No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘नेपालमा भारतको नाकाबन्दी कुरुप छिमेक कूटनीतिको प्रतीक’

‘नेपालमा भारतको नाकाबन्दी कुरुप छिमेक कूटनीतिको प्रतीक’

 काठमाडौं । भारतका पूर्व विदेश सचिव एवं राष्ट्रिय सुरक्षा सल्लाहकार शिव शंकर मेननले सन् २०१५ मा भारतले नेपालमाथि लगाएको नाकाबन्दीप्रति कडा टिप्पणी गर्दै त्यसलाई ‘कुरुप छिमेक कूटनीतिको प्रतीक’ भनेका छन् ।

मेननको हालै प्रकाशित ‘इन्डिया एण्ड एसियन जिओपोलिटिक्स’ नाम पुस्तकमा नेपालको संविधानसभाले पारित गरिसकेको संविधानमा परिवर्तन गर्न भारतले सार्वजनिक रुपमा नै दवाव दिएको र त्यसमा भारत असफल देखिएको समेत उल्लेख गरेका छन् । उनले पुस्तकमा भनेका छन्, ‘त्यसपछि नाकाबन्दी लगाउनु कुरुप र निष्प्रभावी भारतीय छिमेकी कूटनीतिको प्रतीक हो ।’

सन् २०१५ मा नेपालले संविधान जारी गरेपछि तत्कालीन भारतीय विदेश सचिव एवं वर्तमान विदेशमन्त्री एस जयशंकर नेपाल आई संविधान जारी गर्न केही ढिलाइ गर्न र मधेशवादी दलहरुको माग पूरा गर्न दबाव दिएका थिए ।

तर नेपालका राजनीतिक दलहरुले भारतको त्यो दबावलाई असफल बनाएका थिए । त्यसपछि मधेस केन्द्रित दलहरु सीमा क्षेत्रलाई केन्द्रित गरी आन्दोलनमा उत्रिएकै बेला भारतले नाकाबन्दी गरिदिएको थियो । गोरखा भूकम्पका कारण नेपाल संकटमा परेको बेला भारतले गरेको नाकाबन्दी नेपालीले भुल्नै नसक्ने घटना बनेको छ ।

नाकाबन्दीको पहिलो वर्षमा भारतीय कूटनीतिज्ञ र विज्ञहरुले भारतले नेपालमा नाकाबन्दी नलगाएको दावी गरेपनि पछिल्ला वर्षहरुमा भने उनीहरुले नाकाबन्दी नै लगाएको स्वीकार मात्र गरेका छैनन्, पुस्तकमा नै लेख्न थालेका छन् ।

पुस्तकमा मेननले भारतका केही राजनीतिक दल र संस्थाहरुले नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापना गर्ने चाहनाका कारण भारतको नेपाल नीतिलाई भ्रमित पारेको उल्लेख गरेका छन् ।

मेननले सन् १९८९ मा भारतले नेपालमा लगाएको नाकाबन्दीको प्रसंग समेत उल्लेख गरेका छन् । उनले सन् १९८८–८९ मा राजिव गान्धीले भारतको नेपालसँगको विशेष सम्बन्धको माध्यमले नेपालमा प्रजातन्त्र स्थापनाको लागि सहयोग गरेको र प्रधानमन्त्रीको हैसियमा नेपालको आन्तरिक मामिलामा भूमिका खेलेको उल्लेख गरेका छन् ।

त्यतिबेला नेपालले चीनबाट हतियार ल्याएको र भारतीयको ‘वर्क परमिट’ रद्ध गरेको उनले उल्लेख गरेका छन् । त्यति नै बेला नेपालमा प्रजातन्त्र स्थापनाका लागि आन्दोलन भइरहेको र भारतको नाकाबन्दी मार्फत दवाव दिएर आन्दोलन सफल पारेको मेननले बताएका छन्  ।

मेननले २०६२ सालमा तत्कालीन सात राजनीतिक दल र माओवादी विच १२ बुँदे सहमति गराउन भारतले खेलेको भूमिकाको प्रसंग पनि उल्लेख गरेका छन् ।

एकातिर माओवादी आन्दोलन चलिरहेको र अर्काेतिर दलहरुले प्रजातन्त्रको स्थापनाको लागि आन्दोलन गरेको प्रसंग उल्लेख गर्दै उनले सन् २००५ मा नेपालका राजनीतिक दलहरुले भारतलाई एक इमान्दार सहजकर्ताको रुपमा लिएको उल्लेख गरेका छन् । सात दल र माओवादीवीच सहमतिका लागि भारतले भूमिका खेलेको उनले स्वीकारेका छन् ।

सन् १९५० को दशकमा भारतले नेपालमा खेलेको भूमिकाको बारेमा पनि मेननकाे पुस्तकमा चर्चा छ । यतिबेला भारतले राजा त्रिभुवन र नेपाली कांग्रेसले नेतृत्व गरेको प्रजातान्त्रिक शक्तिलाई सक्रिय सहयोग गरेको उल्लेख गरेका छन् ।  तर, सन् १९६० को दशकमा निरंकुश राजतन्त्र शुरु भएपछि भने भारतले उसैसँग मिल्ने नीति लिएको मेननको पुस्तकमा उल्लेख छ ।

यस बाहेक नेपालमा बढ्दो चिनियाँ प्रभाव, एमाले र माओवादी एकता गराउन चीनले खेलेको भूमिका लगायतका थुप्रै विषयमा पुस्तकमा उल्लेख गरेका छन् । जस्तो सन् १९६२ को भारत-चीन युद्धपछि माओले एक नेपाली प्रतिनिधीमण्डलाई भनेको विषय पनि पुस्तकमा उल्लेख छन् । पुस्तकमा भनिएको छ, ‘माओले एक नेपाली प्रतिनिधिमण्डलाई भारत र चीनबीचको समस्या म्याकमोहन लाइन नभई तिब्वतको प्रश्न हो भनेका थिए ।’  म्याकमोहन अंग्रेज शासनका बेला भारत-चीन सीमा कोरिएको सिमारेखा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध बगायो, ८ घर डुबानमा

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध बगायो, ८ घर डुबानमा

‘मेलम्चीमा भन्दा धेरै राहत हेलम्बुमा चाहिएको छ’

‘मेलम्चीमा भन्दा धेरै राहत हेलम्बुमा चाहिएको छ’

करोड बढी लागतमा निर्माणाधीन नाचघरले झरी थेगेन

करोड बढी लागतमा निर्माणाधीन नाचघरले झरी थेगेन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...