No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

दशैंसंगै मधेशमा गुन्जियो झिझिया लोकभाका

दशैंसंगै मधेशमा गुन्जियो झिझिया लोकभाका

काठमाडौं ।

तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो
बरहम बाबा झिझिया पर होइयौ ने सवार
अबोधबा बालक तोहर किछियो ने जनैछौं हो…
दशैँ सुरु भएसँगै मिथिलाञ्चलका घरआँगनमा झिझियाको विशेष रौनक छाएको छ । जनकपुरधामका मठमन्दिर र दशैँका लागि बनाइएका पण्डालमा साँझमा महिलाले झिझिया नृत्य गर्ने गरेका छन् ।

मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया अहिले कुनै पनि सांस्कृतिक कार्यक्रममा अनिवार्य हुन थालेको छ। यो मिथिलाको तान्त्रिक अनुष्ठानको नृत्य रहेको लोकमान्यता छ । दशैँका वेला बोक्सी (डाइन)ले मसान सिद्धि तथा तन्त्रमन्त्र अनुष्ठान गरी मारक शक्ति प्राप्त गर्छन् । यस्तो शक्तिको प्रतिवाद गर्न तान्त्रिक अनुष्ठानका रूपमा यो नृत्य आयोजना गरिएको जनविश्वास छ ।​

घटस्थापनादेखि सुरु हुने झिझिया नृत्यको तयारी पनि विशेष हुन्छ । झिझिया नृत्य सुरु गर्न पूर्वतयारी गर्नुपर्छ ।एउटा वा दुइटा घैंटो किनेर त्यसलाई सफासुग्घर गरी घैंटोभरि प्वाल बनाइन्छ। घैंटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ। त्यसमा मट्टीतेल हालेर बालिन्छ । त्यसपछि टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ ।

नृत्य गर्नुपूर्व झिझियालाई दक्ष ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ अर्थात् बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा छेकबार गरिन्छ –
‘सभ्य गुरुक बन्दे पाउँ । बजर केवाडी
बजर बान्हो दशो दुआरी
मटिया बान्हो, मसान बान्हो, टोना बान्हो, टापर बान्हो ।’

यसरी मन्त्रिएपछि ५ देखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो बलिरहेको घैंटो राखेर हातको सहारा नलिई नाच्दै ब्रह्मस्थानमा पुगी पूजा गरेर नाच्छन् । ब्रह्मस्थानमा नृत्य गरेलगत्तै झिझियाको औपचारिक रूपमा सुरु हुन्छ । त्यसपछि घरघरमा गएर नृत्य देखाउने परम्परा छ ।​

झिझियामा रहेका प्वाल तन्त्रमन्त्र गर्नेले गन्न सफल भए उनीहरू तन्त्र सिद्ध गरी निकै शक्तिशाली हुन सक्ने कथन छ । त्यसैले प्वाल गन्न नसकून् भनी झिझियाका टाउकोमा राखेपछि महिला निरन्तर नाच्छन् । नाच सक्नेबित्तिकै दियो निभाएर झिझिया राखिन्छ। महिलाद्वारा नै सञ्चालन र संयोजन हुने यो नृत्य मिथिलाञ्चलमा पारिवारिक सुरक्षाको लोक अनुष्ठानको रूपमा लिइन्छ । झिझिया नृत्य घटस्थापनादेखि सुरु भई दशैँसम्म प्रदर्शन गरिन्छ ।

गाउँघरमा झिझियामा १५–२० जनाको समूहले पारम्परिक वाद्यवादन ढोलक, झाइल, झामर लिएर गीत गाउँदै यो नृत्य गर्छन् । घरघरमा गई सामूहिक नृत्य गर्ने र घरधनीले कोसेली स्वरूप पैसा वा चामलदाल सहयोग दिने चलन छ । सांस्कृतिक उत्थानका लागि यसको संरक्षण आवश्यक रहेको शिक्षा तथा संस्कृतिविद् रमापति चौधरी बताउँछन् । ‘यो मिथिलाको लोक महत्वको नृत्य हो । त्यसैले यसलाई अन्धविश्वासका रूपमा लिनुहुँदैन’, उनले भने ।

यो नृत्य सातौँ शताब्दीदेखि सुरु भएको मिथिला संस्कृतिका जानकारहरू बताउँछन् । झिझिया नृत्यको महत्वपूर्ण पक्ष यसको गीत हो । यस्तै गीतको धुनसँगै झिझिया नृत्य सुरु हुन्छ । दशैँको आगमनसँगै दुष्ट शक्तिलाई गाली गर्ने मिथिलाञ्चलको अनौठो तथा तान्त्रिक नृत्य झिझिया हो ।

नृत्यसँगै गाइने गीतमा गाली पनि गरिन्छ। गाली गरियो भने दुष्ट शक्तिको मारक क्षमता कमजोर हुन्छ र बालबच्चाको सुरक्षा हुने विश्वास छ। झिझियाको लोक सांस्कृतिक पक्षलाई संरक्षण संवर्धन गर्नु उचित देखिन्छ। यो नृत्यमा दुष्ट शक्तिलाई गालीका साथै उसलाई धम्क्याउने काम पनि हुन्छ ।
चलचल गे डैनिया कदम तर,
तोरा बेटाके खैबौ बढमतर ।

विजया दशमीको आगमनसँगै मिथिलाञ्चलको गाउँटोलमा झिझिया नृत्य सुरु हुन्छ । मिथिला कला संस्कृतिमा यो नाचको विशेषता भइ पनि हाल यसको मौलिकता हराउँदै गएको स्थानीय बासिन्दा बताउँछन् । झिझियामा गाइने गीतमा भगवतीको प्रार्थना, बोक्सीलाई गाली तथा सन्ततिको दीर्घायुको कामना गरिएको हुन्छ ।

केही संघ संस्था झिझिया संरक्षण गर्ने अभियानमा लागेका छन्। मिथिला नाट्य कला परिषद् (मिनाप)ले नेपाल र भारतका विभिन्न ठाउँमा गरिने सांस्कृतिक कार्यक्रममा झिझिया प्रस्तुत गरिन्छ । मिनापले केही वर्षयता झिझियाका ५ सयभन्दा बढी नृत्य प्रदर्शन गरेको छ।

जनकपुरकै देवीचोकस्थित राजदेवी युवा क्लबले दशैँका वेला झिझिया नृत्य प्रतियोगिता आयोजना गर्छ । दशैँका वेला जनकपुरको राम युवा कमिटी, महावीर युवा कमिटी र रामानन्द युवा क्लबको भजन सन्ध्यामा झिझियाको विशेष प्रस्तुति हुने गर्छ । – थाहा खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #धर्म-संस्कृतिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

Next Post
बटेश्वरमा काण्डैकाण्ड, गाउँपालिकामा फेरि तालाबन्दी

बटेश्वरमा काण्डैकाण्ड, गाउँपालिकामा फेरि तालाबन्दी

प्रदेश २ को सरकार पाकिस्तानको इसारमा चल्दै छ : अध्यक्ष यादव

प्रदेश २ को सरकार पाकिस्तानको इसारमा चल्दै छ : अध्यक्ष यादव

काङ्ग्रेस सरकार चीनको कम्युनिस्ट सरकारबाट प्रभावित नहुने – महत

काङ्ग्रेस सरकार चीनको कम्युनिस्ट सरकारबाट प्रभावित नहुने – महत

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .