• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेश प्रदेशकै पहिलो क्षयरोग मुक्त नगर हरिवन : प्रमुख प्रसाईको दाबी


मधेश प्रदेशकै पहिलो क्षयरोग मुक्त नगर हरिवन : प्रमुख प्रसाईको दाबी

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका मधेश प्रदेश कै पहिलो क्षयरोग मुक्त नगर घोषणा हुने हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईंले दाबी गर्नुभएको छ । मंगलबार हरिवन नगर स्वास्थ्य तथा सामाजिक विकाश शाखाले आयोजना गरेको चौमासिक समिक्षा बैठक लाई सम्बोधन गर्नु हुँदै हरिवन नगर लाई मधेश प्रदेशकै पहिलो क्षयरोग मुक्त नगर बनाउने अठोटका साथ सबै स्वास्थ्यकर्मी लाई निर्देशन दिनु हुँदै यस्तो बताउनु भएको हो ।

मधेश प्रदेशमा कोभिड १९को विषम परिस्थितीमा पनि स्वास्थ्यकर्मीले आफ्नो ज्यान को प्रवाह नगरी कोभिड १९बाट नागरिकको स्वास्थ्यमा काम गरि प्रदेश दुईमै हरिवनको नाम राख्न सफल भएको प्रती नगरका स्वास्थ्यकर्मी लाई नगर प्रमुख प्रसाईले धन्यबाद समेत दिनुभएको छ । अब क्षयरोग मुक्त नगर घोषणा गर्ने काममा पनि एकताबद्ध र दृढ संकल्पका साथ योजनाबनाई लाग्न र त्यस्को लागि नगरले जस्तो सुकै कदम चाल्न र जनशक्ती परिचालन गर्न नगरपालिका बाट कुनै कमि नहुने नगर प्रमुख प्रसाइले बताउनु भयो ।
नेपाल सरकारले सन २०३०सम्म देश लाई पुर्ण क्षयरोग मुक्त देश घोषणा गर्ने लक्ष्यका साथ पहिलो चरणमा देश का ७सय ५३स्थानिय निकाय मध्ये २२वटा स्थानिय निकाय लाई छनौट गरि स्थानिय तह स्तरिय क्षयरोग मुक्त नेपाल कार्यक्रम संचालन ल्याए अनुरुप मधेश प्रदेशका तीन स्थानिय निकाय मध्ये हरिवन पनि छनौटमा परेको हो ।

बागमती सेवा समाजका क्षयारोग नियन्त्रण कार्यक्रमका जिल्ला संयोजक अजमद अलि मिकरानीले सहजिकरण गर्नु भएको कार्यक्रममा माईक्रोब्याक्टेरिया क्युसिस नामक किटाणु बाट सर्ने क्षयरोग कोभिड १९ भन्दा खतरनाक रहेको र यो रोग एक ब्यक्तीले १० देखि  २५ जना सम्म लाई सार्न सक्ने भएको हुदा यो रोग बाट जोगिन हाच्छियु गर्दा ३ मिटर र खोक्दा १.५निटर को फरक हुन जरुरी रहेको बताउदै शरीर को केश र नङ्ग बाहेक ८०प्रतिशत शरीर को जुन सुकै भाग मा लाग्न सक्ने कार्यक्रममा जानकारी गराएको थियो ।

यो रोग फोक्सोमा विशेष लाग्ने भए पनि अन्य भाग मा पनि यसले रोग लाग्न आक्रमण गर्ने र गर्भबती महिला ,बालबालिकामा पनि यस रोग को असर देखिने हुदा उनीहरुको स्वास्थ्य परिक्षण गर्न र उपचारको दायरामा ल्याउन सक्नु पर्ने मा जोड दिईएको थियो ।
अझै पनि प्रती बर्ष देशमा ६९हजार ब्यक्ती यस रोग को सिकार हुने गरेको रोग लाई हेल्चेक्राई गर्ने र रोग लाई लुकाउने कारण ले गर्दा अझै ६०प्रतिशत रोगी फेला पार्न र उपचार मा ल्याउन समस्या भएको हुदा समाजमा चेतना जगाउन सक्नु पर्ने जोड दिइएको थियो ।

गत माघ महिना सम्म हरिवन मा ६४ जनामा यो रोग देखिएको छ तर जनसंख्याको आधाएमायो संख्या अझै ५० प्रतिशतले कमि हो । रोग बाट प्रभाबित हरुको निशुल्क उपचार भै रहेको र रोगी पहिचान गर्न उपचारमा सहयोग पुर्याउन नगरपालिका ले नगर स्वास्थ्य समिती र वडा मा वडा स्तरिय कमिटी गठन गरि कर्मचारी परिचालन गरि रोग लाई न्तुनिकरण र क्षयरोग पुर्ण मुक्त नगर घोषणा कार्य लाई अघि बढाएको नगर पालिका स्वास्थ्यशाखाले जनाएको छ ।

नगर स्वास्थ्य संयोजक शशिकान्त सिंहले स्वागत तथा कार्यक्रमको उदेश्यको बारेमा जानकारी गराउनु भएको कार्यक्रममा नगरपालिका उप प्रमुख रेनुका पौडेल प्रमुख प्रसासकिय अधिकृत सुरेन्द्र प्रधान ,शिक्षा उप सचिब नवराज निरौला ,सासापुर स्वास्थ्यचौकी का मेडिकल सुपरिटेन्डेन्ट डाक्रर बिजय साह, सरस्वती हस्पिटल हरिवन का डाक्टर राजिब साह, वन हर्ट वर्ल्ड वाईड का सर्लाही संयोजक अमरेन्द्र राय ,विभिन्न वडा का वडा अध्यक्ष हरु नगरपालिका भित्र का स्वास्थ्य चौकी का प्रमुख स्टाप नर्स लक्ष्मी आचार्य विभिन्न संघ संस्थाका प्रतिनिधि संचारकर्मी लगायत को सहभागिता रहेको नगर स्वास्थ्य सहसंयोजक रामबाबु चौधरी ले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सर्लाहीको हरिवनमा १२१ जना नयाँ क्षयरोगी फेला
  • २०७८ फाल्गुन ११, बुधबार १९:३९
  • In "BannerNews"
  • मधेस प्रदेशमा प्रथम सुरुङ्गा नगरपालिकाबालबिवाह मुक्त घोषणा
  • २०७८ फाल्गुन ११, बुधबार १९:३९
  • In "मुख्य समाचार"
  • हटिया बजार नियन्त्रण गर्न ठूलो चुनौतीः गोलबजार नगर प्रमुख साह
  • २०७८ फाल्गुन ११, बुधबार १९:३९
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय

भिस्वा नाकाबाट प्रहरीको मिलोमतोमा व्यापक तस्करी

धनुषा र महोत्तरीको सार्वजनिक जग्गाको तथ्यांक उपलब्ध गराउन मधेश सरकारको निर्देशन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version