• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अमेरिकी हातहतियारसहित तालिबानको सैन्य परेड, राष्ट्रपतिसँगको भेटमा ताइवानको प्रश्न नउठाउन चिनियाँ मिडियाको चेतावनी


अमेरिकी हातहतियारसहित तालिबानको सैन्य परेड, राष्ट्रपतिसँगको भेटमा ताइवानको प्रश्न नउठाउन चिनियाँ मिडियाको चेतावनी

अमेरिकामा निर्मित हातहतियारसहित तालिबानले सैन्य अभ्यास गरेको समाचार सोमबार चर्चामा छ। चीनका राष्ट्रपति सी चीनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच हुने वार्तामा ताइवानबारे प्रश्न नउठाउन चिनियाँ सञ्चारमाध्यमले दबाब दिएको समाचार पनि आज चर्चामा रह्यो । भारतको दिल्लीमा वायु प्रदूषण जटिल बनेपछि आंशिक लकडाउन गर्न अदालतले आदेश दिएको छ। युरोपेली संघले बेलारुसमाथि अझ प्रतिबन्ध लगाउने, म्यानमारमा अमेरिकी पत्रकार रिहालगायतका समाचार आज विश्वभर प्रमुखताका साथ प्रकाशित भए। प्रस्तुत छ, सोमबार चर्चामा रहेका विश्वका केही प्रमुख खबरहरू :


अमेरिकी हातहतियारसहित तालिबानको सैन्य परेड
काबुल : तालिबान लडाकुले राजधानी काबुलमा सैन्य परेड गरेका छन्। अमेरिकामा बनेका हातहतियारसहित उनीहरुले सैन्य परेड गरेका हुन्।

तालिबान लडाकुले आफ्नो सैन्य परेडमा रुसी हेलिकप्टरसमेत प्रदर्शन गरेको बताइएको छ।

करिब २० वर्ष लामो समयसम्म अफगानिस्तानमा तैनाथ अमेरिकी सेना अगष्टमा फिर्ता भएको थियो। अगष्ट महिनामा अमेरिकी सेनासँगै त्यहाँ खटिएका पश्चिमा मुलुकका सेनाको स्वदेश फिर्तीसँगै सेनाले ठुलो संख्यामा हातहतियार अफगानिस्तानमा छोडेका थिए।

यद्यपि, तालिबानले आफ्ना २५० नयाँ लडाकुलाई प्रशिक्षण दिन सैन्य परेड गरेको बताएको छ। सो परेडमा अमेरिकाद्वारा निर्मित विभिन्न हातहतियार प्रयोग गरिएको अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता इनयातुल्लाह खवराज्मीले बताएका छन्।

भारतमा वायु प्रदूषण बढ्दा आंशिक लकडाउन
नयाँ दिल्ली : भारतमा वायु प्रदूषणले सिमा नाघ्दा आंशिक लकडाउन हुने भएको छ। वायु प्रदूषण सम्बन्धमा त्यहाँको सर्वोच्च अदालतमा सुनुवाई जारी रहँदा प्रभावित सहरहरुमा आंशिक लकडाउन हुने भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार सर्वोच्च अदालतले आंशिक लडकाउनको घोषणा गरेको छ। जसअनुसार सरकार तथा निजी कार्यालयमा कार्यरत कर्मचारीलाई तत्कालका लागि घरबाटै काम गर्न, विद्यालय र कलेजहरु बन्द गर्न सोमबार निर्देशन दिएको छ।

नयाँ दिल्लीको केजरिवाल सरकारले आफूहरु पूर्ण रुपमा लकडाउन गर्न तयार रहेको र केन्द्रीय राजधानी नयाँ दिल्ली र प्रभावित अन्य सहरहरुले समेत सो कदम उठाउनुपर्ने भन्दै सर्वोच्च अदालत समक्ष प्रस्ताव पेश गरेको भारतीय सञ्चारमाध्यममा खबर छ।

भारतको नयाँ दिल्ली, लखनउ, नोयडा, पञ्जाव, हरियाणा आदि क्षेत्रमा वायु प्रदूषणले सिमा नाघेको छ। नयाँ दिल्लीमा आंशिक लकडाउन प्रभावकारी रहेको समेत बताइएको छ।

बढ्दो वायु प्रदूषण कम गर्न सर्वोच्च अदालतले विभिन्न राज्यमा जारी चुनावी अभियानमा पराल र अन्य ज्वलनशील वस्तु प्रयोग नगर्न निर्देशन दिएको छ भने सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आदेश दिएको छ।

राष्ट्रपतिसँगको भेटमा ताइवानको प्रश्न नउठाउन चिनियाँ मिडियाको चेतावनी 
बेइजिङ : चिनियाँ सञ्चार माध्यमले आफ्ना राष्ट्रपतिसँगको भेटमा अमेरिकाले ताइवानबारे प्रश्न नउठाउन चेतावनी दिएका छन्। चीनका सरकारी सञ्चारमाध्यमले सोमबार विभिन्न सामग्री प्रकाशित गर्दै दुई देशका राष्ट्रपतिबिच हुने भर्चुअल वार्तामा ताइवानबारे प्रश्न नगर्न चेतावनी दिएका हुन्।

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि चीनफिङबिच चिनियाँ समयअनुसार मंगलबार बिहान र अमेरिकी समयअनुसार सोमबार राती भर्चुअल माध्यबाट भेटवार्ता हँुदै छ। बाइडेन अमेरिकी राष्ट्रपतिको रुपमा नियुक्त भएपछि दुवै नेताबिच दुई पटक फोनवार्ता भएको थियो। यद्यपि, भर्चुअल माध्यमबाट दुवै राष्ट्रपतिबिच प्रत्यक्ष रुपमा हुन लागेको यो पहिलो वार्ता हो।

सो वार्तालाई लक्षित गरी चिनियाँ मिडिया चाइना डेली, ग्लोबल टाइम्स लगायतले सम्पादकीय र विचार पृष्ठमा सामग्री प्रकाशित गर्दै ताइवानको मुद्दामा अमेरिकाले पछि हट्नुपर्ने भन्दै अमेरिकालाई चेतावनी दिएका छन्।

‘भविष्यमा चीन र ताइवान जसरी पनि एक हुने छन्। त्यसैले ताइवान मुद्दामा अमेरिकाले प्रश्न नउठाएकै वेश’, चाइना डेलीमा भनिएको छ। यस्तै सोही प्रसंगमा ग्लोबल टाइम्सले सम्पादकीयमार्फत भनेको छ, ‘दुई देशका शीर्ष नेताबिचको भेटमा बाइडेनले हाम्रा राष्ट्रपतिसँग ताइवानको प्रश्न उठाएर कुटनैतिक सम्बन्धलाई जोखिम उन्मुख नबनाओस्।’

युरोपेली संघले बेलारुसमाथिको प्रतिबन्धमा थप कडाई गर्दै  
ब्रसेल्स : युरोपेली संघ (ईयु) ले बेलारुसमाथिको प्रतिबन्धमा थप कडाई गर्ने भएको छ। सो क्षेत्रमा आप्रवासी संकट बढ्दै जाँदा संघले बेलारुसमाथिको प्रतिबन्धमा थप कडाई गर्न लागेको हो।

ईयुले बेलारुसमाथिको प्रतिबन्धमा थप कडाई गर्नेबारे सोमबार (स्थानीय समय) निर्णय गर्ने अन्र्तराष्ट्रिय सञ्चारमाध्यममा खबर छ। ईयुका २७ सदस्यको बैठक बस्ने र सो बैठकले प्रतिबन्ध अनुमोदन गर्ने बताइएको छ। जसअनुसार एयरलाईन्स, यात्रु र आप्रवासी ओसारपसार गर्ने यातायातमाथि नयाँ प्रतिबन्ध लगाउने लक्ष्य रहेको बताइएको छ।

केही दिनअघि बेलारुसबाट गइरहेका आप्रवासीमाथि पोल्याण्डले सीमा प्रवेशमा रोक लगाएको थियो। पोल्याण्डको रोकपछि सो क्षेत्रमा आप्रवासी सम्बन्धमा समस्या चुलिएको छ। हाल बेलारुस र पोल्याण्ड सीमामा हजारौँ आप्रवासी अलपत्र परिरहेको बताइएको छ।

म्यानमारमा ११ वर्षको लागि जेल परेका अमेरिकी पत्रकार तीन दिनमै रिहा
बर्मा : म्यानमारमा करिब ११ वर्षको लागि जेल परेका अमेरिकी पत्रकार तीन दिनमै रिहा भएका छन्। आप्रवासी र आतंकवादी कानुन उल्लंघनको आरोपमा म्यानमार अदालतले दोषी साबित गरेका अमेरिकी पत्रकार ड्यानी फेन्स्टर सोमबार कारागारबाट रिहा भएका हुन्।

म्यानमार कारागारबाट रिहा भएका उनी आजै अमेरिका फर्किने कार्यक्रम रहेको संयुक्त राष्ट्रसंघका पूर्व अमेरिकी दूत बिल रिचार्डसनले बताएका छन्।

फ्रन्टियर म्यानमारका व्यवस्थापकीय सम्पादक फेन्स्टर आप्रवासी कानुन उल्लंघन गरेको र आतंकवादी गतिविधिलाई प्रोत्साहन गरेको आरोपमा म्यानमारको सैनिक अदालतले उनलाई तीन दिनअघि पक्राउ गरेको थियो। पक्राउ लगत्तै कारागार चलान गरिएका उनलाई रिहाईको प्रक्रिया अघि बढेको स्रोतले बताएको छ।

अमेरिकाले सिरियामा हवाई हमलामार्फत मारिएकाहरुको सूचना लुकाएको खुलासा 
दमास्कस : अमेरिकी सेनाले सिरियामा गरेको हवाई हमलामा परी मारिएका दर्जनौ नागरिकको सूचना लुकाएको खुलासा भएको छ। सन् २०१९ मा आतंकवादी समूहविरुद्ध गरेको हवाई हमलामा मारिएका सर्वसाधारणको सूचना अमेरिकी सेनाले लुकाएको एक रिपोर्टले खुलासा गरेको हो।

इस्लामिक स्टेटविरुद्धको सो हवाई हमलामा ८० सैनिक र आतंकवादी लडाकुहरु मारिएको दाबी अमेरिकी सेनाले गरेको थियो। मारिनेमा १६ अमेरिकी सेना, ४ सिरियाली नागरिक बाँकी आतंकवादी समूह भएको सेनाले बताएको थियो।

तर अमेरिकी सेनाले जारी गरेको सो सूचना तथ्यमा आधारित नभई सिरियाली नागरिक मारिएको सूचना सेनाले लुकाएको न्यूयोर्क टाइम्समा प्रकाशित एक रिपोर्टले देखाएको छ।

रिपोर्टका अनुसार अमेरिकी सेनाले सन् २०१९ मार्च १८ मा पूर्वी सिरियामा हवाई आक्रमण गरेको थियो। सो क्षेत्रमा सेनाले अमेरिकी जेटमार्फत तीन वटा बम खसालेको थियो। सो बम खसालेको क्षेत्रमा सयौँ मानिस उपस्थित रहेको भिडियो फुटेजले देखाएको छ। जुन तथ्यांक अमेरिकी सेनाले लुकाएको छ।

बुर्किना फासोमा हमला, कम्तिमा २० को मृत्यु 
पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोमा सेनालाई लक्षित गरी हमला भएको छ। उत्तरी सीमा क्षेत्रमा शनिबार सो हमला भएको हो।

सो हमलामा कम्तिमा २० जनाको मृत्यु भएको अधिकारीहरुले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग बताएका छन्। मृत्यु हुनेमा १९ सैन्य अधिकारी र एक नागरिक रहेको बताइएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बन्दुकधारी समूहले इनाटास्थित सुनखानीमा खटिएका सैनिकलाई लक्षित गरी हमला गरेका थिए। हमलाकारीहरु अलकायदा र इस्लामिक स्टेट समूहका लडाकुहरु हुन सक्ने आशंका गरिएको छ।

पाकिस्तानमा आगलागीबाट ३५ पसल जलेर नष्ट
कराची : पाकिस्तानको कराचीस्थित सद्दार कोपरेटिभ मार्केटमा आगलागीबाट ३५ पसल जलेर नष्ट भएका छन्। आइतबार राती भएको आगलागीमा ३५ भन्दा बढी कपडाका पसल जलेर नष्ट भएका हुन्।

सद्दार कोपरेटिभ मार्केट सो क्षेत्रको चर्चित बजार हो। कपडा र अन्य वस्तुको लागि लोकप्रिय मानिने सो क्षेत्रमा आगलागीपछि ठुलो मात्रामा भौतिक क्षति भएको बताइएको छ।

स्थानीय मिडिया डन न्यूजका अनुसार आगलागी भएको १० मिनेटमै ३५ वटा पसल जलेर नष्ट भएका थिए। कराची महानगरीय प्रहरीले सो आगो नियन्त्रणमा लिएको बताइएको छ।

तालिबानद्वारा आइएसविरुद्ध अपरेसन सुरु 
तालिबानले आतंकवादी समूह ईस्लामिक स्टेट (आईएस) लडाकुविरुद्ध सर्च अपरेसन थालेको छ। अफगानिस्तानको दक्षिणी क्षेत्र कान्दहर प्रान्तमा सोमबारदेखि तालिबानले आफ्नो सर्च अपरेसन सुरु गरेको हो।

तालिबान अधिकारीहरुले सोमबार स्थानीय सञ्चारमाध्यमसँग बताएअनुसार इस्लामिक स्टेट खोरासानविरुद्ध अपरेसन थालेको हो। सो अपरेसनअनुसार तालिबान लडाकुले कान्दहरका चारवटा जिल्लामा रात्रीकालिन अपरेसन थालेको प्रान्तीय प्रहरी प्रमुख अब्दुल घफार मोहम्मदले समाचार एजेन्सी एएफपीसँग बताएका छन्। अन्नपुर्णबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ताकिवानको आतंकको बार्सिक उत्सव ; तालिबानले ‘स्वतन्त्रता दिवस’को रुपमा वर्षगाँठ
  • २०७८ कार्तिक ३०, मंगलवार २०:३०
  • In "अन्तराष्ट्रिय"
  • अमेरिकाले लगायो म्यानमारमाथि प्रतिबन्ध
  • २०७८ कार्तिक ३०, मंगलवार २०:३०
  • In "अन्तराष्ट्रिय"
  • चीनको पहुँच नियन्त्रण गर्न थप अमेरिकी प्रतिबन्धको घोषणा
  • २०७८ कार्तिक ३०, मंगलवार २०:३०
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

प्रहरी कार्यालयकै आगाडि नांगो नाच र मौतको कुवाको प्रदर्शन

महेन्द्रको स्वार्थमा रामनरेशको ‘पोलिटिकल डिमोसन’

प्रचण्डको स्वागतमा दिएको बिदा रामगोपालपुर नगरपालिकाले सच्यायो, दुईदिन शैक्षिक संस्था बिदा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version