• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

स्थानीय निर्वाचन २०७९ : अमूल्य मत, अमूल्य क्षण


स्थानीय निर्वाचन २०७९ : अमूल्य मत, अमूल्य क्षण

नेपालको संविधानको अनुसूची ८ ले स्थानीय तहलाई २२ प्रकारका अधिकार दिएको छ । यी काम गर्ने प्रतिबद्धता जनाउने र प्रतिबद्धता अनुरुप काम गर्ने विश्वासिलो अनि असल मानिसलाई आफ्नो अमूल्य मत दिनु मतदाताको कर्तव्य हो ।

० वैशाख २०७९ मा आम नेपालीले संघीय शासन प्रणाली लागू भएपछि दोस्रो पटक स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्दैछन् ।

यस्तो अधिकार केवल ५/५ वर्षको अन्तरालमा मात्रै प्राप्त हुन्छ । आफ्नै घर आगन वा गाउँ एवं नगरमा आइपुगेको सिंहदरबाररुपी स्थानीय सरकार सञ्चालकहरुको छनोट गर्ने क्षण नै वैशाख ३० गते हो । यसर्थ, यस्तो महत्वपूर्ण क्षणमा आफ्नो अमूल्य मतको पूर्ण सदुपयोग गर्नु आम मताधिकार प्राप्त नागरिकको कर्तव्य हो ।

हाम्रा भन्दा राम्रा जाति

नेपाल एक लोकतान्त्रिक मुलुक हो । यसर्थ, यहाँका नागरिक यस मुलुकका मालिक हुन् । मुलुकको सार्वभौमसत्ता नेपाली जनताको काँधमा छ । यही सार्वभौम अधिकारको प्रयोग गर्दै वैशाख ३० गते आफूलाई मन परेको जनप्रतिनिधिको पक्षमा मतदान गर्ने हो ।

यस पटक आम जनताले नगरपालिकाको हकमा नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको हकमा अध्यक्ष र उपाध्यक्ष र वडाअध्यक्ष एवं ४ जना वडा सदस्य गरी ७ जनालाई आफ्नो मत प्रदान गर्न सक्छन् ।

यसरी मत प्रदान गर्दा सही जनप्रतिनिधिको छनोट गर्नुपर्छ । यसका लागि उनको निर्वाचन चिह्नको हेक्का राख्नुपर्छ । साथै, कुनैपनि हालतमा आफ्नो मत बदर नहुने गरी मतदान गर्नुपर्छ ।

नेपालमा संघीय शासन प्रणाली लागू भएसंगै तीन तहको सरकार स्थापना भएको छ । जसमा ७५३ वटा संघीयताको जगस्वरुपका बलिया सरकार हुन् । यसर्थ, हाल निर्वाचित हुने जनप्रतिनिधिले संविधान र कानून अनुसार आगामी ५ वर्ष स्थानीय सरकार सञ्चालनको जिम्मेवारी पाउँछन् ।

जसको आम मतदाताले हाम्रा भन्दा पनि राम्रा जनप्रतिनिधिको छनोट गर्नुपर्छ । यसरी निर्वाचित हुने जनप्रतिनिधिले संविधान, कानून र जनताको मनोभावना बुझेको हुनुपर्छ ।

पालिकाको वागडोर सम्हाल्ने

नेपालको संविधानको प्रस्तावनामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने लक्ष्य रहेकाले यसतर्फ उन्मुख व्यक्तिलाई मतदान गर्नुपर्छ ।

यसैगरी, संविधानको धारा ४ मा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनिएको छ । यसर्थ, संघीयता, लोकतन्त्र र गणतन्त्रप्रति प्रतिबद्ध उम्मेदवार नै छनोट हुनुपर्छ ।

साथै, संविधानको धारा ५६ मा राज्यको संरचनामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुनेछ भनिएको छ र नेपालको राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले गर्नेछन् भनिएको छ ।

यस हिसाबले पालिकाको वागडोर सम्हाल्न सक्ने तुलनात्मक रुपले बत्तिसै लक्षणले युक्त उम्मेदवारको चुनाव चिह्नमा मतदाताको मत पर्नुपर्छ ।

विधिको शासनकर्ता

नेपालको संविधानको धारा ५७ मा राज्यशक्तिको वाडफाँटमा संविधानको अनुसूची ५ अनुसार संघ सरकारको, अनुसूची ६ अनुसार प्रदेश सरकारको, अनुसूची ७ अनुसार संघ र प्रदेश सरकारको, अनुसूची ८ अनुसार स्थानीय तहको र अनुसूची ९ अनुसार संघ, प्रदेश र स्थानीय सरकारको एकल र साझा अधिकार उल्लेख गरिएको छ । जस अनुसार तीनै तहका सरकारले कानून जारी गर्न सक्छन् ।

तर, प्रदेश सरकार र स्थानीय तहले निर्माण गरेको कानून संघीय कानूनसंग बाझिएमा बाझिएको हदसम्म स्वतः अमान्य हुनेछ । यसर्थ, स्थानीय सरकार सञ्चालनमा कानून जारी गरी विधिको शासन सञ्चालन गर्न सक्ने र संघीय संसद र प्रदेश सभाबाट निर्मित कानून पढी, बुझी काम गर्न सक्ने प्रतिनिधिलाई स्थानीय तहमा जिताउनुपर्छ ।

सहअस्तित्व बुझेको

यस अतिरिक्त संविधानको धारा ५९ मा आर्थिक अधिकारको प्रयोग तीनै तहका सरकारले गर्नेछन् भनिएको छ । जसअनुसार, वित्तीय अनुशासन कायम गरी उपलव्ध स्रोतको सदुपयोग गर्ने, लोभलालच र भ्रष्ट्राचार नगर्ने सदाचारी व्यक्तिको खोजी गर्नु मतदाताको कर्तव्य हो ।

हाल निर्वाचित जनप्रतिनिधिले खर्च गर्दा बेरुजु कायम नहुने गरी खर्च गर्नुपर्छ । साथै, तोकिएको पूरै पुँजीगत खर्च पनि गर्नुपर्छ । यस अतिरिक्त स्थानीयस्तरमा राजश्व पनि असुली गर्नुपर्छ । यी सबै कुरामा पत्यार गर्न सकिने उम्मेदवारलाई मतदान गर्नुपर्छ ।

नेपालको संविधानको धारा २३२ मा संघ, प्रदेश र स्थानीय तह वीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुनेछ भनिएको छ ।

यसर्थ, स्थानीय तहको अधिकारमाथि प्रदेश र संघीय सरकारले हस्तक्षेप गर्छन कि भनी निगरानी गर्ने र अन्य तहका सरकारको अधिकार क्षेत्रको सम्मान गर्ने व्यक्तिलाई निर्वाचनमा रोज्नुपर्छ ।

दलीय स्वार्थ नराख्ने

नेपालको संविधानको भाग ३ मा नागरिकका मौलिक हकको व्यवस्था छ । जसअनुसार अब निर्वाचित हुने जनप्रतिनिधिले मेरो दलको मानिस वा अर्को दलको मानिस भनी सेवा प्रवाहमा विभेद गर्न मिल्दैन । कारण, समानताको हक अन्तर्गत सबै नागरिक राज्यको सेवा प्राप्तिका लागि समान हुनेछन् ।

नागरिकको मौलिक हकमा छुवाछुत तथा भेदभाव विरुद्धको हक छ । नागरिकलाई सूचना माग्ने र पाउने हक पनि संविधानले दिएको छ । आधारभूत शिक्षा र स्वास्थ्य सेवा पाउने नागरिकको नैसर्गिक अधिकार हो ।

संविधानले महिलाको हक, बालबालिकाको हक, दलितको हक, ज्येष्ठ नागरिकको हक, उपभोक्ताको हक लगायतको व्यबस्था गरेको छ । यी सबैको मन, वचन र कर्मले कार्यान्वयन गराउन सक्ने उम्मेदवार आम मतदाताको छनोटमा पर्नुपर्छ ।

भ्रष्ट्राचार विरोधी सदाचारी

आम जनताले स्थानीय सरकारबाट सुशासनको अपेक्षा गरेका छन् । यो अपेक्षा पूरा गर्न सही व्यक्तिको छनोट गर्नुपर्छ । जसका लागि मतदातालाई प्राप्त मतदानको अवसरलाई छोप्नुपर्छ ।

पालिकाभित्र सुशासन कायम गर्न बर्षमा कम्तीमा तीन पटक सार्वजनिक सुनुवाइ गर्नुपर्छ । यसैगरी, वर्षेनी सामाजिक परीक्षण र सार्वजनिक परीक्षण गराउनुपर्छ ।

साथै, स्थानीय खर्चको सोधखोज गर्ने अर्थात् सार्वजनिक खर्च प्रष्ट्याईं सार्वजनिक गर्नुपर्छ । पालिकाले प्रवाह गर्ने सबै सेवाहरु समेटिएको नागरिक बडापत्र जारी गर्नुपर्छ ।

पालिकाले सामुदायिक सूचना पाटीको व्यवस्था गर्नुपर्छ । हरेक निर्माणस्थलमा होर्डिङ वोर्ड टाँस्नु पर्छ । सबै पालिकाले लैङ्गिक उत्तरदायी बजेटको पहल गर्नुपर्छ । दिगो विकासका १७ वटा लक्ष्य प्राप्तिका लागि पहल गर्नुपर्छ ।

हरेक पालिकाले बालमैत्री सुशासन सञ्चालन गर्नुका साथै गैरसरकारी संस्थाहरुको नियमन गर्नुपर्छ । यस अतिरिक्त, बार्षिक, आवधिक र प्राविधिक प्रतिवेदन तयार गरी सार्वजनिक गर्नुपर्छ । पालिकाले नियमित अनुगमन गर्नुका साथै लाभग्राही तथा सरोकारवालाहरुसँग निरन्तर परामर्श गर्नुपर्छ ।

साथै, सेवाग्राही सर्भेक्षण गर्ने र स्वेतपत्र वा स्थितिपत्र जारी गर्ने जिम्मेवारी पनि पालिकाकै काँधमा छ । यी सबै काममा अब्वल ठहर्ने उम्मेदवारको पहिचान गर्ने जिम्मेवारी हालका लागि मतदाताको कांधमा आएको छ ।

पालिकाको अधिकारको रक्षक

नेपालको संविधानको अनुसूची ८ ले स्थानीय तहलाई २२ प्रकारका अधिकार दिएको छ । जसअनुसार स्थानीय प्रहरी नियुक्ति गर्ने, सहकारीलाई नियमन गर्ने र एफएम सञ्चालन गर्ने अधिकार पालिकालाई छ ।

यसैगरी, स्थानीय राजश्व असुली गर्ने, आफ्नो कर्मचारी व्यबस्थापन गर्ने, स्थानीय तथ्यांक दुरुस्त गर्ने, विकास आयोजनाहरु सञ्चालन गर्ने जिम्मेवारी पनि पालिकमै सुरक्षित छ ।

साथै, आधारभूत शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने, बजार व्यवस्थापन, सडक निर्माण, कृषि उब्जनी वृद्धि, ज्येष्ठ नागरिक लगायतको व्यवस्थापन र बेरोजगारको तथ्यांक राख्ने अधिकार पनि पालिकासंग छ ।

यस अतिरिक्त, खानेपानीको प्रबन्ध, विपद व्यवस्थापन, खानीहरुको संरक्षण र भाषा, संस्कृतिको जगेर्ना गर्ने अधिकार क्षेत्रपनि पालिकामै रहेकाले यी कामको सन्तुलन र संचालन गर्न सक्ने योग्य उम्मेदवारको छनौट गर्नुपर्छ ।

बहुमुखी प्रतिभाको धनी

हरेक स्थानीय तहले आफ्नो पालिकाभित्र सडक, सडकपेटी, नाला निर्माण गर्नुपर्छ । विद्युत सेवालाई भरपर्दो तुल्याउनु पर्छ । खानेपानी र सरसफाईको व्यबस्था गर्नुका साथै संचार सुविधा विस्तार गर्नुपर्छ ।

पालिकाभित्र फोहोरमैलाको व्यवस्थापन गर्नुका साथै ‘ल्याण्डफिल्ड साइट’ निर्माण गर्नुपर्छ । प्रत्येक वडामा खुल्ला क्षेत्र, प्रत्येक वडामा पार्क उद्यान र कम्तीमा पच्चीस शय्याको अस्पताल निर्माण गर्नुपर्छ ।

पालिकाले बसस्टपहरुमा यात्रु विश्रामस्थल र शौचालयको व्यवस्था गर्नुपर्छ । आफ्नो पलिकाभित्र बैक तथा बित्तिय संस्थाको सेवा सञ्चालनमा ल्याउनुपर्छ । सामुदायिक भवन, सभाहल, बजार क्षेत्र, पशुबधशला, शब दाहस्थल र खेल मैदान बनाउनुपर्छ । साथै, बृद्धाश्रम, म्यूजियम, चिडियाखाना, संग्रहालय र ‘रिक्रियसन सेन्टर’ स्थापना गर्नुपर्छ ।

यस अतिरिक्त कोसेली घर, नेपाल चिनाउने रेप्लिका, गेष्ट हाउस, औद्योगिक क्षेत्र, हस्तकला ग्राम, सामुदायिक स्वास्थ्य बीमा, महिला विकास, सहकारी खेती र पशुपालनका कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

मलखाद, वीउवीजनसहितको कृषि र पशु प्राविधिक सेवा, सुपथ मूल्य सहकारी पसल, वन वाटिका, पुस्तकालय र वाचनालय लगायतको व्यवस्थापन गर्ने पनि पालिकाले नै हो ।

यसर्थ, यी सबै काम गर्ने प्रतिबद्धता जनाउने र प्रतिबद्धता अनुरुप काम गर्ने तुलनात्मकरुपमा विश्वासिलो एवं असल मानिसलाई आफ्नो अमूल्य मत दिनु आम मतदाताको कर्तव्य हो । यसका लागि ३० वैशाख २०७९ मा अमूल्य क्षणको उपयोग गर्न सबैलाई आह्वान गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह
  • २०७९ बैशाख २९, बिहीबार २१:०७
  • In "BannerNews"
  • स्थगित भएका मतदान केन्द्रको सङ्ख्या ७९ पुग्यो
  • २०७९ बैशाख २९, बिहीबार २१:०७
  • In "BannerNews"
  • वैशाख ३० गते चुनाव नगर्न माग गर्दै भंगहाका मेयरले दिएको रिट सर्वोच्चद्वारा दरपिठ
  • २०७९ बैशाख २९, बिहीबार २१:०७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

Next Post

आधा स्थानीय तहका मतगणनास्थलमा मात्रै सीसीटीभी

महोत्तरीमा जग्गा विवादमा झडप, पाँच जना घाइते

जनकपुरधामबाट मुस्लिम आयोगका अध्यक्ष अन्सारी पैसा वितरण गरेको आरोपमा पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version