No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

सिराहा। सिराहा जिल्लाको गोलबजार नगरपालिका–१३ डंग्राहा गाउँका १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या गरिएको छ।

चार दिनदेखि बेपत्ता रहेका अभिषेकको शव सोमबार बिहान करिब ६ बजे घरदेखि १०० मिटर पूर्व, जनता आधारभूत विद्यालय नजिकै आँपको रुखमुनि क्षतविक्षत अवस्थामा फेला परेको हो। शव सडेर दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रारम्भिक अनुसन्धानमा खुट्टाको छाला पिल्सिएको, शरीरमा नीलडाम रहेको र हत्या पश्चात् शवमा आगो लगाइएको वा एसिड खन्याइएको हुन सक्ने आशंका गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक अनन्तकुमार शर्माले घटनालाई अपहरणपछि हत्या भएको स्पष्ट देखिएको बताएका छन्। उनका अनुसार मधेश प्रदेश प्रहरी मुख्यालयबाट फरेन्सिक विज्ञ र तालिमप्राप्त कुकुरसहितको टोली ल्याएर सूक्ष्म अनुसन्धान भइरहेको छ।

अभिषेक असोज ५ गते राति ८ः३० बजे खाना खाएर घर बाहिर निस्केपछि बेपत्ता भएका थिए। भोलिपल्ट बिहान उनकी आमाको इमो खातामा अपहरणकारीले ५ करोड रुपैयाँ फिरौती माग्दै सन्देश पठाएका थिए। परिवारले तत्कालै प्रहरीमा उजुरी दिए पनि जीवित उद्धार सम्भव भए नभएको आफन्तले बताएका छन्।

७ वर्षअघि बुबा सञ्जय सिंहको करेण्ट लागेर मृत्यु भएपछि अभिषेक परिवारको एक मात्र उत्तराधिकारी थिए। उनी विद्यालय पढाइ छाडेर परिवारकै सिटी रिक्सा र ट्रयाक्टर चलाउने गरेका थिए।

बालकको निर्मम हत्या भएपछि डंग्राहा गाउँ शोकमग्न र त्रसित बनेको छ। गाउँभर रुवाबासी छाएको छ भने स्थानीयले सुरक्षा संकट बढेको महसुस गरिरहेका छन्। प्रहरीका अनुसार घटनामा संलग्न अपराधीलाई पक्रेर कानुनी दायरामा ल्याइनेछ।

‘रातभरी खोजतलास गरियो तर मेरो नाति फेला परेन। भोलिपल्ट बिहान ८ बजे अभिषेककी आमाको इमो आईडीमा हिन्दीमा लेखिएको सन्देश आयो। ५ करोड रुपैयाँ लिएर आउनु अभिषेक सुरक्षित छ, हाम्रो कब्जामा छ। त्यसपछि मेरो नाति अपहरणमा परेको छ भनेर थाहा भयो,’ मृतकका हजुरबुवाले भने। ‘हामीले तत्कालै इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दियौं। तर प्रहरीले पनि खोजी र जीवित उद्धार गर्न सकेन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
शिक्षामन्त्री पुनको निर्देशनः हरेक विद्यालयमा एक कम्प्युटर शिक्षक अनिवार्य गर्नुहोस्

अपहरणपछि हत्या प्रकरण: अनुसन्धानको लागि आठजना प्रहरी नियन्त्रणमा

गोरू किन्न जाँदा गाई तस्करीको आरोपमा कुटेर हत्या

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .