No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

महोत्तरीमा बाटो एकातिर, पुल अर्कोतिर बन्दा ७ वर्षदेखि प्रयोगबिहीन

महोत्तरीमा बाटो एकातिर, पुल अर्कोतिर बन्दा ७ वर्षदेखि प्रयोगबिहीन

महोत्तरीको भंगहा नगरपालिका–४ रामनगरविर्ता र वडा नम्बर ५ सितापुरबीचको बडहडी खोलामा निर्माण गरिएको पुल सात वर्षदेखि अलपत्र अवस्थामा छ। जिल्ला विकास समिति (जिविस) महोत्तरीले २०७४ सालमा निर्माण सम्पन्न गरेको यो पुल पूर्वपट्टि सडक नहुँदा प्रयोगमा आउन सकेको छैन। सर्वसाधारण र सवारीसाधनले खोला हुँदै पुलको तल्लो भागबाट आवतजावत गर्न बाध्य छन्। वर्षाको समयमा बाढी आउँदा भने स्थानीयवासीको जीवन थप कठिन बन्छ, आवतजावत पूर्ण रूपमा ठप्प हुन्छ ।

स्थानीय बासिन्दा समिर मन्सुरले भने, “पुल बनेको सात वर्ष भयो, तर सञ्चालनमा आएको छैन । वर्षामा बाढीको कारण आवतजावत रोकिन्छ । पुल हुँदा पनि हाम्रो पीडा उस्तै छ। यो पुलको के काम?”

महोत्तरीको गौशालादेखि धनुषाको सिक्सलेन सखुवा महेन्द्रनगरमा जोडिने यो सडकमा बनेको पुलको पूर्वतर्फ सडक नै छैन। सडक अलि उत्तरपट्टिको क्षेत्रमा छ, जसले पुललाई प्रयोग गर्न असम्भव बनाएको छ। स्थानीय शनिचर सदा भन्छन्, “यहाँ बाटो छ, तर पुल त अर्कोतिर छ । पुलमा चढ्नको लागि बाटो नै छैन, कसरी त्यसमा आवतजावत गर्ने ?”

जिविस महोत्तरीले २०७१ सालमा ठेक्का सम्झौता गरी २ करोड ६२ लाख रुपैयाँमा काठमाडौंस्थित इलिट कन्स्ट्रक्सन कम्पनीसँग ५० मिटर लामो पुल बनाउन सम्झौता गरेको थियो । प्रारम्भिक सम्झौताअनुसार २०७२ सालमै पुल सम्पन्न हुने योजना थियो । तर, तीन वर्ष लगाएर २०७४ सालमा पुलको निर्माण सम्पन्न भयो । पुल निर्माण सम्पन्न भए पनि २०७४ सालको बाढीले पूर्वतर्फको विङ्गल (साइड पर्खाल) बगाएपछि पुल सञ्चालनमा आउन सकेन ।

निर्माण कम्पनीका प्रतिनिधि दिपेन्द्र झाले भने, “बाढीले विङ्गल बगाएपछि पुल मर्मत हुन सकेन । जिविसको विघटनपछि फाइल भौतिक पूर्वाधार कार्यालय जनकपुरमा गयो, तर सरकारले बजेट छुट्याएन । त्यसैले पुल अझै सञ्चालनमा आउन सकेको छैन ।”

पुलमा स्थानीय सरकारले लगानी गरे जोखिम हुने डरले भंगहा नगरपालिका त्यस तर्फ तत्पर्ता नदेखाएको मेयर संजीवकुमार साहको तर्क छ । “पुल जिविसले बनाएको हो । नगरपालिकाले लगानी गरेर मर्मत गर्दा दोहोरो लगानीको समस्या आउन सक्छ । यसबारे अख्तियारमा उजुरी प¥यो भने हामीले जवाफ दिनु पर्ने हुन्छ । प्रदेश सरकार मातहत रहेको यो योजना मर्मत गरेर सञ्चालनमा ल्याउन हामीले पटक–पटक पहल गरेका छौँ । तर अझै आएको छैन” उनले गुनासो गरे ।

भौतिक पूर्वाधार विकास कार्यालय महोत्तरीका इन्जिनियर विरेन्द्र साहका अनुसार चालु आर्थिक वर्षमा पुल मर्मतका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। “यस वर्ष पुल मर्मत गरी सञ्चालनमा ल्याउने योजना छ,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post
सुन्दरीजलमा युवतीको हत्या, सर्लाहीका दुईजना पक्राउ

सुन्दरीजलमा युवतीको हत्या, सर्लाहीका दुईजना पक्राउ

लुम्बिनी प्रदेशका कांग्रेस सांसद केसी जेल चलान

लुम्बिनी प्रदेशका कांग्रेस सांसद केसी जेल चलान

प्रविधिसँग जोडेर नयाँ पाठ्यक्रम बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

प्रविधिसँग जोडेर नयाँ पाठ्यक्रम बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .