• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हिन्दु अभियानमा अघि बढ्यो नेपाली कांग्रेस, नेताहरु दिनदिनै पशुपतिनाथ दर्शनमा


हिन्दु अभियानमा अघि बढ्यो नेपाली कांग्रेस, नेताहरु दिनदिनै पशुपतिनाथ दर्शनमा

काठमाडौं । तीनै तहको निर्वाचन फागुनमा हुने चर्चा भइरहेका बेला नेपाली कांग्रेस हिन्दुत्वको अभियानमा अघि बढेको छ ।

महामन्त्री शशांक कोइरालाले धर्म निरपेक्षतामाथि प्रश्न उठाउँदै धार्मिक स्वतन्त्र वा हिन्दु राष्ट्र हुनुपर्ने धारणा अघि सारेका बेला कांग्रेसका अन्य नेताहरु पनि त्यसतर्फ आकर्षित भएका छन् ।

यसैक्रममा कांग्रेसका शीर्ष तीन नेताले लगातार पशुपतिनाथको दर्शन गरेका छन् । पार्टीको महाधिवेशन नजिकिँदै गर्दा तीन शीर्ष नेताहरू पशुपतिनाथ दर्शन गर्न पुगेका हुन् ।

कार्यवाहक सभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता तथा कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँण पशुपतिनाथ मन्दिर पुगेका हुन् ।

गत सोमबार निधि पशुपतिनाथ पुगेर पूजाआजा गरेका थिए । पशुपतिनाथ मन्दिरमा जारी रामनाम संकीर्तन तथा रुद्र महायज्ञ पूजा गरेका निधिले जनकपुरबाट आएका श्री श्री १०८ श्री स्वामी जगत नन्दन दासजी महाराज (पगला बाबा)समक्ष पूजा गरेका हुन् ।

कार्यवाहक प्रधानमन्त्री तथा कांग्रेस नेता खाँणले शनिबार पशुपतिनाथको दर्शन गरे । सर्वसाधारणसँगै लाइनमा बसेर गृहमन्त्री खाँणले पशुपतिनाथको दर्शन गरेका हुन् ।

सो अवसरमा उनले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गरेका थिए । पशुपतिनाथ दर्शन गर्ने क्रममा परिसरमा रहेका वासुकी, सत्यनारायणलगायतका मन्दिरको उनले दर्शन गरे ।

यसको भोलिपल्ट आइतबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पशुपतिनाथ दर्शन गर्न पुगेका हुन् । उनी श्रीमतीसहित पशुपतिनाथ गएका थिए । आउँदो मंसिरमा १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका निधि र पौडेल पनि सम्भावित सभापतिका उम्मेदवारमा हुन् ।

कांग्रेसका शीर्ष नेताले लगातार पशुपतिनाथको दर्शन गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ओलीलाई पन्तको चुनौती : आउनुस्, बोल्ने पशुपतिनाथहरु गनौं
  • २०७८ कार्तिक १४, आईतवार २०:२१
  • In "देश"
  • संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग
  • २०७८ कार्तिक १४, आईतवार २०:२१
  • In "BannerNews"
  • पशुपतिनाथ मन्दिरमा शङ्कराचार्यको विशेष कार्यक्रम
  • २०७८ कार्तिक १४, आईतवार २०:२१
  • In "BannerNews"
Tags: #धर्म-संस्कृतिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

चीनबाट ताइवानमाथि आक्रमणको सम्भावना बढेसँगै अमेरिकाद्वारा ताईवानी सेनालाई प्रशिक्षित दिन शुरु

एमसीसीले भन्यो : सम्झौता अघि बढाउने विषय नेपालको हातमा छ

आर्यनका लागि बडिगार्डको व्यवस्था गर्दै साहरुख र गौरी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version