• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अफगानिस्तान : जेलबाट छुटेका कैदीबाट महिला न्यायाधीशलाई ‘थ्रेट’


अफगानिस्तान : जेलबाट छुटेका कैदीबाट महिला न्यायाधीशलाई ‘थ्रेट’

काठमाडौं । अफगानिस्तानमा यसअघिको सरकारको पालामा न्यायाधीश रहेका २२० भन्दा धेरै अफगान महिला न्यायाधीश अहिले तालिबानको डरको कारण लुकेर बसेका छन् । तालिबानले सजाय दिन सक्ने आशंकाले उनीहरु अहिले लुकेर बसेका हुन् ।

बीबीसीले अफगानिस्तानमा लुकेर बसेका ६ महिला न्यायाधीशसँग कुराकानी गरेको छ । सुरक्षाको कारण यहाँ उनीहरु सबैको नाम परिवर्तन गरिएको छ ।

मासुमाले न्यायाधीशको रुपमा रहँदा धेरै पुरुषलाई महिलाविरुद्धको हिंसा, बलात्कार, हत्या र यातना दिएको आरोपमा सजाय दिएकी थिइन् । तर, तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै हजारौं दोषी अपराधीहरु जेलबाट रिहा भएका छन् । यसरी रिहा भएका मानिसहरुले अहिले न्यायाधीशहरुलाई धम्की दिन थालेका छन् ।

मासुमालाई अहिले नौलो नम्बरबाट टेक्स्ट म्यासेज, भ्वाइस नोटहरु आउन थालेका छन् । मासुमा भन्छिन्, ‘त्यतिबेला आधा रातमा हामीले तालिबानले जेलमा बन्दी जीवन बिताइरहेका सबै कैदीलाई रिहा गरिरहेको छ भन्ने सुन्यौं । त्यसपछि हामी तत्कालै घरसहित सबै कुरा छाडेर भाग्यौं ।’

पछिल्लो २० वर्षमा अफगानिस्तानमा २७० महिलाले न्यायाधीशको रुपमा काम गरिसकेका छन् । उनीहरुमध्ये धेरैले मुलुकमा प्रसिद्धि पाएका थिए, जसलाई मनिसहरुले सहजै चिन्थे ।

‘शहरमा कारमा यात्रा गर्दा मैले बुर्का लगाएको थिएँ ताकि मलाई कसैले पनि नचिनुन्, सौभाग्यले हामीले तालिबानको चेकप्वाइन्ट पार गर्‍यौं,’ उनले भनिन् ।

बीबीसीका अनुसार अहिले अफगानिस्तानमा २२० महिला न्यायाधीशहरु लुकेर बसिरहेका छन् । विभिन्न प्रान्तमा रहेका उनीहरुले अन्तर्वार्ताको क्रममा एउटै कुरा गरेका छन् । उनीहरु सबैले यसअघि जेल सजाय सुनाएका तालिबानका सदस्यले ज्यान मार्ने धम्की दिएको बताएका छन् ।

दोषीको धम्की : बाहिर निस्किएपछि बदला लिन्छु

मासुमाले आफ्नो घर छाडेसँगै उनलाई छिमेकीले म्यासेज गरेर तालिबान उनीहरुले घरमा आएको जानकारी दिएका थिए । छिमेकीले उनलाई खोज्न आउने मानिसको हुलिया बताएसँगै मासुमाले आफूलाई खोज्न को मानिस आएको हो भन्ने चाल पाइन् । तालिबानले अफगानिस्तानमा कब्जा गर्नुभन्दा केही महिना पहिला तालिबानका एक सदस्यलाई मासुमाले आफ्नी पत्नीको हत्याको आरोपमा दोषी ठहर गर्दै २० वर्षको जेल सजाय सुनाएकी थिइन् ।

उनी भन्छिन्, ‘मलाई अहिले पनि हत्या गरिएकी महिलाको अनुहार याद छ । उनको निकै विभत्स तरिकाले हत्या गरिएको थियो । यो मुद्दा सकिएपछि अपराधीले मलाई सम्पर्क गरेर बाहिर आएपछि आफ्नो पत्नीको जस्तै अवस्था मेरो पनि गरिदिने धम्की दिएको थियो ।’

‘त्यतिबेला मैले यसलाई गम्भीरतापूर्वक लिएको थिइनँ तर तालिबान सत्तामा आएपछि भने उसले मलाई धेरैपटक फोन गरेर अदालतको कार्यालयबाट मेरो सबै जानकारी लिइसकेको बताएको थियो,’ उनले थपिन्, ‘उसले मलाई भनेको थियो– मैले तिमीलाई खोज्नेछु र आफ्नो बदला लिनेछु ।’

बीबीसीका अनुसार अहिले अफगानिस्तानमा २२० महिला न्यायाधीशहरु लुकेर बसिरहेका छन् । विभिन्न प्रान्तमा रहेका उनीहरुले अन्तर्वार्ताको क्रममा एउटै कुरा गरेका छन् । उनीहरु सबैले यसअघि जेल सजाय सुनाएका तालिबानका सदस्यले ज्यान मार्ने धम्की दिएको बताएका छन् । यसरी धम्की दिनेमध्ये चारजना आफ्नी पत्नीको हत्यामा संलग्न रहेको आरोपमा जेल सजाय भोगिरहेका पुरुष थिए ।

सबै पूर्व न्यायाधीशहरुले ज्यान मार्ने धम्की आएपछि कम्तीमा एकपटक आफ्नो नम्बर परिवर्तन गरिसकेका छन् । साथै उनीहरुले निश्चित समयमा आफ्नो डेरा पनि परिवर्तन गरिरहेका छन् । उनीहरुका अनुसार तालिबानका सदस्यहरु अहिले पनि आफ्नो घरमा आइरहन्छन् र उनीहरु अहिले कहाँ बसिरहेका छन् भन्नेबारे सोधिरहन्छन् ।

के भन्छ तालिबान ?

यी सबै आरोपबारे तालिबानका प्रवक्ता बिलाल करिमीले भने, ‘महिला न्यायाधीशले अन्य महिलाजस्तै विना कुनै डर बाँच्नुपर्छ । कसैले पनि उनीहरुलाई धम्क्याउनु हुँदैन । हाम्रो विशेष सैन्य एकाईले यी उजुरीबारे अनुसन्धान गर्नेछ र कुनै कानून उल्लंघन भएको छ भने कारबाही हुनेछ ।’

यसका साथै तालिबानले यसअघि नै गरेको वाचाअनुसार अफगानिस्तानको पूर्व सरकारका सबै कर्मचारीलाई ‘आम माफी’ दिएको उनले बताएका छन् । उनले भने, ‘हाम्रो आममाफी साँचो छ तर कोही मानिस मुलुक छाडेर जान चाहन्छ भने हाम्रो निवेदन छ कि यसो नगर्नुहोस् र आफ्नै देशमा रहनुहोस् ।’

कैदीहरुलाई जेलबाट छाड्दा त्यतिबेला तालिबानसँग सम्बन्ध नभएका कैदीको संख्या ठूलो थियो । पढेलेखेका र शिक्षित यी महिला पहिला परिवारमा कमाउने एकमात्र सदस्य थिए । तर, अहिले भने उनीहरुको तलब आउन बन्द भइसकेको छ र उनीहरुको बैंक एकाउण्ट पनि बन्द गरिएको छ । अब उनीहरुलाई जीवित रहन आफ्ना इस्टमित्रसँग हात फैलाउनुपर्ने अवस्था आएको छ । महिला न्यायाधीशहरुले यसअघि तालिबानका साथै आईएसका सदस्यलाई पनि सजाय दिएको बताएका छन् ।

‘मलाई २० भन्दा धेरै धम्कीपूर्ण फोन आइसकेको छ । यी सबै अहिले अफगानिस्तानको जेलबाट छुटेका कैदीहरुको फोन हो’, अर्की महिला न्यायाधीश सना भन्छिन् । उनी अहिले आफ्नो परिवारका एक दर्जन सदस्यसहित कुनै गुप्त स्थानमा लुकेकी छिन् ।

सेनाको परिवारको एक पुरुष सदस्य एकपटक मात्र आफ्नो पुरानो घरमा गएका थिए । घर गएर आफ्नो सामान तयार पार्दै गर्दा कमाण्डरको नेतृत्वमा रहेको तालिबानको टोली उनको घर पुग्यो । ढोका खोल्नेबित्तिकै उनीहरुले यो घर पूर्व न्यायाधीशको भएको बताए । ती सदस्यले आफूलाई उनीहरु कहाँ छन् भन्ने थाहा नभएको बताएपछि उनीहरुले कुटपिट शुरु गरे । उनीहरु गएपछि छिमेकीले ती सदस्यलाई अस्पताल लिएर गएका थिए । ती पुरुष सदस्यले भने, ‘मैले एक आफन्तसँग भने कि हाम्री दिदी जहाँ छिन्, त्यो ठाउँ निरन्तर बदलिरहनुपर्छ । उनीहरुबाट बच्ने अर्को कुनै उपाय छैन । हामी कुनै देशमा जान सक्दैनौं यहाँसम्म कि पाकिस्तान पनि जान सक्दैनौं ।’

महिला अधिकारको लडाइँ

लामो समयदेखि अफगानिस्तान मानव अधिकारको हिसाबले सबैभन्दा खराब मुलुकको रुपमा रहँदै आएको छ । ह्युमन वाचका अनुसार यो मुलुकका ८७ प्रतिशत महिलाले आफ्नो जीवनमा कम्तीमा एकपटक दुर्व्यवहारको सामना गर्छन् । यस्तोमा महिला न्यायाधीशले कानून पालना गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यो क्रममा उनीहरुले धेरै चुनौतीको पनि सामना गर्दै आएका थिए । तालिबानले पहिला पनि अदालतमा रकेट आक्रमण गरेको थियो । यसै क्रममा एक न्यायाधीशको पनि अपहरणपछि हत्या भएको थियो । तर, यो घटनामा कसैका विरुद्ध पनि मुद्दा चलेन । त्यतिबेला तालिबानले पनि यसमा संलग्न भएको आरोप अस्वीकार गरेको थियो ।

भविष्यमा महिला न्यायाधीश होलान् ?

अहिले नै तालिबानको शासनबारे भन्न सकिने अवस्था छैन । तर, अहिलेसम्मको गतिविधिले भने अवस्था गम्भीर रहेको देखाएको छ । अहिलेसम्म तालिबानले मन्त्रिपरिषद्मा कुनै पनि महिलालाई सामेल गराएको छैन । त्यस्तै स्कुलको शिक्षाको विषयमा पनि पुरुष शिक्षक र छात्रहरुलाई विद्यालयमा बोलाइएको छ भने महिला कर्मचारी र छात्रालाई भने बोलाइएको छैन ।

तालिबानका प्रवक्ताले यस विषयमा कुनै पनि प्रतिक्रिया नदिने बताएका छन् । उनले अहिले अफगानिस्तानमा महिलाले काम गर्ने विषयमा बहस जारी रहेको बताएका छन् । अहिलेसम्म अफगानिस्तानबाट एक लाखभन्दा धेरै मानिस बाहिर गइसकेका छन् । ६ महिला न्यायाधीशले पनि आफूहरु बाहिर जाने बाटो खोजिरहेको तर आफूहरुसँग पर्याप्त पैसा पनि नभएको र परिवारका निकट सदस्यको पासपोर्ट पनि नरहेको बताएका छन् ।

महिला न्यायाधीशलाई सुरक्षित उद्धारको माग

अहिले बेलायतमा रहेकी पूर्व अफगान न्यायाधीश मार्जिया बाबाकारखैलले सबै पूर्व महिला न्यायाधीशलाई सुरक्षित तवरले मुलुकबाट बाहिर निकाल्न माग गरेकी छिन् । उनले अफगानिस्तानको निकै ग्रामीण क्षेत्रमा रहेका मानिसलाई भुल्न नहुने बताएकी छन् ।

उनीहरुमध्ये एक महिला न्यायाधीशले मेरो गाउँबाट फोन गरेर भनेकी थिइन्, ‘अब हामीले के गर्ने ? कहाँ जाने ? छिटै नै हामी आफ्नो चिहानमा हुनेछौं ।’ मार्जिया भन्छिन्, ‘काबुलमा अहिले पनि मिडिया र इन्टरनेट छ । त्यहाँका न्यायाधीशको आवाज त्यसैले पनि सुनिएको छ तर ग्रामीण प्रान्तमा भने उनीहरुसँग केही पनि छैन ।’

न्यूजिल्याण्ड र बेलायतसहितका धेरै देशले अफगानिस्तानका नागरिकलाई सहयोग गर्ने बताइसकेका छन् । तर, यो सहयोग कसरी उपलब्ध हुन्छ र कति न्यायाधीश यसमा सामेल हुन्छन् भन्ने अझै पनि स्पष्ट भइसकेको छैन ।

न्यायाधीश मासुमा भन्छिन्, ‘म आफ्नो देशलाई धेरै माया गर्छु तर अहिले म कैदी हुँ । हामीसँग पैसा छैन । हामी घर छाड्न सक्दैनौं । म केवल त्यो दिनको लागि प्रार्थना गरिरहेको छु, जतिबेला हामी पुनः स्वतन्त्र हुनेछौं ।’

–बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • तालिबान सत्तामा आउँदा अब आतंकबादीहरुको अड्डाका रूपमा परिणत हुने खतरा
  • २०७८ आश्विन १४, बिहीबार १४:१८
  • In "अन्तराष्ट्रिय"
  • विमानको पाङ्ग्रामा लुकेर अफगानिस्तानबाट भारत पुगे १३ वर्षका बालक
  • २०७८ आश्विन १४, बिहीबार १४:१८
  • In "BannerNews"
  • अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि अपराध दरमा वृद्धि
  • २०७८ आश्विन १४, बिहीबार १४:१८
  • In "अन्तराष्ट्रिय"
Tags: #world#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

युरिया मल अभाव लगायतका समस्या समाधान गर्न ज्ञापनपत्र

सडक स्तरोन्नतीको माग गर्दै राष्ट्रिय एकता अभियानले नगर प्रमुखलाई बुझाए ज्ञापन पत्र

सेनिटरी प्याडको सोझो सम्बन्ध यौनाङ्ग र प्रजनन स्वास्थ्यसँग छ- डा. बालकृष्ण शाह

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version