काठमाडौं । पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा आज बिहान भारतीय योग गुरु बाबा रामदेवले योग प्रशिक्षण दिएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको सक्रियता तथा मन्त्रालयको आयोजनामा एकदिने योग शिविरमा बाबा रामदेवले योग प्रशिक्षण दिएका हुन् ।
भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णको उपस्थितिमा योग शिविर आयोजना गरिएको मन्त्रालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
