No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बासमती धानमाथि दावी गर्दै नेपालले बुझायो ७० प्रमाण

बासमती धानमाथि दावी गर्दै नेपालले बुझायो ७० प्रमाण

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले बासमती धान नेपालमा २५ सय वर्षअघिबाटै उत्पादनमा रहेको दावी यूरोपेली संघ (ईयू) मा पेश गरेको छ ।

बासमती नेपालको हो भन्ने १३ बुँदे दाबी र त्यसलाई प्रमाणित गर्ने ७० वटा प्रमाणहरु बिहीबार ईयूमा पेश गरिएको नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बताए । नेपालका ४१ जिल्लाको ३० हजार हेक्टर जमिनमा अझै बासमती धान खेती भइरहेको र यसको व्यवसायिक उत्पादन र बिक्रीका यथेष्ट प्रमाण नेपालसंग रहेको नार्कले उल्लेख गरेको छ ।

नार्कले २५०० वर्षभन्दा अघि गौतम बुद्ध भिक्षा माग्न जाँदा नै बासमती धानको चामल स्थानीयले दानको रुपमा चढाउने गरेको ऐतिहासिक तर्क पनि ईयूमा पठाएको छ । ‘बासमती धान नेपालकै भूगोलको उत्पादन हो भन्ने धार्मिक, सांस्कृतिक र वैज्ञानिक कारणहरु हामीले पेश गरेका छौं । २५ सय वर्ष अघिदेखि नै नेपालमा बास्ना आउने धान (बासमती) उत्पादन र भोग चलनमा रहेको पाइएको छ,’ कार्यकारी निर्देशक डा. दीपक भण्डारीले भने ।

गौतम बुद्धलाई भिक्षाको रुपमा बास्ना आउने धान अर्थात् बासमतीको चामल दान गरिएको कथनहरु भेटिएको र त्यसलाई भिडियोमा संग्रहित गरिएको पनि उनले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र परिषद्का वैज्ञानिकसहित पाँच जनाको टोलीले एक महिना लगाएर संकलन गरेको ऐतिहासिक प्रमाणहरुबाट बासमती धानमा नेपालको दाबी पेश गरेको डा. भण्डारीको भनाइ छ ।

रुपन्देही जिल्लाको जमुहानी गाउँ र बागहीगाउँका रैथाने थारु किसानहरुसँग गरेको भिडियो कुराकानीमा किसानहरुले गौतम बुद्ध भिक्षा माग्न आउँदा बास्ना आउने बासमती चामल दान गरेको बताएका छन् ।

अन्तर्राष्ट्रिय ‘जिन बैंक’मा रहेको नेपाली बासमती धानको ६४ जात, नेपालको राजपत्रमा प्रकाशित उक्त धानको ४ जात, २००७ देखि यता प्रकाशित भएका पुस्तक, अन्तर्राष्ट्रिय संघ संस्था तथा जर्नलमा प्रकाशित लेखका आधारमा उक्त प्रमाण पेश गरिएको नार्कले जनाएको छ ।

नार्कले पेश गरेको दाबीले बासमती धानको भौगोलिक उत्पत्तिमाथि नेपालको दावी स्वीकृत हुने कार्यकारी निर्देशक डा. भण्डरीले दाबी गरे ।

नेपालले संकलन गरेको प्रमाण

नेपाली अध्ययन टोलीले समाजशास्त्री, पाका किसान, संस्कृतिविद्, कृषि वैज्ञानिकहरुको लेख रचना र उनीहरुसँगको अन्तर्वार्ता र विभिन्न समयमा प्रकाशित धार्मिक तथा सांस्कृतिक पुस्तक तथा ग्रन्थ र अन्तर्राष्ट्रिय जर्नलका लेखलाई प्रमाणको आधार बनाइएको नार्कले जनाएको छ ।

विभिन्न लिखित दस्तावेजका आधारमा नार्कले नेपालका ४१ जिल्लाको ३० हजार हेक्टर जमिनमा अझै बासमती धान खेती भइरहेको उल्लेख गरेको छ ।

नार्कको जीन बैंकमा रहेको हंशराज, जेठोबुढो, झिनुवा, कालो नुनीया, कालो/काला नियामक, कनक जिरा, करीया कामोद, कृष्णभोग, साली धान, श्याम जिरा लगायतका २६ प्रकारका बासमती जातहरु संकलित रुपमा रहेको पनि नेपालको दाबीमा उल्लेख छ ।

समुन्द्री सतहदेखि दुई हजार मिटरसम्मको उचाइमा अवस्थित भूगोलमा बासमती धान फल्ने गरेको नार्कले जनाएको छ । पूर्वी नेपालको झापादेखि पश्चिमको कञ्चनपुर र काठमाडौं उपत्यका तथा यसको वरपरका जिल्लाहरु पनि बासमती धान खेती हुने गरेको नार्कको प्रमाणमा समावेश छ ।

केही भारतीय जर्नलमा प्रकाशित लेख, अमेरिकामा बस्ने नेपाली कृषि विज्ञहरुले जुटाएको प्रमाणलाई पनि नार्कले आफ्नो ७० बुँदे पुष्ट्याइँमा समावेश गरेको छ ।

के हो बासमती विवाद ?

झण्डै ६ महिनाअघि बासमती धान र चामलको भौगोलिक उत्पत्तिमाथिको एकाधिकार माग गर्दै भारतले यूरोपियन यूनियन (ईयू) मा आवेदन दिएको थियो ।

११ सेप्टेम्बर २०२० मा इयूको जर्नलमा उक्त धानमाथिको भारतीय दाबीमा अन्य मुलुकको दावी बिरोधका लागि सूचना प्रकाशित भएपछि नेपालले दावी पठाएको थियो ।

बासमती धान र चामलमाथि दाबी विरोध नपरेमा उक्त उत्पादनको उत्पादन, बिक्री र ट्रेडमार्क अधिकार भारतको रहन्छ ।

ईयू जर्नलमा प्रकाशित भएको भारतीय दावीको मितिले तीन महिनाभित्रै दाबी विरोध पेश गर्नुपर्ने मान्यताअनुसार नेपालले मंसिर २४ गते आफ्नो संक्षिप्त १३ बुँदे दाबी ईयूमा दर्ता गराएको थियो ।

अहिले तीनै १३ बुँदालाई पुष्टि गर्ने थप प्रमाण बुझाएको हो भारतीय दाबीलाई खण्डन गर्दै पाकिस्तानले पनि बासमतीको भौगोलिक उत्पात्तिको दाबी ईयूमा पेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
कमरेडबाट जबजकै हत्या प्रयास

केपी ओलीको सत्ता कब्जा यात्रा !

सवारी लाइसेन्सका लागि आवेदन दिनेको संख्या ५ लाख नाघ्यो

सवारी लाइसेन्सका लागि आवेदन दिनेको संख्या ५ लाख नाघ्यो

बारामा एक महिलाको घरभित्रै हत्या

बारामा एक महिलाको घरभित्रै हत्या

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .