• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चाइनिज धान लगाउने भक्तपुरका किसानहरु यस वर्ष ठगिए


चाइनिज धान लगाउने भक्तपुरका किसानहरु यस वर्ष ठगिए

भक्तपुर। विगतका वर्षमा धेरै फलेको भन्दै चाइनिज धान लगाउनेहरुको यो वर्ष भने उत्पादन शून्य भएको छ । एक रोपनी जग्गामा आठ दश मुरीसम्म चाइनिज हाइब्रिड धान उत्पादन भएकोमा यो वर्ष धानका बाला नै नलाग्दा किसान ठगिएका छन् ।

गतसाता देशभर बाढी-पहिरोले धान बाली नष्ट भएको समाचारले दुःखी बनाएको अवस्थामा भक्तपुरका किसानले लगाएको धानका बालामा दाना नलाग्दा खद्यान्नको अभाव हुने भएको हो ।

भक्तपुरका किसानले लगाएको धानमा भुस मात्र रहेपछि काठमाडौंको बजारमा धेरै रुचाइएको स्थानीय चामलको अभाव हुने भएको छ भने किसान जीविका नै अफ्ठ्यारोमा पर्ने देखिन्छ ।

भक्तपुरको चाँगुनारायण, सूर्यविनायक, नगरपालिकामा अधिकांस किसानले डीवाई २८ धान लगाएको पाइएको छ। चाइनिज धान डी वाई २८ अघिल्लो वर्ष राम्रो फलेको देखेर यो वर्ष पनि डी वाई २८ लगाएका किसान बढी मर्कामा परेका छन् ।

७ रोपनी खेत पूरै परालमात्र भएको सुनाउँदै चाँगुनारायण नगरपालिका वडा नम्बर ६ नगरकोटका किसान विजय लामा र सावित्री श्रेष्ठले बढी फल्ने धान लगाउन पाए हात मुख जोड्न सजिलो हुन्छ भनेर ७ रोपनीमा लगाएको डी वार्ई २८ गेडा नै नलाग्दा अब के खाने भन्ने अवस्थामा आफू पुगेको उनीहरुले सुनाइन् ।

चाईनिज धानको बिउमा स्थानीय रुपमा उत्पादन भएको धान अघिल्लो वर्षको डीवाई २८ मिसाएर व्यापारिहरुले बिक्री गरेको हुनसक्ने कृषक समूह महासंघ भक्तपुर जिल्ला अध्यक्ष टेकबहादुर लाखेले बताए ।

उनले भने, ‘एउटै गरोमा रोपेको केही धान फलेका अधिकांशमा बालामा चामल नै नपसेको भुस मात्र फलेको देख्दा उताबाट ल्याएको धानको बिउमा यहाँ अघिल्लो वर्ष फलेको धानको बिउ मिसाएर बिक्री गरेको स्पस्ट देखिन्छ ।’

यस्तै नगरकोट क्षेत्रका ७० प्रतिशत किसानले यही धान लगाएकोमा कसैको पनि रोपनीमा एक मुरी भन्दा बढी धान नआउने किसानहरुले बताएका छन् । धानको बिउ किलोको ८५० भन्दा बढी पर्ने भएकाले विचौलियाले व्यापारिको मिलेमतोमा धानको बिउमा मिसावट गरेको किसानहरुले बताएका छन् ।

किसानहरुले धान नफलेको विषयमा राज्य स्तरबाट नै अध्ययन गर्नुपर्ने माग राखेका छन् । धानको बाला नलागेको बोटको जरा सेतो छ बाला लागेको धानको जरा र काण्ड रातो छ यसरी हेर्दा बीऊ आयात गर्ने कम्पनीहरुको लापरवाहीले सोझा किसान ठगिएको स्पष्ट हुन्छ । केही वर्ष अगाडी पूरै भक्तपुरमा लगाएको डीवाई ६९ धानमा पनि यसरी नै भुस मात्र लागेको थियो ।-Onlinekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चाइनिज धान लगाउनेहरुको यो वर्ष उत्पादन शून्य
  • २०७८ कार्तिक १४, आईतवार १३:२०
  • In "अन्तराष्ट्रिय"
  • चाइनिज धानमा भुस मात्र, बालामा दाना नलाग्दा किसानहरु मर्कामा
  • २०७८ कार्तिक १४, आईतवार १३:२०
  • In "अन्तराष्ट्रिय"
  • पर्सामा ९० प्रतिशत रोपाइँ
  • २०७८ कार्तिक १४, आईतवार १३:२०
  • In "BannerNews"
Tags: #कृषि

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post

धार्मिक अल्पसंख्यक मानिसहरुका अंगप्रत्याङ्ग बिक्रि वितरण

नेपाल छिरेर हुम्लामा चीनले झण्डा गाड्यो, भिडियो नै सार्वजनिक, सीमा मिचिएको छैन भन्ने कम्युनिस्टहरुको कट्टु उत्रियो

संखुवासभामा प्रवेश गरेको चिनियाँ नागरिकको हुलले आतंक मच्चाउन थाल्यो, दुई चिनियाँ रंगेहात पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version