No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अदालतको भागबण्डाले खल्लो बनेको मन्त्रिपरिषद्

अदालतको भागबण्डाले खल्लो बनेको मन्त्रिपरिषद्

काठमाडौं । सरकार बनेको झण्डै तीन महिना पछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २९ असारमा प्रधानमन्त्री नियुक्त शेरबहादुर देउवाले शुक्रबार दुई राज्य सहित १८ मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिए ।

३ साउनमै १६५ सांसदबाट विश्वासको मत पाएका प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बिस्तारमा यति विलम्ब गर्नुमा भने संसद्को बहुमत जोगाउने प्रयत्न थियो । किनकि प्रधानमन्त्री देउवालाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहित नेकपा एमालेका २२ सांसदले समेत विश्वासको मत दिएका थिए । उनीहरुमाथि एमालेले जुनसुकै बेला गर्ने कारबाहीले प्रधानमन्त्री देउवाले बहुमत गुमाउने राजनीतिक समीकरण बन्न सक्थ्यो ।

जसलाई रोक्न राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइयो, एमाले विभाजित भयो । माधव नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) ले वैधानिकता पाएसँगै प्रधानमन्त्री देउवाले संसद्को कार्यकालभर बहुमत जोगाउन आधार तयार पारे ।

यसपछि सत्ता साझेदार दलहरुबीच शक्ति सन्तुलन कायम गर्न केही समय लाग्यो । १९ असोजमा सत्ता साझेदार दलहरु नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच मन्त्रालय भागबण्डा टुंगियो र शुक्रबार मन्त्रिपरिषद् बिस्तार भयो ।

तुलनात्मक समावेशी

संसद्को बहुमत जोगाउन र सत्तारूढ दलहरू बीच शक्ति सन्तुलन मिलाउन सफल प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् समावेशी बनाउने प्रयास समेत गरेका छन् । सत्ता साझेदार दलका नेताहरुले भूगोल, जाति, लिंग, कार्यक्षमता र आम नागरिकको अपेक्षा पूरा गर्नेगरी मन्त्रिपरिषद् बनेको दावी गरेका छन् । ‘आवश्यकता र समावेशीताको सिद्धान्तलाई मूल आधार बनाएर मन्त्रिपरिषद् गठन भएको छ’, एकीकृत समाजवादीका उपमहासचिव जगनाथ खतिवडा भन्छन् ।

एकीकृत समाजवादीले सरकारमा पठाएको एक राज्य सहित पाँच मध्ये चार मन्त्री जनजाति छन् भने एक जना महिला (रामकुमारी झाँक्री) छन् । अन्य सत्ता साझेदार दलहरुले पनि तुलनात्मक समावेशी बनाउने प्रयत्न गरेका छन् ।

२५ सदस्यीय मन्त्रिपरिषद्मा ७ जनजाति (२८ प्रतिशत), ५ मधेशी (२० प्रतिशत), ६ महिला (२४ प्रतिशत) छन् । खसआर्य समुदायबाट १२ जना (४८ प्रतिशत) मन्त्री बनेका छन् । उनीहरु मध्ये ६ जना बाहुन र ६ क्षेत्री छन् ।

तर दलित समुदाय भने यो मन्त्रिपरिषद्मा पनि उपेक्षित बनेको छ । माओवादी केन्द्रको कोटाबाट महेश्वरजंग महतराज युवा तथा खेलकुद मन्त्री बनेका छन् । दलित समुदायबाट मन्त्री हुने उनी एक्ला हुन् । अझ मन्त्रालय पनि अघिल्ला प्रधानमन्त्रीहरुले जस्तै खेलकुद दिएका छन् ।

‘धेरै दल संलग्न गठबन्धनको सरकार भएपनि भूगोल, जाति, लिंग लगायत सबै क्षेत्रको समावेशी मन्त्रिपरिषद् बनाउन सजिलो थिएन । तर प्रयत्न भयो’, खतिवडा भन्छन् । विशेषगरी यो मन्त्रिपरिषद्मा  महिला सहभागिता र जिम्मेवारी दिन उदारता देखाइएको छ ।

महिला मन्त्रालयको जिम्मेवारी समेत पुरुष नेतालाई दिइने प्रवृत्ति तोड्ने प्रयास गर्न प्रधानमन्त्री र गठबन्धनका नेताहरुले एक राज्य सहित ६ महिला सांसद मन्त्री बने । मन्त्रालयको भूमिकामा पनि रोजाइकै दिइएको छ ।

प्रधानमन्त्री देउवासँगै शपथ लिएका पम्फा भुसाल ऊर्जा, रेनुकुमारी यादव भौतिक पूर्वाधार, रामकुमारी झाँक्री सहरी विकास, शशी श्रेष्ठ भूमि व्यवस्था र उमा रेग्मी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेकी छन् । बोधमायाकुमारी यादव शिक्षा राज्यमन्त्री नियुक्त भएकी छन् । ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय सधैं रोजाइमा पर्ने गरेको छ ।

पम्फा भुसाललाई माओवादी केन्द्रबाट गएका मन्त्रीहरु भन्दा माथिल्लो बरियता दिइएको छ । भुसाल मन्त्रिपरिषद्को चौथो बरियतामा छिन् । उनी पछिका बरियतामा जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका विरोध खतिवडा, माओवादी केन्द्रकै जनार्दन शर्मा लगायत छन् । युवा नेताहरुलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएर आमअपेक्षा सम्बोधनको प्रयास समेत प्रधानमन्त्री देउवाले गरेको देखिन्छ ।

चुकेका प्रधानमन्त्री

संविधान र संसद् जोगाउने भन्दै बनेको पाँच दलीय गठबन्धनका १४९ सांसदको समर्थन सहित ७ जेठमा राष्ट्रपति कार्यालयमा दिएको दावीपत्रका आधारमा काँग्रेस सभापति देउवा प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्रीको हैसियतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रोपटक संसद् विघटन गर्नु असंवैधानिक भएको ठहर सहित सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

२८ असारको त्यो फैसलासँगै ओली पदमुक्त भए भने भोलिपल्टै देेउवा प्रधानमन्त्री बने । तर अहिले तिनै सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा गजेन्द्रबहादुर हमाललाई प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गरे ।

गैरसांसद हमाललाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सहित शपथ गराएपछि प्रधानमन्त्री देउवा र प्रधानन्यायाधीश राणाको चर्को आलोचना भइरहेको छ । सँगै, संविधान र संसद् जोगाउँदै बनेको तुलनात्मक समावेशी मन्त्रिपरिषद् पनि ओझेलमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

Next Post
४० हजार मेट्रिकटन मल चीनमै रोकियो

४० हजार मेट्रिकटन मल चीनमै रोकियो

विद्यार्थीले आत्महत्या गरेपछि विद्यालयका प्रिन्सिपल पक्राउ, दुर्व्यवहार गरेको आरोप

विद्यार्थीले आत्महत्या गरेपछि विद्यालयका प्रिन्सिपल पक्राउ, दुर्व्यवहार गरेको आरोप

देउवा सरकारका नवनियुक्त मन्त्री को कस्ता ?

देउवा सरकारका नवनियुक्त मन्त्री को कस्ता ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .