No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मन्त्रिपरिषद् पुनगर्ठन कहिले होला ?

मन्त्रिपरिषद् पुनगर्ठन कहिले होला ?

काठमाडौँ : पार्टीको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले सरकारको काम प्रभावकारी बनाउन पार्टी र सरकारबीच समन्वयसँगै मन्त्रिपरिषद् पुनगर्ठनको प्रस्ताव अगाडि सारेपछि नेकपाभित्र यसमाथि चासो बढेको छ । मन्त्रिपरिषद् पुनगर्ठन कहिले हुन्छ भन्ने समयसीमा निश्चत भैसकेको छैन । तर, स्थायी कमिटी बैठक सकेर मन्त्रिपरिषद् पुनगर्ठन गर्ने विषयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालवीच छलफल र गृहकार्य भएको छ । यसैअनुसार १३ देखि अनिश्चत बनेको नेकपा स्थायी कमिटी बैठक भदौ २६ का लागि बोलाइएको छ ।

सोमबार बिहान महासचिव विष्णु पौडेलसहित अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफलले बैठक बोलाउने सहमति भएको थियो । गत १० असारदेखि सुरु भएको स्थायी कमिटी बैठक आन्तरिक विवादकै कारण पटक–पटक स्थगित हुँदै अनिश्चित बनेको थियो ।

विवाद समाधान गर्न गठित कार्यदलले ६ भदौमा नै प्रतिवेदन बुझाएको छ । यसैको जगमा दुई अध्यक्षले स्थायी कमिटीका प्रस्ताव तयार गरेर बैठकबाट अनुमोदन गराउने तयारी गरेका छन् । कार्यदलमा बसेर काम गरेका स्थायी कमिटीका एक सदस्यले स्थायी कमिटी बैठकपछि मन्त्रिपरिषद् पनगर्ठनका लागि औपचारिक बाटो खुला हुने बताए । उनले भने, ‘पार्टी स्थायी कमिटीले नै मन्त्रिपरिषद् पनगर्ठन गर्ने प्रस्तावमा निर्णय लिएपछि दुई अध्यक्षलाई अगाडि बढ्न बाटो खुल्छ । यसका लागि उहाँहरूबीच गृहकार्य भएको छ । भदौ मसान्त आसपास मन्त्रिपरिषद् पनगर्ठन गर्ने उहाँहरुको तयारी हो ।’

स्थायी कमिटी बैठक सकेर मन्त्रिपरिषद् पुनगर्ठन गर्दा असन्तुष्टिको स्वर साघुरो हुने ती सदस्यको भनाई छ । भन्छन्, ‘स्थायी कमिटी बैठकपछि मन्त्रिपरिषद् पुनगर्ठन गर्दा पनि सबैको चित्त त बुझ्दैन । तर, बैठकबाट पास भएपछि संस्थागत असन्तुष्टि आउँदैन । यसमा दुवै अध्यक्ष जानकार हुनुहुन्छ ।’

अहिले अर्थ, सञ्चार र सहरी विकास मन्त्रालयमा मन्त्री छैनन् । ती मन्त्रालयसहित अन्य मन्त्रालयमा पनि नयाँ मन्त्री पठाउने ओली र दाहालको योजना छ । चाहना भए पनि पार्टीको शक्तिसन्तुलनका कारण प्रधानमन्त्री ओलीले अर्थमन्त्रीमा युवराज खतिवडालाई निरन्तरता दिन सकेनन् । त्यसपछि उनले भदौ १९ को मन्त्रिपरिषद् बैठकमा केही समय पुनगर्ठन नहुने बताएका थिए । तर, स्थायी कमिटी बैठकपछि मन्त्रिपरिषद् पुनगर्ठनको तयारी रहेको स्रोतको भनाई छ ।

मापदण्ड बनेको छैन, तर लविङ जारी

कार्यदल प्रतिवेदनमा केन्द्र र प्रदेश सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाव दिएको छ । कार्यदल प्रतिवेदनमा ‘सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने र स्थापित मान्यतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने’ छ ।

यसबाहेक प्रतिवेदनमा ‘सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुन, प्रबन्ध र निश्चित मापदण्डको आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गर्ने’ प्रस्ताव छ । कार्यदल प्रतिवेदनमा ‘मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्यि दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने’ उल्लेख छ ।

कार्यदलका अर्का एक सदस्य भन्छन्, ‘स्थायी कमिटी बैठकपछि दुई अध्यक्षको सल्लाहमा बन्ने ठोस मापदण्डका आधारमा मन्त्रिपरिषद् पुनगर्ठनको सम्भावना छ ।’ यसैबीच मन्त्रीका आंकाक्षीको लविङ पनि जारी छ ।

अहिले मन्त्रिपरिषदमा रहेका नेताहरु आफ्नो निरन्तरता र अन्य नेताहरु पुनगर्ठित मन्त्रिपरिषद्‍मा प्रवेशलाई लिएर दौडधूपमा लागेका छन् ।

यसैअनुसार उनीहरुले ओली र दाहालसँग भेटघाट बढाएका छन् । ओली र दाहाल दुवैले पनि आ–आफ्नो अनकूलतामा केही नेतालाई बोलाएर हुनसक्ने मन्त्रिपरिषद हेरफेर र जिम्मेवारीलाई लिएरसमेत छलफल गरेका छन् । kantipur

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

फेसबुकमा अलविदा लेखेर बेपत्ता डाक्टर भेटिए

फेसबुकमा अलविदा लेखेर बेपत्ता डाक्टर भेटिए

Next Post
लाेभलाग्दाे गोलभेँडा खेती, माग धान्नै मुस्किल

लाेभलाग्दाे गोलभेँडा खेती, माग धान्नै मुस्किल

सप्तरीमा भारतीय नागरिकको कुटाइबाट घाइते यादवको मृत्यु, एकजना पक्राउ

सप्तरीमा भारतीय नागरिकको कुटाइबाट घाइते यादवको मृत्यु, एकजना पक्राउ

नेपाली सेनाले भक्तपुरमा एकदिनमा नै १५० वेडको आइशोलेशन तयार गरेको छ ।

नेपाली सेनाले भक्तपुरमा एकदिनमा नै १५० वेडको आइशोलेशन तयार गरेको छ ।

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र धरौटीमा रिहा, न्याय प्रणालीप्रति दृढ विश्वास व्यक्त

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र धरौटीमा रिहा, न्याय प्रणालीप्रति दृढ विश्वास व्यक्त

इजरायलद्वारा इरानी सरकारी टेलिभिजन कार्यालयमा आक्रमण

इजरायलद्वारा इरानी सरकारी टेलिभिजन कार्यालयमा आक्रमण

इजरायली आक्रमणमा इरानी सेनाका गुप्तचर प्रमुखको मृत्यु

इजरायली आक्रमणमा इरानी सेनाका गुप्तचर प्रमुखको मृत्यु

बेलायती नौसेनाको लडाकु विमान भारतको केरलामा आपतकालीन अवतरण

बेलायती नौसेनाको लडाकु विमान भारतको केरलामा आपतकालीन अवतरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .