• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ कम्पनीको ढिलाईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थल अलपत्र , भिजिट मधेशद्वारा भैरहवामा विरोध प्रदर्शन


चिनियाँ कम्पनीको ढिलाईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थल अलपत्र , भिजिट मधेशद्वारा भैरहवामा विरोध प्रदर्शन

चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनले निर्माण ठेक्का लिएको भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तोकिएको समयमा सम्पन्न नगर्दा भिजिट मधेशद्वारा सुक्रवार भैरहवामा विरोध प्रदर्शन गरिएको छ ।

विमानस्थल निर्माण कार्यमा चिनियाँ ठेकदार कम्पनीले जानीजानी ढिलाइ गरेको भन्दै भिजिट मधेशले विरोध कार्यक्रम गरेको हो । यथाशिघ्र हवाई मार्ग सुचारु गर्न र मजदूरको ज्याला वापतको बाँकी रकम उपलब्ध गराउन माग राख्दै विरोध कार्यक्रम गरिएको भिजिट मधेशका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला संयोजक महेन्द्र गुप्ता (प्रशान्त) ले बताए ।

उनले भने, तराई–मधेशको पर्यटन प्रवर्धनका लागि भिजिट मधेशले विभिन्न कार्यक्रमहरु अगाडी बढाएको छ। भिजिट मधेश नेपालले जिल्ला कार्यसमितिको संयोजनमा रोहिणी गाउँपालिका–३ स्थित बैकुण्ठपुरमा विरोध कार्यक्रम गरेको हो ।

३१ डिसेम्बर २०१४ मा लगभग रु ६ अर्ब ८२ करोड लागतमा विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनले लिएको हो । ठेक्का लिएर निर्माण सुरु भएको ७ वर्ष पूरा भएको छ । ६ पटक म्याद थप्दा पनि विमानस्थल बनेन । तीन बर्ष अघि नै विमानस्थल निर्माण सम्पन्न भएर संचालनमा आउनु पर्नेमा हालसम्म निर्माण सम्पन्न हुन नसक्नु र हरेक वर्ष निर्माण लागत बढ्दै जानुले राष्ट्रिय गौरबको आयोजनामाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

छैठौँ पटक थपिएको म्याद सन् २०२१ जुन अन्तिमभित्र निर्माण कार्य नसकिएपछि कम्पनीले नागरिक उड्डयन प्राधिकरण मार्फत सरकारलाई सातौँ पटक म्याद थप्नका लागि पहल गरेको छ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले भने धेरै काम बाकी रहेकाले थप समयको माग गरिएको हो ।

निर्माण ढिलाई हुनुको मुख्य कारणहरूः

ग्लोबल टेन्डर मार्फत् चिनियाँ कम्पनीले ठेक्का पाएँसगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएको ९ महिनासम्म एमाले निकट नारायण कार्कीको नाममा रहेको हिमालय इन्फ्राटेक प्रालिले चिनियाँसँग मिलेर स्थानीय ठेकेदार भएर काम गरेको थियो ।

कार्कीको मातहतमा एमालेका युवाहरुले अर्को कम्पनी नर्थ वेष्ट इन्फ्रा नेपाल प्रालि अनौपचारिक रुपमा संलग्न गराए । त्यसपछि हिमालय इन्फ्राटेक बाहिरियो र पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भीक खनाल र रुपन्देहीका एमाले नेता राजु गुरुङ्गको संलग्नतामा नर्थ वेष्टले चिनियाँ कम्पनीसँग प्रत्यक्ष काममा जोडिन पुग्यो ।

त्यस अघि यो कम्पनीले सामान सप्लायर्सको मात्र काम गर्ने गरेको थियो । नर्थ वेष्ट इन्फ्राले चिनियाँ कम्पनीँसग आयोजनाको ८० प्रतिशत काम गर्ने आन्तरिक सम्झौता गरेको थियो । तर राजनीतिक र आर्थिक स्वार्थको द्वन्द्व बढ्दै गएपछि मुख्य ठेकेदार र स्थानीय ठेकेदारको सम्बन्ध बिग्रँदै गयो ।

जसले चिनियाँ कम्पन्नीले नर्थवेष्टलाई अलग गर्याे । त्यति बेलासम्म आयोजनाको २७ प्रतिशत काम सकिएको थियो । जसलाई बढी खर्चिलो, कम नाफामूलक अर्थात् जमिनमुनी र सतहका संरचना निर्माण भनिएको छ । नर्थवेष्ट अलग भएपछि पनि एमाले युवाको अर्को समूह यती आयोजनामा आफूहरुले काम पाउनु पर्ने भन्दै लबिङ्गमा लागेका थिए ।

सम्झौता अनुसार भुक्तानी नदिएपछि इन्फ्रा मातहतका कर्मचारी आन्दोलनमा उत्रिँदा चिनियाँ कम्पनीले दराजको ताला फुटाएर सझौता पत्र गायब पारेको आरोप छ ।

भुक्तानीको झमेला
आयोजना गतिहीन भइरहेका बेला चिनियाँ ठेकेदारबाट करोडौं रकम भुक्तानी नपाएको भन्दै स्थानीय व्यवसायी आक्रोसित भएका थिए । उनीहरुले स्थानीय ठेकेदार इन्फ्रा मार्फत् काम गरेका थिए । त्यस समय चिनियाँ कम्पनीले ३२ करोड रुपैयाँ स्थानीय व्यवसायीलाई भुक्तानी गर्न सकेको थिएन भने अहिले यो रकम बढेर १ अर्ब पुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा हेरिएको यो विमानस्थल सञ्चालनपछि देशकै पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । तर चिनियां ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएशनको अनेकौं लापरवाहीका कारण काम समयमा सम्पन्न नहुने स्थिति उत्पन्न भएपछि विरोध हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारतको उत्तर प्रदेश सबै लामो रनवे , अन्तर्राष्ट्रियएयरपोर्टको मोदिले गरे उदघाटन
  • २०७८ आश्विन २४, आईतवार १०:३६
  • In "अन्तराष्ट्रिय"
  • अन्तर्राष्ट्रिय विमान स्थलमै चिनियाँको कब्जा गरेको भान , रास्ट्रपति कै कार्यक्रममा चिनियाँ झन्डा देखिए पछि हडकम्प
  • २०७८ आश्विन २४, आईतवार १०:३६
  • In "लुम्बिनी प्रदेश"
  • भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज, नयाँ मापदण्ड लागू
  • २०७८ आश्विन २४, आईतवार १०:३६
  • In "BannerNews"
Tags: #यातायात

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

Next Post

भारतमा रहेका काङ्ग्रेस टोलि र युपिका मुख्यमन्त्री योगि सङ भयो गहन चर्चा

एक मिसाईलको दायरा आयो पुरै चीन , चीनमा मच्यो खैलाबैला

तालिवानमा महिला अधिकार सुनिश्चितता बारे आन्दोलन जारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version