताउँछन् ।

‘म विदेशमा हुँदा सुन्छु कि फलानो जनप्रतिनिधिले यति पैसा भ्रष्टाचार गर्‍यो । कामै गरेन । गिटी बालुवा निकासी गर्‍यो’, उनी भन्छन्, ‘अब यो पटकको स्थानीय तह निर्वाचनमा कम्तीमा यस्तो नहोस् भन्नकै लागि मजस्तै धेरै साथी दुबईबाट आएका छौं ।’

स्थानीय तहको निर्वाचनमा पार्टी भन्दा व्यक्ति हेर्नुपर्ने उनको विचार छ । ‘मतदान गर्दा कसैको दबावमा पर्दिनँ, योग्य उम्मेदवारलाई भोट दिन्छु । किनकी विदेशमा बस्दा माटोको माया असाध्यै लाग्छ’ उनी भन्छन् ।

इटहरी उपमहानगरपालिका–१७ का सूर्यनारायण चौधरी पनि  एक महिनाअघि दुबईबाट नेपाल आए । परिवारका सदस्यको विवाहका लागि आएका उनी स्थानीय चुनावमा मतदान गरेर मात्र फर्किने विचारमा छन् ।

पाँच वर्षपछि गाउँमा आउँदा खासै विकास भएको नदेखेका उनी विकास गर्ने उम्मेदवारलाई मत दिनुपर्ने बताउँछन् । ‘म ५ वर्ष अगाडि विदेश जाँदा जस्तो थियो अहिले पनि गाउँको अवस्था उस्तै छ । जनप्रतिनिधिले केही गरेनछन् । त्यसकारण अबको भोट विकास गर्ने र योजना बनाउने उम्मेदारलाई दिने सोचमा छु’ उनी भन्छन् ।

विदेशमा बस्दा सूर्यनारायणले अरु देशका नागरिकले दुबईमै बसेर मतदान गरेको देखेका छन् । नेपालमा पनि विद्युतीय मतदानको सुविधा भइदिए धेरै नेपाली युवाले विदेशबाटै मत दिन सक्ने बताउँछन् । उनी भन्छन्, ‘विदेशमा बस्ने नेपालीले यही गुनासो गरिरहेका हुन्छन् कि विद्युतीय मतदान भइदिए हाम्रो मत पनि सदुपयोग हुन्थ्यो ।’

उदयपुरको त्रियुगा नगरपलिका–९ रातमाटेका सुरेन्द्र चौहान चुनावमा मतदान गर्न दुबईबाट गाउँ फर्किएका छन् । यस पटकको चुनावमा प्राविधिक र गुणस्तरीय शिक्षाको योजना बनाउने नगर र वडाका उम्मेदवारलाई मत दिने उनको योजना छ ।

उनी भन्छन्, ‘छोराछोरीलाई गुणस्तरीय शिक्षा पाउने मुस्किल भइसक्यो । जुन उम्मेदवारले आफ्नो नगर/गाउँमा प्राविधिक र गुणस्तरीय शिक्षाको योजना ल्याउँछ । उसैलाई मेरो भोट जान्छ ।’

प्राविधिक र गुणस्तरीय शिक्षाको अभावमा धेरै नेपाली विदेशिनुपरेको भन्दै उनले अब आउने पुस्तालाई स्वदेशमै रोजगारी दिलाउनेलाई मत दिने बताए ।

‘अब सधैं विदेश जान सकिदैन । मलाई मेरो सन्तान विदेशमा जाओस् भन्ने चाहना छैन । आफ्नै ठाउँमा काम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । त्यसको लागि त नेतृत्व गर्ने मान्छे शिक्षाप्रेमी हुनु पर्‍यो नि । होइन र ?’ उनी भन्छन् ।

चुनावमा सही नेतृत्व चुन्न नसक्दा आज देशका अधिकांश युवाहरु विदेश जानुपरेको उनको बुझाइ छ । ‘हामीलाई जतिसुकै अक्षम, अपराधी र अयोग्य भए पनि भोट भने आफ्नै नातागोताको, छरछिमेकको, आफू आवद्ध राजनीतिक पार्टीका उम्मेदवारलाई नै भोट हाल्ने आदत परेको छ’, उनी भन्छन्, ‘बारम्बार यही गल्ती गर्दा आज देशमा गुणस्तीय शिक्षा, कृषि उपज लगायत वस्तुहरूको कहालीलाग्दो आयात बढेको छ भने युवाहरू विदेश पलायन हुनुपरेको छ ।’

त्रियुगा नगरपालिका–१० रातमाटेका नवराज आचार्य अब विदेश नजाने गरी गाउँ फर्किएका छन् । देशमै केही गर्न असल नेतृत्व जरुरी रहेको उनी बताउँछन् ।

‘गर्न चाहेमा नेपालमै हीरामोती भन्दा किमती अन्न उब्जने जमिन छ । तर असल नेतृत्व छैन । तर मुखमै स्थानीय निकायको चुनाव आएको छ, सही उम्मेदारवालाई चुन्ने मौका आएको छ’ उनले भने ।

सामाजिक मूल्य मान्यता बचाउन र राजनीतिलाई अपराधीकरणबाट जोगाउने सही मौका नै यही स्थानीय चुनाव भएको उनी बताउँछन् ।

‘यी सबै समस्याको समाधान नभई देश प्रगतिको मार्गमा कसरी अगाडि बढ्न सक्छ ? यी समस्या समाधान गर्न हाम्रो भूमिका छैन ?’ उनी भन्छन्, ‘छ, त्यो हो मतदान । र मतदान गर्ने मौका आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पुरानो वस्तीका जेष्ठ नागरिकको गुनासो : भोट त दियौं, जितेपछि फर्केर आउँदैनन्
  • २०७९ बैशाख ३०, शुक्रबार २२:५०
  • In "BannerNews"
  • चुनावको अर्थशास्त्र : सहरबाट गाउँमा पैसा पुग्छ, आयात र महँगी बढाउँछ
  • २०७९ बैशाख ३०, शुक्रबार २२:५०
  • In "आर्थिक"
  • मतदातासँग भोट माग्दै गृहमन्त्री खाण
  • २०७९ बैशाख ३०, शुक्रबार २२:५०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

रुख छापमा धमाधम मत छापेको आरोपमा पक्राउ परेका मतदान अधिकृत बर्खास्त

मधेश प्रदेश : करिब ७० प्रतिशत मतदान, ८ स्थानमा स्थगित

चितवनको खैरहनीमा कांग्रेसको अग्रता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version