No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नीति र विधि तर्जुमाका लागि विधान महाधिवेशनमा जुट्यो एमाले

नीति र विधि तर्जुमाका लागि विधान महाधिवेशनमा जुट्यो एमाले

काठमाडौं । मुलुकमा सङ्घीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । पार्टीबाट बाहिरिएर हालै नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका बेला देशभरका प्रतिनिमूलक कार्यकर्ता बोलाएर प्रमुख प्रतिपक्षी दल एमालेले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्न लागेको हो ।

आगामी मङ्सिरको दोस्रो साता पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशन राजनीतिक क्षेत्रमै पहिलो हो । एमालेको विसं २०७१ असारमा नवौँ महाधिवेशन भएको थियो । राष्ट्रिय राजनीति र पार्टी जीवनमा देखापरेका यावत् समस्याबारे विधान महाधिवेशनमा व्यापक छलफल हुनेछ । महाधिवेशनको उद्घाटन आज अपराह्न १२ः१५ बजे पार्टीका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य समारोहबीच पानसमा बत्ती बालेर गर्ने कार्यक्रम छ । उद्घाटनसत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीका तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ ।

महाधिवेशनको दोस्रो दिन यही असोज १६ गते समूहगत छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ । तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ । महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदशर्नमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने रहेको छ ।

स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजक, शेरबहादुर तामाङ सचिव तथा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा सदस्य रहेको मूल व्यवस्थापन समिति गठन गरिएको थियो ।

विधान महाधिवेशनमा सो पार्टीको केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका सङ्घ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसङ्गठन र पेशागत सङ्गठनबाट चुनिनुभएका प्रतिनिधि, भारतलगायत प्रवासका सङ्घ सङ्गठनबाट चुनिएका प्रतिनिधि तथा पार्टी केन्द्रबाट विधानबमोजिम मनोनित सदस्य प्रतिनिधि रहनेछन् । यसरी विभिन्न क्षेत्रबाट चुनिएर आएका छ हजारभन्दा बढी प्रतिनिधिको सहभागितामा भव्य र सभ्यरुपमा महाधिवेशन सम्पन्न गर्ने तयारी भएको मूल व्यवस्थापन समितिको प्रचारप्रसार उपसमितिका संयोजक खिमलाल भट्टराईले जानकारी दिनुभयो ।

प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको एमालेले जनाएको छ । सम्मेलनस्थलको हलमा प्रतिनिधि र अन्य आवश्यक सिट प्लानिङ व्यवस्थित गरिएको छ । मूल सभाहलमा तीन हजार प्रतिनिधि, हलको दायाँ बायाँका खाली हलमा एक/एक हजार प्रतिनिधिका लागि बस्ने प्रबन्ध गरिएको छ । यसरी नै हलको दायाँ बायाँका प्यासेजको माथिल्लो खाली भागमा टेन्ट टाँगेर थप आवश्यक पर्न सक्ने एक/एक हजार क्षमताका हल निर्माण गरिएको छ । सम्पूणर्रूपमा सात हजार क्षमताका हल तयार गरिएको छ । समूह छलफलका लागि पनि व्यवस्थित स्थान तय गरिएको एमालेले जनाएको छ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, गाडीका चालक सबैका लागि बिहानको खाना र दिउँसोको खाजा महाधिवेशनस्थलमै व्यवस्थापन गरिएको छ । महाधिवेशन अवधिभर हरेक दिन बिहान ९ः०० देखि ११ः०० बजेसम्म खानाको समय छुट्याइएको छ । सो समयसीमाभित्र सबै प्रतिनिधिले खाना खाएर हलभित्र प्रवेश गरिसक्नुपर्नेछ । दिउँसोका लागि खाजाको प्याकेट प्रबन्ध गरिएको छ । साँझको खाना बसेकै स्थान वा आफ्नै व्यवस्थापनमा खाने व्यवस्था मिलाइएको छ ।

प्रतिनिधिका लागि आवासको प्रबन्ध काठमाडौँमा रहेका प्रदेश तथा जिल्ला सम्पर्क मञ्चको सहयोगमा सम्बन्धित भूगोलका प्रदेश कमिटीले नै गर्ने गरी व्यवस्थापन गरिएको जनाइएको छ । निजी साधन नभएका प्रतिनिधिका लागि ललितपुरस्थित सातदोबाटोमा झण्डासहित बसको व्यवस्था गरिनेछ । ट्राफिक तथा पार्किङको पनि यथासम्भव व्यवस्थापन गरिएको छ ।

महाधिवेशन सम्पन्न गर्न पार्टीनिकट अनेरास्ववियु, युवासङ्घ नेपाल, जिफन्ट र खेलकुद महासङ्घबाट २०० को सङ्ख्यामा स्वयंसेवकको व्यवस्था गरिएको छ । कोरोना महामारीकै अवस्था भएकाले त्यसप्रति संवेदनशील हुँदै मास्क, स्यानिटाइजरको प्रयोग र थर्मलगनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको छ । महाधिवेशनको प्रचारका लागि वाल पेन्टिड, वाल पोष्टरिडलाई पूणर्तः बन्द गरिएको छ । प्रचारप्रसारको निम्ति मुलतः मिडियाको सहयोग लिइएको छ ।

यसका साथै काठमाडौँ महानगरपालिकाअन्तर्गत सडकका पोलमा रहेका बोर्डमा पोष्टर राखिएको छ । काठमाडौँको दरबारमार्ग, तीनकुने, चावहिल, चुच्चेपाटी, हात्तीसार कमलादी, थापाथलीलगायतका स्थानमा डिजिटल बोर्डका माध्यमबाट प्रचार प्रसारको प्रबन्ध गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

Next Post
फ्रान्समा भेटिएका २३५ सुनका सिक्का १४ करोड बढीमा लिलाम

फ्रान्समा भेटिएका २३५ सुनका सिक्का १४ करोड बढीमा लिलाम

श्रीलंकाद्वारा एमसीसी सम्झौता रद्ध

नेपालमा एमसीसी अनुमोदनको प्रयासबारे बोर्ड बैठकमा समीक्षा

पूर्वयुवराज्ञी हिमानी शाह ४५ वर्षमा प्रवेश

पूर्वयुवराज्ञी हिमानी शाह ४५ वर्षमा प्रवेश

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .