No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

किर्ते गरी नागरिकता लिने सप्तरीकी यी उपप्रमुखविरुद्ध उजुरी

किर्ते गरी नागरिकता लिने सप्तरीकी यी उपप्रमुखविरुद्ध उजुरी

सप्तरी । सप्तरीमा किर्ते गरी नेपाली नागरिकता लिएको र गएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको हो ।

उजुरी प्राप्त भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । ‘उजुरी आएको छ, हामी आवश्यक छानबिन गरेर निष्कर्षमा पुग्छौं’ गौतमले भने । उजुरीकर्ताको नाम भने गोप्य राखिएको छ ।

मीरा र उनका पति महेन्द्रकुमार यादव भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी भएको उजुरीमा उल्लेख छ ।

मीरा, महेन्द्र र यी दुवैका छोरा इन्द्रजीतले साविकको सप्तरीको औरही गाविस वडा नम्बर ३ ९हाल डाक्नेश्वरी नगरपालिका ६ बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाण पत्र लिएको उजुरीमा भनिएको छ ।

भारतको निर्वाचन नामावली २०२२ मा बिहारको क्रम संख्या ६३२ मा महेन्द्रको र ६३३ मा मीराको नाम छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेश गरेको शपथ–पत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण उजुरीमा संलग्न छ ।

नेपाली नागरिकताको प्रमाण पत्र लिई मीरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशील न्यायिक समितिको संयोजक पदमा बसी पदीय दायित्व दुरुपयोग गरिरहेकाले नागरिकता ऐन, २०६३ को दफा नम्बर १२ बमोजिम मीरा, उनका पति महेन्द्र र छोरा इन्द्रजीतको नागरिकता प्रमाण पत्र रद्ध गरी सोही ऐनको दफा २१ बमोजिम हदैसम्म सजाय गर्न उजुरीमा माग गरिएको छ ।

मीरालाई उपप्रमुख पदबाट निलम्बन गरी आवश्यक कानुनी कारबाहीसमेत माग गरिएको उजुरी गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय, सप्तरी, डाक्नेश्वरी नगरपालिका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई बोधार्थ गरिएको छ ।

३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उपप्रमुखको उम्मेदवार बनेकी मीरा ६ हजार १९७ मत ल्याएर निर्वाचित भएकी थिइन् ।

यता मीरा कुमारीले आफूविरुद्ध झुटो आरोप लगाएको दाबी गरेकी छिन् । उनले भनिन्, ‘मेरो घर यहीँ डाक्नेश्वरीमा हो । हनुमाननगर कंकालिनीको मधवापुरमा माइती हो, भारतीय नागरिकता भएको उजुरी कसरी गरे मलाई थाहा छैन ।’

चुनाव जितेदेखि नै विपक्षीहरूले आफूलाई खेद्न थालेको र त्यही क्रममा यो उजुरी आएको हुन सक्ने उनको भनाइ छ । सत्य कुरा छानबिनपछि बाहिर आउने भन्दै उनले छानबिनमा आफूले पनि सहयोग गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

Next Post
रौतहटमा मेलामा २० हजार नक्कली नोटसहित ४ पसले प्रहरीको फन्दामा

रौतहटमा मेलामा २० हजार नक्कली नोटसहित ४ पसले प्रहरीको फन्दामा

मधेस प्रदेश : नगरपालिकाको कार्यकक्षमै टिकटकमा मस्त नगरपालिकाका अधिकृत रामबाबु साह

मधेस प्रदेश : नगरपालिकाको कार्यकक्षमै टिकटकमा मस्त नगरपालिकाका अधिकृत रामबाबु साह

मधेशका मुख्यमन्त्री, मन्त्री र कर्मचारीलाई बर्खास्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन

मधेशका मुख्यमन्त्री, मन्त्री र कर्मचारीलाई बर्खास्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .