No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ओली–प्रचण्ड मिलाउने चिनियाँ कसरत

ओली–प्रचण्ड मिलाउने चिनियाँ कसरत

काठमाडौं । चीनले पुनः एक पटक नेकपा एमाले र माओवादी केन्द्र मिलाउन कसरत गरेको छ। एमाले अध्यक्ष पदमा निर्वाचित भएपछि बधाई दिन बालकोट पुगेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले केपी शर्मा ओलीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सँग मिलेर जान आग्रह गरेकी हुन्।

गत सोमबार राजदूत यान्छीले एमाले अध्यक्ष ओलीसँग डेढ घण्टा छलफल गरेकी थिइन्। राजदूत यान्छीले नेपालका कम्युनिष्ट शक्तिहरु मिल्नुको विकल्प नभएको अध्यक्ष ओलीलाई सुनाएकी थिइन्। उनले एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्र मिलेर गए आगामी निर्वाचनमा फेरि कम्युनिष्ट पार्टीको बहुमत आउने बताएकी थिइन्।
राजदूत यान्छीले बेइजिङसमेत नेपालमा एमाले, माओवादी केन्द्रलगायत कम्युनिष्ट शक्तिहरु मिलेर जाउन भन्ने पक्षमा रहेको बताएकी थिइन्। जवाफमा ओलीले आफूले पार्टी विभाजन नगरेको र आफू सधै कम्युनिष्ट एकताको पक्षमा रहेको बताएको एक नेता ले जनाए । अध्यक्ष ओलीले प्रचण्डको कारण नेकपा विभाजन भएको राजदूत यान्छीलाई भनेका थिए। अध्यक्ष ओलीले पार्टी विभाजनको कारक प्रचण्ड भएको र कम्युनिष्ट पार्टी एकताको बारेमा समेत प्रचण्डसँगै सोध्न राजदूत यान्छीलाई आग्रह गरेको स्रोतले बताएको छ।
नेकपा विभाजन भएपछि २०७७ मंसिरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना विशेष दूत चिनियाँ रक्षामन्त्री वेई फेङहेलाई काठमाडौं पठाएका थिए। सो समयमा रक्षामन्त्री फेङहेले समेत कम्युनिष्ट शक्तिहरु मिलेर जानुको विकल्प नभएको भन्दै ओली र प्रचण्डलाई मिल्न दबाब दिएका थिए।

फुटिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुनः जोडेर नेकपा बनाउन चीनले उच्चस्तरीय टोली गत पौषमा पनि नेपाल पठाएको थियो। राष्ट्रपति सी चिनफिङले विशेष सन्देशसहित चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली काठमाडौं आएका थिए। नेकपाको आन्तरिक कलह मत्थर पार्न यसअघि चिनियाँ कम्युनिस्ट पार्टीले खेलेको भूमिका निरर्थकसरह भएको थियो। चिनियाँ राजदूत होउ यान्छी उक्त समयमा समेत नेकपाभित्रको विवाद मत्थर गर्न सक्रिय बनेकी थिइन्। तैपनि, नेकपा चिरिएको थियो।

चीन कुनै हिसाबले पनि कम्युनिष्ट पार्टी विभाजन नहुन् भन्ने चाहन्छ। चिनियाँ राजदूत यान्छी अहिले फेरि नेपालका कम्युनिष्ट पार्टीहरुलाई एक बनाउन सक्रिय भएकी छन्। उनले शीर्ष नेताहरुलाई भेटेर चीनको सन्देश प्रवाह गरिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

Next Post
चीनले आफ्नो शक्ति सामु विश्व समुदायलाई निरीह बनाउदै

चीनले आफ्नो शक्ति सामु विश्व समुदायलाई निरीह बनाउदै

अध्यक्ष उपेन्द्र र संघीय अध्यक्ष डा. बाबुराम बीचको विवाद , जसपा फुटको कगारमा

अध्यक्ष उपेन्द्र र संघीय अध्यक्ष डा. बाबुराम बीचको विवाद , जसपा फुटको कगारमा

तिब्बत, सिन्जियाङ, युनान र अन्य क्षेत्रमा चीनद्वारा मानवअधिकार हनन

तिब्बत, सिन्जियाङ, युनान र अन्य क्षेत्रमा चीनद्वारा मानवअधिकार हनन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .